मुख्य समाचार
निर्वाचन परिचालन प्रभावकारी बनाउन सातै प्रदेशमा नेकपाले तोक्यो जिम्मेवारी
निर्वाचन परिचालन प्रभावकारी बनाउन सातै प्रदेशमा नेकपाले तोक्यो जिम्मेवारी

।नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को निर्वाचन परिचालन समितिको सचिवालयको दोस्रो बैठक आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको छ ।

बैठकमा निर्वाचन परिचालन समितिका सचिवालय सदस्यहरूले निर्वाचनको तयारी, समसामयिक राजनीतिक अवस्था तथा क्षेत्रगत परिस्थितिबारे रिपोर्टिङ राखेका थिए ।

रिपोर्टिङ सुनेपछि संयोजक पुष्पकमल दाहाल प्रचण्डले समग्र राजनीतिक अवस्था र निर्वाचनसम्बन्धी विषयमा धारणा राखेका थिए ।

बैठकले केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक २२ माघमा बोलाउने निर्णय गरेको छ ।

साथै, नेता तथा कार्यकर्ताको परिचालन, निर्वाचन अपिल प्रकाशन, घोषणापत्रको सम्पादन तथा प्रकाशन, सुरक्षा व्यवस्था, आर्थिक तथा मिडिया परिचालन, आचारसंहिता र निर्वाचन आयोगसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण निर्णयहरू बैठकले गरेको छ।

बैठकबाट निर्वाचन परिचालनको प्रभावकारी अनुगमनका लागि प्रदेशगत जिम्मेवारी पनि तोकिएको छ ।

जसअनुसार कोशी प्रदेशमा बेदुराम भुसाल, मधेश प्रदेशमा अग्नि साप्कोटा, बागमती प्रदेशमा राजेन्द्र श्रेष्ठ, गण्डकी प्रदेशमा देव गुरुङ, लुम्बिनी प्रदेशमा पम्फा भुसाल, कर्णाली प्रदेशमा प्रमेश हमाल र सुदूरपश्चिम प्रदेशमा रञ्जिता श्रेष्ठलाई जिम्मेवारी प्रदान गरिएको छ।

त्यसैगरी, बैठकले नेता तथा कार्यकर्ताको परिचालन सम्बन्धमा ठोस निर्णय लिँदै निर्वाचनका लागि अपिल छिट्टै प्रकाशित गर्ने र घोषणापत्रलाई सम्पादन गरी छिट्टै प्रकाशन गर्ने निर्णय गरेको छ।

निर्वाचनमा प्रचारप्रसारलाई प्रभावकारी बनाउनका लागि अग्नि साप्कोटाको नेतृत्वमा जगतनाथ खतिवाडा, गोविन्द आचार्य रहेको केन्द्रिय प्रचार समिति गठन गरेको छ ।

केन्द्रीय प्रचार समितिले अन्य विभिन्न पक्षसँग आवश्यक परामर्शसहित प्रचार कार्यलाई व्यवस्थित रूपमा अघि बढाउने निर्णय बैठकले गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेस देश विकासका लागि नेतृत्व लिन तयार रहेको बताएका छन् । नागरिकको अपेक्षा अनुसार नै पार्टी सुधारिएको बताउँदै महामन्त्री पौडेलले अब सुधारिएको कांग्रेस नेतृत्वले नै देश विकासको नेतृत्व लिने दाबी गरेका हुन् । ‘कांग्रेससँग नागरिकका गुनासा छन्’, महामन्त्री पौडेलले भने, ‘अपेक्षा झन् धेरै छन् । नागरिकका गुनासा सम्बोधन गर्दै अब ...
: सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदबाट फिर्ता लिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिन स्वीकृत प्रदान गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। त्यस्तै सरकारले निर्माणाधीन संसद भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको शालिक निर्माण गर्ने गरी सिंहदरबार परिसरको ...
। कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । टीकापुर नगरपालिका-७ को प्रतिपुरस्थित हुलाकी सडकखण्डमा मंगलबार बिहान टीकापुरबाटै भजनीतर्फ जाँदै गरेको भे१त ४५५६ नम्बरको सरिया लोड गरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्रलीमा सवार भजनी नगरपालिका-७ चर्रा बस्ने २५ वर्षीय कबिर कठरिया गम्भीर ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले ज–जसले गठबन्धन गरे पनि परिणाम स्वीकार्न तयार रहेको बताएका छन् । केहि दिनको मौनता तोड्दै सभापति लामिछानेले सामाजिक सञ्जालमा आक्रमक स्टाटस लेख्दै देशमा अन्तिम सुनामीको तयारी रहेको बताउँदै अन्य राजनीतिक शक्तिहरु जो–जो मिल्ने हो मिल्न चुनौति दिएका छन् । उनले देशमा आउँदै गरेको अन्तिम सुनामीलाई रोकेर देखाउन समेत ...
। ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारलाई मुआब्जा निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले लोक्पा, धारापानी, धोक्लाक, बुल्साट र झापुटार क्षेत्रमा आयोजना निर्माणका क्रममा भएको क्षतिका आधारमा मुआब्जा निर्धारण गरिएको आयोजनाले जनाएको छ । यस्तै, समितिको स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा व्यास नगरपालिका–१४ ...