मुख्य समाचार
‘किङ अफ पप’ का रूपमा चिनिने माइकल ज्याक्सनको जीवनकथा अब ठूलो पर्दामा
‘किङ अफ पप’ का रूपमा चिनिने माइकल ज्याक्सनको जीवनकथा अब ठूलो पर्दामा

‘किङ अफ पप’ का रूपमा चिनिने माइकल ज्याक्सनको जीवनकथा अब ठूलो पर्दामा देख्न पाइने भएको छ ।

लायन्सगेटले माइकल ज्याक्सनको बहुप्रतिक्षित बायोग्राफी फिल्म ‘माइकल’ को नयाँ ट्रेलर सार्वजनिक गरेको छ । फिल्ममा उनको बाल्यकालको ‘ज्याक्सन फाइभ’ समूहदेखि विश्वकै चर्चित सुपरस्टार बन्नेसम्मको यात्रालाई देखाइनेछ ।


फिल्मले माइकलको सांगीतिक जादु र उनको जीवनका विभिन्न उतारचढाव तथा विवादहरूलाई पनि समेट्ने प्रयास गरेको छ ।

फिल्ममा ज्याक्सनको भूमिका उनकै आफ्नै भतिजा जाफर ज्याक्सनले निर्वाह गर्दैछन् । मुख्य कलाकारको रूपमा जाफरको यो पहिलो ठूलो फिल्म हो । फिल्मलाई ‘ट्रेनिङ डे’ र ‘द इक्वेलाइजर’ जस्ता सफल फिल्मका निर्देशक एन्टोनी फुक्वाले निर्देशन गरेका हुन् ।


यसको पटकथा ‘ग्ल्याडिएटर’ र ‘राङ्गो’ जस्ता चर्चित फिल्म लेख्ने जोन लोगनले तयार पारेका हुन् । निर्देशक फुक्वा यस फिल्ममा जाफरको अभिनयलाई लिएर निकै ढुक्क देखिन्छन् ।

उनले पिपुल पत्रिकासँग कुरा गर्दै जाफरको प्रशंसामा यस्तो भनेका छन्, ‘सबैभन्दा महत्वपूर्ण कुरा, जाफरले माइकलको स्वरूपलाई पूर्ण रूपमा उतारेका छन् । यो शारीरिक समानताभन्दा धेरै माथिको कुरा हो । जाफरको अभिनयमा माइकलको आत्मा नै झल्किएको जस्तो लाग्छ, जुन एकदमै जादुमयी छ । यो विश्वास गर्नको लागि तपाईंले आफैँले हेर्नुपर्ने हुन्छ ।’



फिल्मको आधिकारिक जानकारी अनुसार यो केवल एउटा चलचित्र मात्र नभई विश्वकै प्रभावशाली कलाकारको जीवन र उनले छोडेर गएको विरासतको चित्रण हो । यसले ज्याक्सनको जीवनलाई संगीतको घेराभन्दा बाहिर गएर हेर्ने प्रयास गरेको छ ।

‘ज्याक्सन ५’ को मुख्य गायकका रूपमा उनको अद्भुत प्रतिभा कसरी पहिचान भयो भन्ने कुरा फिल्ममा देखाइनेछ । एक दुरदर्शी कलाकारका रूपमा उनले विश्वकै सबैभन्दा ठूलो मनोरञ्जनकर्ता बन्नका लागि गरेको अथक प्रयास र उनको सिर्जनात्मक महत्वाकांक्षालाई फिल्मले पछ्याएको छ । दर्शकले माइकलको मञ्च बाहिरको निजी जीवन र उनका केही ऐतिहासिक एकल प्रस्तुतिलाई नजिकबाट नियाल्न पाउनेछन् ।

यो फिल्मलाई ज्याक्सन परिवारको सम्पत्ति हेरचाह गर्ने संस्था ज्याक्सन स्टेटको पूर्ण समर्थन र सहयोगमा निर्माण गरिएको हो । यो लायन्सगेट र जिके फिल्म्सको संयुक्त प्रस्तुति हो । यो फिल्म २४ अप्रिलमा विश्वभर प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
हलिउडकी चर्चित अभिनेत्री तथा ओस्कार विजेता ऐनी हैथवे तेस्रो सन्तानकी आमा बनेकी छिन् । ऐनी र उनका पति एडम शुलम्यानले तेस्रो सन्तानलाई परिवारमा स्वागत गरेका छन् । हालै अभिनेत्री न्युयोर्कका सडकमा आफ्नो नवजात शिशुलाई छातीमा टाँसेर हिँडिरहेको अवस्थामा देखिएकी छिन् । ऐनी र उनका पतिले अहिलेसम्म सन्तान जन्मिएको विषयमा भने कुनै आधिकारिक जानकारी सार्वजनिक गरेका छैनन् ...
। ‘नेपाल ग्लोबल फिल्म फेस्टिभल २०२७’ को तयारी तीव्र पारिएको छ । यो महोत्सव आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा आयोजना हुनेछ । महोत्सवको उद्देश्य नेपाली फिल्मलाई विश्व बजारसँग जोड्ने र नेपाललाई अन्तर्राष्ट्रिय फिल्मको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्ने रहेको आयोजकले जानकारी दिएका छन् । आयोजकका अनुसार महोत्सवमा विश्वका विभिन्न देशबाट करिब १०० जना फिल्मकर्मी, ...
पोर्चुगलका चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले केही दिनअघि मात्रै राष्ट्रिय अन्तराष्ट्रिय खेलबाट सन्यास लिएका छन् । विश्वकै सर्वाधिक गोलकर्ता उनी अब पोर्चुगलको टोलीमा देखिने छैनन् । फुटबल मैदानमा आफ्नो उत्कृष्ट खेलबाट करोडौँ दर्शकको मन जितेका रोनाल्डो अब टेलिभिजनको दुनियाँमा पनि देखिने भएका छन् । उनले आफ्नो पहिलो टिभी सिरिज ‘डे १एस’ निर्माण गर्ने घोषणा गरेका छन्। यो सिरिजमा ...
: बेलायती कमेडियन तथा अभिनेता रसेल ब्रान्डलाई बलात्कार र यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा साढे १० वर्षको जेल सजाय सुनाइएको छ । लन्डनस्थित साउथवार्क क्राउन अदालतले सोमबार ५१ वर्षीय ब्रान्डलाई उक्त सजाय सुनाएको हो । उनी सन् २००४ देखि २००९ सम्म चार महिलामाथि भएका यौन अपराधमा दोषी ठहर भएका थिए । जसमा एक बलात्कार र तीन यौन दुर्व्यवहारका ...
। नेपालमा सञ्चालित साना क्यासिनोले अब स्तरोन्नति हुन चाहे तोकिएको मापदण्ड पूरा गरी सोही प्रक्रियामा जान सक्ने भएका छन् । सरकारले क्यासिनो नियमावली संशोधन गरी सोही सुविधा उपलब्ध गराएको छ । पर्यटन विभागका अनुसार सानो क्यासिनो सञ्चालन गरिरहेका क्यासिनोले स्तरोन्नति गरी ठूलो क्यासिनो सञ्चालन गर्न चाहे वा हाल सञ्चालनमा रहेको क्यासिनोको खेल क्षेत्रको क्षेत्रफल बिस्तार गर्न, ...