मुख्य समाचार
बेलायतमा नेपाली विद्यार्थीको निधन
बेलायतमा नेपाली विद्यार्थीको निधन

। बेलायत पढ्न आएका एक नेपाली विद्यार्थीको निधन भएको छ ।

सप्तरीको हनुमाननगर, कंकालिनी- १० घर भएका २२ वर्षीय विवेकानन्द मण्डलको सन्डरल्याण्ड रोयल हस्पिटलमा उपचारका क्रममा निधन भएको चिकित्सकलाई उधृत गर्दै एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले जानकारी दिए ।

मण्डल सन् २०२३, सेप्टेम्बरमा कम्प्युटर साइन्समा अण्डरग्रयाजुएट पढ्न आएका थिए । उनी केही महिनादेखि फोक्सो र श्वासप्रश्वास समस्याबाट पीडित थिए ।

आइतबार श्वासप्रश्वासमा समस्या भएपछि मण्डलले छिमेकी दिदी गरिमा मल्ललाई फोन गरेर आफ्नो व्यथा सुनाएका थिए । गरिमाले तुरुन्त अस्पताल जान सुझाएपछि सन्डरल्याण्ड रोयल अस्पताल गएका मण्डललाई आइटियूमा राखेर उपचार शुरु गरिएको थियो । तर, चिकित्सकले सोमबार उनलाई मृत घोषणा गरेको एनआरएनए यूके अध्यक्ष पुडासैनीले बताए ।

पुडासैनीले परिवारको आग्रह बमोजिम स्वर्गीय मण्डलको शव नेपाल पठाउन प्रक्रिया शुरु गरिने बताए ।

मण्डल अध्ययन नसकिंदै नेपाल फर्कने तयारीमा थिए । सन्डरल्याण्ड युनिभर्सिटीलाई तिर्न बाँकी शुल्क तीन हजार पाउण्ड नतिरेका कारण उनी निष्कासित भएका थिए । उनको बेलायत बस्न पाउने अवधि १४ फेब्रुअरी २०२६ सम्म थियो ।

विश्वविद्यालयले निष्कासन गरेपछि अर्को आवेदन नदिए विद्यार्थीलाई ६० दिनसम्म बेलायत बस्न पाउने अधिकार हुन्छ ।

सोचेजस्तो छैन बेलायत : पुडासैनी

एनआरएनए यूके अध्यक्ष पुडासैनीले विद्यार्थीलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न र केही समस्या भए तुरुन्त अस्पताल जान सुझाएका छन् ।

‘यहाँ आएका विद्यार्थी भाइबहिनीहरु अस्पताल जान पनि हिच्किचाउँछन्, जिपीमा नाम दर्ता गर्न संकोच मान्छन् अनि स्वास्थ्य समस्याले जटिल रुप लिन्छ’, पुडासैनीले भने, ‘नेपाली समुदायले पनि अब जनचेतना जगाउनु पर्ने बेला आइसकेको छ ।’

उनले बेलायतको अवस्था निकै जटिल भएकाले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अण्डर ग्रयाजुएट पढ्न नआउन पनि जोड दिए ।

‘बेलायत हेर्दा राम्रो छ, फोटो खिच्दा राम्रो देखिन्छ, तर जीवन निर्वाह गर्न निकै कठिन छ’, उनले भने, ‘बेलायतमै सेटल्ड परिवारलाई त जिन्दगी सोचेजस्तो छैन भने भर्खर आएका विद्यार्थीलाई त झन् अकल्पनीय दुःख छ ।’

नयाँ परिवेश, अपेक्षा बढी तर वास्तविकता फरक, जागिर अभाव, विश्वविद्यालयका लागि बेहोर्नुपर्ने आर्थिक भार आदि कारण कयौं विद्यार्थी मानसिक समस्याबाट पीडित बनेका पाइएको छ भने कतिपयले आत्महत्या समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सन् २०२१ मा बेलायती विश्वविद्यालय योर्क सेन्ट जोन युनिभर्सिटीबाट एमबीए उत्तिर्ण गरेपछि मेलिसा थापा (नाम परिवर्तन) ले दुई वर्ष पोष्ट स्टडी वर्क (पिएसडब्लु) भिजा लिएर फुलटाइम काम गरिन् । यो स्किम सकिएपछि उनी कि त नेपाल फर्कनु पर्दथ्यो कि बेलायतमै स्पोन्सर खोजेर वर्क परमिटमा रहनु । फर्किंदा नेपालमा खासै भविष्य नदेखेकी उनले सन् २०२४, ९ ...
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपालीमध्ये ९११ जना विभिन्न मुद्दामा जेलमा रहेका छन् । दुतावास रियादका अनुसार ११ अगस्ट २०२६ सम्मको विवरणअनुसार जेलमा रहेका नेपालीमध्ये ४९९ जनाको फैसला भइसकेको छ भने ४१२ जनाको मुद्दा अझै विचाराधीन रहेको छ । जेलमा रहेका नेपालीमध्ये सबैभन्दा धेरै पूर्वी क्षेत्रमा ३७७ जना, केन्द्रीय क्षेत्रमा ३३४ जना ...
: दक्षिण कोरियाको जेजुमा सहकर्मीलाई उद्धार गर्ने क्रममा फोहोर तथा मलमूत्र प्रशोधन गर्ने ट्यांकीभित्र प्रवेश गरेका नेपाली श्रमिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ घर भएका र हाल कोरियाको जेजुस्थित एक फार्ममा कार्यरत ३२ वर्षीय विकास शेर्पा रहेको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ । हिजो शनिबार बिहान करिब ७ः५६ बजे जेजु सहरको हान्ग्यङ–म्योन, जोसुरी क्षेत्रमा ...
: रोमानियामा रेलको ठक्करबाट दुई नेपाली युवाको मृत्यु भएको छ। रोमानियाको बाकाउ क्षेत्रमा भएको दुर्घटनामा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५, पाल्वा घर भएका ३६ वर्षीय शान्तकुमार श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–२०, बागबजारका २५ वर्षीय निश्चल तामाङको घटनास्थलमै मृत्यु भएको बाकाउ प्रहरीले जनाएको छ। रोमानियाको बुखारेस्टका लागि पूर्वअवैतनिक नेपाली वाणिज्यदूत नवराज पोखरेलका अनुसार, घटनाबारे नेपालमा रहेका मृतकका ...
— इरानको ड्रोन आक्रमणमा परी कुवेतमा ज्यान गुमाएका तेह्रथुमका सोमकुमार तामाङको शव शनिबार आउने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कुवेत एयरवेजमार्फत शव नेपाल ल्याउन लागिएको हो । कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी शव स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको परराष्ट्रले जनाएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार कुवेतको उत्तरी क्षेत्रस्थित ...