मुख्य समाचार
बेलायतमा नेपाली विद्यार्थीको निधन
बेलायतमा नेपाली विद्यार्थीको निधन

। बेलायत पढ्न आएका एक नेपाली विद्यार्थीको निधन भएको छ ।

सप्तरीको हनुमाननगर, कंकालिनी- १० घर भएका २२ वर्षीय विवेकानन्द मण्डलको सन्डरल्याण्ड रोयल हस्पिटलमा उपचारका क्रममा निधन भएको चिकित्सकलाई उधृत गर्दै एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले जानकारी दिए ।

मण्डल सन् २०२३, सेप्टेम्बरमा कम्प्युटर साइन्समा अण्डरग्रयाजुएट पढ्न आएका थिए । उनी केही महिनादेखि फोक्सो र श्वासप्रश्वास समस्याबाट पीडित थिए ।

आइतबार श्वासप्रश्वासमा समस्या भएपछि मण्डलले छिमेकी दिदी गरिमा मल्ललाई फोन गरेर आफ्नो व्यथा सुनाएका थिए । गरिमाले तुरुन्त अस्पताल जान सुझाएपछि सन्डरल्याण्ड रोयल अस्पताल गएका मण्डललाई आइटियूमा राखेर उपचार शुरु गरिएको थियो । तर, चिकित्सकले सोमबार उनलाई मृत घोषणा गरेको एनआरएनए यूके अध्यक्ष पुडासैनीले बताए ।

पुडासैनीले परिवारको आग्रह बमोजिम स्वर्गीय मण्डलको शव नेपाल पठाउन प्रक्रिया शुरु गरिने बताए ।

मण्डल अध्ययन नसकिंदै नेपाल फर्कने तयारीमा थिए । सन्डरल्याण्ड युनिभर्सिटीलाई तिर्न बाँकी शुल्क तीन हजार पाउण्ड नतिरेका कारण उनी निष्कासित भएका थिए । उनको बेलायत बस्न पाउने अवधि १४ फेब्रुअरी २०२६ सम्म थियो ।

विश्वविद्यालयले निष्कासन गरेपछि अर्को आवेदन नदिए विद्यार्थीलाई ६० दिनसम्म बेलायत बस्न पाउने अधिकार हुन्छ ।

सोचेजस्तो छैन बेलायत : पुडासैनी

एनआरएनए यूके अध्यक्ष पुडासैनीले विद्यार्थीलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न र केही समस्या भए तुरुन्त अस्पताल जान सुझाएका छन् ।

‘यहाँ आएका विद्यार्थी भाइबहिनीहरु अस्पताल जान पनि हिच्किचाउँछन्, जिपीमा नाम दर्ता गर्न संकोच मान्छन् अनि स्वास्थ्य समस्याले जटिल रुप लिन्छ’, पुडासैनीले भने, ‘नेपाली समुदायले पनि अब जनचेतना जगाउनु पर्ने बेला आइसकेको छ ।’

उनले बेलायतको अवस्था निकै जटिल भएकाले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अण्डर ग्रयाजुएट पढ्न नआउन पनि जोड दिए ।

‘बेलायत हेर्दा राम्रो छ, फोटो खिच्दा राम्रो देखिन्छ, तर जीवन निर्वाह गर्न निकै कठिन छ’, उनले भने, ‘बेलायतमै सेटल्ड परिवारलाई त जिन्दगी सोचेजस्तो छैन भने भर्खर आएका विद्यार्थीलाई त झन् अकल्पनीय दुःख छ ।’

नयाँ परिवेश, अपेक्षा बढी तर वास्तविकता फरक, जागिर अभाव, विश्वविद्यालयका लागि बेहोर्नुपर्ने आर्थिक भार आदि कारण कयौं विद्यार्थी मानसिक समस्याबाट पीडित बनेका पाइएको छ भने कतिपयले आत्महत्या समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...
: साउदी अरबको दक्षिण-पूर्वी क्षेत्रस्थित 'साउदी अरामको' को तेल प्रशोधन केन्द्रलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा परेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ। संयुक्त अरब इमिरेट्स (युएई ) को सीमा नजिकै रहेको 'शायबाह' तेल क्षेत्रमा खसालिएको ड्रोनका अवशेषहरू खस्दा फिलिपिन्सका एक नागरिक र एक नेपालीको ज्यान गएको हो। घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिक ...
: गैरआवासीय नेपाली संघ (एनआरएनए )को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आगामी डिसेम्बर ११ र १२, २०२६ मा कतारमा आयोजना हुने भएको छ। मध्यपूर्वमा कार्यरत लाखौँ नेपाली श्रमिकका समस्या, चुनौती र अधिकारका विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको हो। सहयात्राको मूल भावनालाई आत्मसात् गर्दै आयोजना हुन लागेको सम्मेलनको मूल नारा ‘सुरक्षित ...
: मलेसिया रोजगारीमा सिन्डिकेट खडा गरी नेपाली श्रमिकमाथि आर्थिक शोषण गरेको आरोपमा सरकारले अनुसन्धान र कानुनी कारबाही तीव्र पारेको छ। मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा तोकिएको भन्दा बढी शुल्क असुलेर ठगी गरेको आरोपमा स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कासहित चार जना पक्राउ परेका छन्। साथै, मलेसियाले छनोट गरेका २५ वटा म्यानपावर कम्पनीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम