: नेपाली कांग्रेसले आसन्न निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन १६५ निर्वाचन क्षेत्रमै केन्द्रिय नेताहरु खटाएको छ । पार्टी उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको केन्द्रिय निर्वाचन परिचालन समितिले देशका ७७ वटै जिल्ला पुग्ने गरी केन्द्रिय नेताहरुलाई जिम्मेवारी दिएको कांग्रेस सभापति गगन थापाको सचिवालयले जनाएको छ ।
जस अनुसार ताप्लेजुङ, पाँचथर, इलाम र झापाका लागि सहमहामन्त्री डा. डिला संग्रौलासहित पूर्व सहमहामन्त्री भीष्मराज आङदेम्बे, केन्द्रिय सदस्य सुधीरकुमार शिवाकोटी र सुरेश सुब्बालाई जिम्मेवारी दिइएको छ ।
यस्तै संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्ला हेर्ने गरी केन्द्रिय सदस्य अमृत अर्याल, नेताहरू मीन विश्वकर्मा, तारामान गुरुङ र उमेशजंग रायमाझीलाई जिम्मेवारी तोकिएको छ । सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरी र सिरहामा वसन्त भट्टराई, नगेन्द्र कुमाल, प्रमिला राई र धर्म नेपाली दर्जीलाई खटाइएको छ ।
बागमती प्रदेशको धादिङ, रसुवा, नुवाकोट र काठमाडौं जिल्ला हेर्न सहमहामन्त्री बहादुरसिंह (लामा) तामाङ, डा. केदारनरसिंह केसी, राजेन्द्रकुमार केसी, प्रतिमा गौतम, जीतनारायण श्रेष्ठ र डा. अमिता प्रधानले जिम्मेवारी पाएका छन् ।
काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र मकवानपुर जिल्लाका लागि जिपछिरिङ लामा, हरिशरण नेपाली, उर्मिला थपलिया, उमा दाहाल र गीता सत्यालले जिम्मेवारी पाएका छन् । भक्तपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र चितवनमा नेताहरू अर्जुननरसिंह केसी, दिलमान पाख्रिन, धना खतिवडा, मथुराप्रसाद घिमिरे र धर्मराज गौतमले जिम्मेवारी पाएका छन् ।
गण्डकी प्रदेशको पर्वत, म्याग्दी, मुस्ताङ र बाग्लुङ जिल्लामा चीनकाजी श्रेष्ठ, मनकुमारी गुरुङ, कृष्णबहादुर केसी र चिनु पोखरेलले जिम्मेवारी पाएका छन् । स्याङ्जा, कास्की, मनाङ र नवलपुरमा ध्रुव वाग्ले, जगदीशचन्द्र उपाध्याय, मनकुमारी गुरुङ र किरणराज शर्मा पौडेलले जिम्मेवारी पाएका छन् । गोरखा, लम्जुङ र तनहुँमा अब्दुल सत्तार, रेशम बानियाँ, शारदा पौडेल र सरस्वती अर्याल तिवारीले जिम्मेवारी पाएका छन् ।
लुम्बिनी प्रदेशको रूपन्देही, पाल्पा, नवलपरासी र गुल्मीमा डा. गोपाल दहित, गेहेन्द्र गिरी, प्रदीप शर्मा र राजेन्द्रगोपाल सिंहले जिम्मेवारी पाउँदा कपिलवस्तु, अर्घाखाँची, रुकुम (पूर्व), प्युठान र रोल्पामा कृष्णकिशोर घिमिरे, मैकुलाल वाल्मीकि, छन्दबहादुर पहराई मगर र केशव आचार्यलाई खटाइएको छ । दाङ, बाँके र बर्दियामा चन्द्रबहादुर केसी, कमलप्रसाद भुसाल, राधेश्याम पाठक र रुपा विकले जिम्मेवारी पाएका छन् ।
कर्णाली प्रदेशको सुर्खेत, सल्यान, रुकुम (पश्चिम), जाजरकोट र डोल्पाका लागि नारायण प्रसाद भट्टराई, रामदेवी खड्का, सूर्यबहादुर विक र रंगमती शाहीले जिम्मेवारी पाउँदा दैलेख, कालिकोट, जुम्ला, मुगु र हुम्लामा जानकी सिंह, दीपकजंग शाह, तीर्थजंग शाही, छायाँ सुनार, मानबहादुर नेपाली र कान्तिका सेजुवालले उम्मेदवार जिताउने जिम्मेवारी पाएका छन् ।
सुदूरपश्चिम प्रदेशअन्तर्गत कञ्चनपुर, बैतडी, दार्चुला र बझाङमा हिमबहादुर रावल, निपा चोख्याल र विद्यादेवी तिमिल्सिना, कैलाली र डडेल्धुरामा जगतप्रसाद जोशी, सुनिता राना, डा. रणबहादुर रावल र नृपबहादुर वड तथा डोटी, अछाम र बाजुरामा नरेन्द्र भट्ट, सम्झना खत्री र सुशीला मिश्र भट्टले जिम्मेवारी पाएका छन् ।