मुख्य समाचार
बर्दियामा यसवर्ष भएको चरा गणनामा बढैयाताल बाहेक अन्य सिमसार क्षेत्रमा चराको संख्या बढेको छ
बर्दियामा यसवर्ष भएको चरा गणनामा बढैयाताल बाहेक अन्य सिमसार क्षेत्रमा चराको संख्या बढेको छ

— बर्दियामा यसवर्ष भएको चरा गणनामा बढैयाताल बाहेक अन्य सिमसार क्षेत्रमा चराको संख्या बढेको छ । पश्चिम नेपालकै ठूलो ताल मानिएको बढैयातालमा पानी सुक्दै गएपछि जाडो छल्न आउने आगन्तुक पाहुना चरा घट्दै गएका छन् ।

हरेकवर्ष हिउँदमा जाडो छल्न हिमाली भेग लगायत साइबेरियाबाट आउने चरा घट्दै गएको अध्ययनले देखाएको छ । अन्य चराको संख्या घटे पनि सारस बढेको पंक्षी विज्ञ बताउँछन् । गत वर्ष भएको गणनामा बढैयातालमा दुई वटा सारस देखिएकोमा यसवर्ष बढेर सात पुगेको नेपाल पंक्षी विज्ञ संघका अध्यक्ष एंव जल पंक्षी गणनाका बाँके, बर्दिया संयोजक रामबहादुर शाहीले बताए ।

तालमा हरेक वर्ष हिउँदमा आउने सारस, कुर्मा, बगाले सिंह कुखुरा, मरुले, हुटिट्याउ, लोभीपापी, गरुड हरिहाँस लगायत करिब १५ प्रजातिका चरा प्रायः भेटिँदैनन् । विगतमा तालमा झार मार्ने औषधिको बढ्दो प्रयोग, वर्षेनी हुने वनभोज, महोत्सवमा हुने होहल्ला, अव्यवस्थित रुपमा माछा मार्ने लगायतका कारणले सिमसार क्षेत्रमा पाहुना चरा घटेको स्थानीय बताउँछन् ।

बढैयाताल करिब १ सय ४ हेक्टर क्षेत्रफल रहेको मालपोतको अभिलेखमा छ । धेरै ठाउँ अतिक्रमणसँगै तालमा पानी सुक्दै गएको स्थानीय विन्तीराम चौधरीले बताए । यो ताल क्षेत्रफलका दृष्टिले मुलुकको ठूलो मानिन्छ ।

सायबेरियाबाट हरेक वर्ष बढैयातालमा आउने मरुल लगायतका पाहुना चरा घटेको छ । पाहुना चराका लागि चितवनको बिस हजारी पछि बढैया नेपालको दोस्रो ठूलो ताल हो । बढैयाताल क्षेत्रमा ट्याक्टर, टिपर गुड्न थालेको र वनभोजमा डिजे साउण्डको प्रदूषणले चरा बढ्न सकेका छैनन् । एशिया महादेशमा हरेक वर्ष एकै समय जनवरी १० देखि २५ तारिखसम्म चराको गणना हुने गर्छ ।

यसवर्ष कर्णाली नदी आसपासका क्षेत्रमा २१ प्रजातिका ९ सय १८ वटा चरा गणना भएको थियो । निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत सरोजमणि पौडेलले सोही अवधिमा गेरुवा ३२ प्रजातिका ८ सय २२ वटा चरा फेला परेको बताए । बढैयाताल ४० प्रजातिका २ हजार १ सय ४९ वटा गरि बर्दियामा ३ हजार ८ सय ८९ वटा गणना भएको बताए ।



उनका अनुसार गतवर्ष कर्णालीमा १५ प्रजातिका ८ सय ९९ चरा गणना भएको थियो । सोही अवधिमा गेरुवामा ३० प्रजातिका ५ सय ९३ र बढैयातालमा १ हजार ७ सय १२ वटा गरि ३ हजार २ सय ४ वटा चराको संख्या गणना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले मंगलबार सिंहदरबारस्थित पर्यटन मन्त्रालयमा नेपालका लागि युरोपेली संघका राजदूत महामहिम भेरोनिक लोरेन्जोसँग भेटवार्ता गरेका छन् । मन्त्रालयका सहप्रवक्ता गोकर्ण उपाध्यायका अनुसार, भेटका क्रममा २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन तयारी, नेपालले अति कम विकसित राष्ट्र (एलडीसी)बाट स्तरोन्नति गरेपछिको प्रगति, उड्डयन सुरक्षा, हवाई यातायात मापदण्ड तथा पर्यटन प्रवर्द्धनका ...
— जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतका चुनावमा झूठा आश्वासन बाँडेर जितेर गएका तर बाचा पूरा नगरेका उम्मेदवारलाई कडा प्रश्न गर्न मतदातालाई आग्रह गरेका छन् । सप्तरीको राजगढ गाउँपालिका-६ स्थित फकिरामा मंगलबार आयोजित सभामा अध्यक्ष यादवले भने, ‘चुनावका बेला मिठा कुरा र झूठा आश्वासन बाँडेर जितेर गए पनि क्षेत्रको विकास किन भएन ? भनी ...
— बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका वीरगन्ज महानगरपालिका–१९ का ३२ वर्षीय अनिलकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । वीरगन्जस्थित कारागार नजिकको सडक खण्डबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रमोदप्रसाद गुप्ताको जाहेरीले बादी नेपाल सरकार र प्रतिवादी ...
— जिल्लामा सुमो दुर्घटना हुँदा एक विदेशीसहित तीन जना घाइते भएका छन् । बाक्सिलाबाट काठमाडौं जाँदै गरेको ना १ ज ८७८१ नम्बरको सुमो मध्यपहाडी लोकमार्गअन्तर्गत हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको बयाक्तामा मंगलबार बिहान ११ बजेर २० मिनेटमा दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रका अनुसार भुटान थिम्पुकी ७२ वर्षीया ...
— सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसद्‌बाट फिर्ता लिन स्वीकृत प्रदान गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संसद्‌बाट फिर्ता लिन स्वीकृत प्रदान गर्ने निर्णय गरेको हो । उक्त विधेयक राष्ट्रिय सभामा विचाराधीन थियो । सामाजिक सञ्जाल नियमन गर्न चाहे अब कानुन बनाउन नयाँ विधेयक पेस ...