मुख्य समाचार
लिबियाका दिवंगत नेता मुअम्मर गद्दाफीका छोरा सैफ अल–इस्लाम गद्दाफीको हत्या
लिबियाका दिवंगत नेता मुअम्मर गद्दाफीका छोरा सैफ अल–इस्लाम गद्दाफीको हत्या

— लिबियाका दिवंगत नेता मुअम्मर गद्दाफीका छोरा सैफ अल–इस्लाम गद्दाफीको हत्या भएको छ । मंगलबार पश्चिमी लिबियाको सहर चिन्तानमा उनको आवासमा घुसेर आक्रमणकारीले गोली हानेर हत्या गरेका हुन् ।

सैफ अल–इस्लामको राजनीतिक टिमले भने अहिलेसम्म यसबारे पुष्टि गरेको छैन । घटना मंगलबार दिउँसो भएको बताइएको छ । चार जना मास्क लगाएका आक्रमणकारीले घरमा घुसेर आक्रमण गरेका थिए ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार आक्रमणकारीले पहिला घरमा लगाइएको सीसीटीभी क्यामेरा नष्ट गरेका थिए । त्यसपछि घरभित्र छिरेर इस्लामको हत्या गरेका थिए । इस्लामका राजनीतिक टिमका सदस्य अब्दुल्लाह ओथमान अब्दुर्रहीमले सामाजिक सञ्जाल फेसबूकमा यसको जानकारी दिएका छन् ।

उनले यस आक्रमणलाई कायरतापूर्ण र विश्वासघाती हत्या भएका छन् । सैफ अल–इस्लामको राजनीतिक टिमले लिबियाको न्यायपालिका र अन्तर्राष्ट्रिय समुदायसँग घटनाको गम्भीर रुपमा अनुसन्धान हुनुपर्ने माग गरेको छ ।

हाल त्रिपोली र जिन्तानका स्थानीय अधिकारीहरुले घटनाको आधिकारिक पुष्टि भने गरेका छैनन् । तर लिबियाका सञ्चार माध्यम र अन्तर्राष्ट्रिय एजेन्सीहरुले सैफको हत्याबारे सामाचार प्रकाशित गरेका छन् ।

सन् २०११ मा नाटो समर्थित विद्रोहपछि मुअम्मर गद्दाफीको हत्या गरिएको थियो । त्यसबेला सैफ अल–इस्लामलाई उनका पिताको सम्भावित उत्तराधिकारी मानिएको थियो । उनी लिबियाको राजनीतिमा प्रभावशाली थिए । विद्रोहका क्रमा पनि इस्लाम सक्रिय थिए । विद्रोहपछि जिन्तानमा इस्लामलाई पक्राउ गरिएको थियो । कैयौं वर्षसम्म उनले जेल बिताए ।

२०१७ मा उनको रिहाई भयो । त्यसयता उनी जिन्तानमै बस्दै आएका थिए । सन् २०२१ मा उनले राष्ट्रपति निर्वाचन लड्ने प्रयास गरेका थिए । तर कैयौं विवादका कारण चुनावी प्रक्रिया नै रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फिलीपिन्सको पालावान प्रान्तस्थित कोरोन क्षेत्र नजिकै समुद्रमा एक यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ,भने ८७ जना यात्रु बेपत्ता भएका छन्। 'एमभी जुनियर एस्टर' नामको उक्त फेरी फिलिपिन्सको राजधानी मनिलाबाट पालावान प्रान्तको पर्यटकीय क्षेत्र कोरोनतर्फ जाँदै गर्दा अचानक आगलागी भएको हो। दुर्घटनाको खबर पाउनेबित्तिकै खटिएका कोस्ट गार्ड र उद्धारकर्ताहरूको टोलीले हालसम्म ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि (मिडटर्म) निर्वाचनलगत्तै समाप्त हुन सक्ने दाबी गरेका छन्। बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरान अब लामो समयसम्म युद्ध जारी राख्ने स्थितिमा नरहेको बताए। त्यसैगरी, निर्वाचन अघिसम्म इन्धनको मूल्य घट्ने सम्भावना नरहेको संकेत पनि उनले गरे। 'मलाई लाग्छ निर्वाचनको लगत्तै युद्ध सकिनेछ, किनभने उनीहरू ...
: पाकिस्तानले 'मक्का रक्षा सम्झौता' का तीन सदस्य राष्ट्रमध्ये कुनै एकमाथि आक्रमण भएमा त्यसलाई तीनै देशमाथिको संयुक्त आक्रमण मानिने स्पष्ट पारेको छ। उक्त प्रावधानका विषयमा कसैलाई पनि कुनै अन्योल नरहन पाकिस्तानले चेतावनी दिएको छ। बीबीसी फारसीलाई उद्धृत गर्दै पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफले साउदी अरबमाथि यमनका हुथी विद्रोहीहरूले शृङ्खलाबद्ध हमला गरेपछि यो सम्झौता लागू हुन सक्ने ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन मदिरा, केही दुग्धजन्य पदार्थ र ठूला मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। यस कदमले भन्सार महसुलबाट सुरु भएको व्यापार युद्धलाई अझ उग्र बनाएको छ। दशकौंदेखि आपसमा जोडिएको दुई देशको व्यापारिक सम्बन्धमा यस निर्णयले गम्भीर खटपट ल्याएको छ। यसले सीमाका दुवैतर्फका व्यवसायी तथा उपभोक्ताहरूलाई ठूलो असर पुर्याउने सम्भावना बढाएको छ। यो आयात ...
। इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) निकट समाचार एजेन्सीहरूले जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल आक्रमण भएको दाबी गरेका छन् । इरानी मिसाइलहरूले पूर्वी जोर्डनस्थित प्रिन्स हसन सैन्य आधार शिविरलाई निशाना बनाएको दाबी छ । इरानी स्रोतहरूले जोर्डनमा भएका मिसाइल आक्रमणको पहिलो चरणसँग सम्बन्धित धेरै भिडियो फुटेज प्रकाशित गरेका छन् । तीमध्ये केही भिडियोमा ‘इरानी मिसाइलहरू ...