मुख्य समाचार
उच्च अदालत सुर्खेतले चालु आर्थिक वर्षको ६ महिनामा ५३.१ प्रतिशत मुद्दा फर्स्योट
उच्च अदालत सुर्खेतले चालु आर्थिक वर्षको ६ महिनामा ५३.१ प्रतिशत मुद्दा फर्स्योट

— उच्च अदालत सुर्खेतले चालु आर्थिक वर्षको ६ महिनामा ५३.१ प्रतिशत मुद्दा फर्स्योट गरेको छ । आर्थिक वर्ष साउनदेखि पुस मसान्तसम्म ३ सय ५९ वटा मुद्दा फर्स्योट गरेको हो ।

चालु आर्थिक वर्षमा दर्ता भएका र गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका कुल ५ सय ६४ मुद्दामध्ये पुस मसान्तसम्म २ सय ५ मुद्दा फर्स्योट हुन बाँकी रहेको अदालतका प्रवक्ता निमित्त रजिष्ट्रार प्रेमप्रकाश थापाले जानकारी दिए । उनका अनुसार मेलमिलाप हुन सक्ने प्रकृतिका १ सय ३४ मुद्दामध्ये ३२ प्रतिशत मुद्दा मेलमिलापको माध्यमबाट फर्स्योट गरिएको छ ।

उच्च अदालत सुर्खेत मातहत रहेका जिल्ला अदालतहरूमध्ये जाजरकोट जिल्ला अदालत जाजरकोटबाट ३४.९६ प्रतिशत, दैलेख अदालतबाट ६३.६३ प्रतिशत, रुकुम पश्चिम दालतबाट ३४.३२ प्रतिशत, सल्यान अदालतबाट ५५.२८ प्रतिशत र सुर्खेत अदालतबाट ३८.९७ प्रतिशत मुद्दा फर्स्योट भएको प्रवक्ता थापाले जानकारी दिए ।

थापाका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा उच्च अदालत सुर्खेत मातहतका जिल्ला अदालतहरूबाट २ करोड ५ लाख ५४ हजार ६ सय ६ रुपैयाँ जरिवाना फर्स्योट भएको छ । यी अदालतबाट जम्मा जरिवाना रकममध्ये २५ करोड ७५ लाख ९२ हजार ५ सय ६५ रुपैयाँ फर्स्योट गर्न बाँकी रहेको उनले बताए ।

उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारीले सर्वोच्च अदालतको तेस्रो पञ्चवर्षीय रणनीति अनुसार सुर्खेत उच्च अदालतले काम गरिरहेको बताए । उनले जनस्तरमा सचेतना बढेकाले पछिल्लो समय मुद्दा दर्ताको संख्या पनि बढेको बताए । ‘अदालतमा मुद्दा धेरै पर्नु खुसी हुनुपर्ने विषय होइन, तर जनस्तरमा कानुनी साक्षरता बढेका कारण न्यायका लागि न्यायालयसम्म पुग्नु सकारात्मक छ,' उनले भने ‘उच्च अदालत मातहतका जिल्ला अदालतबाट कैद र जरिवानाको फर्स्योट अवस्था सन्तोषजनक छ ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले मंगलबार सिंहदरबारस्थित पर्यटन मन्त्रालयमा नेपालका लागि युरोपेली संघका राजदूत महामहिम भेरोनिक लोरेन्जोसँग भेटवार्ता गरेका छन् । मन्त्रालयका सहप्रवक्ता गोकर्ण उपाध्यायका अनुसार, भेटका क्रममा २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन तयारी, नेपालले अति कम विकसित राष्ट्र (एलडीसी)बाट स्तरोन्नति गरेपछिको प्रगति, उड्डयन सुरक्षा, हवाई यातायात मापदण्ड तथा पर्यटन प्रवर्द्धनका ...
— जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतका चुनावमा झूठा आश्वासन बाँडेर जितेर गएका तर बाचा पूरा नगरेका उम्मेदवारलाई कडा प्रश्न गर्न मतदातालाई आग्रह गरेका छन् । सप्तरीको राजगढ गाउँपालिका-६ स्थित फकिरामा मंगलबार आयोजित सभामा अध्यक्ष यादवले भने, ‘चुनावका बेला मिठा कुरा र झूठा आश्वासन बाँडेर जितेर गए पनि क्षेत्रको विकास किन भएन ? भनी ...
— बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका वीरगन्ज महानगरपालिका–१९ का ३२ वर्षीय अनिलकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । वीरगन्जस्थित कारागार नजिकको सडक खण्डबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रमोदप्रसाद गुप्ताको जाहेरीले बादी नेपाल सरकार र प्रतिवादी ...
— जिल्लामा सुमो दुर्घटना हुँदा एक विदेशीसहित तीन जना घाइते भएका छन् । बाक्सिलाबाट काठमाडौं जाँदै गरेको ना १ ज ८७८१ नम्बरको सुमो मध्यपहाडी लोकमार्गअन्तर्गत हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको बयाक्तामा मंगलबार बिहान ११ बजेर २० मिनेटमा दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रका अनुसार भुटान थिम्पुकी ७२ वर्षीया ...
— सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसद्‌बाट फिर्ता लिन स्वीकृत प्रदान गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संसद्‌बाट फिर्ता लिन स्वीकृत प्रदान गर्ने निर्णय गरेको हो । उक्त विधेयक राष्ट्रिय सभामा विचाराधीन थियो । सामाजिक सञ्जाल नियमन गर्न चाहे अब कानुन बनाउन नयाँ विधेयक पेस ...