— जिल्लामा सुमो दुर्घटना हुँदा एक विदेशीसहित तीन जना घाइते भएका छन् ।
बाक्सिलाबाट काठमाडौं जाँदै गरेको ना १ ज ८७८१ नम्बरको सुमो मध्यपहाडी लोकमार्गअन्तर्गत हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको बयाक्तामा मंगलबार बिहान ११ बजेर २० मिनेटमा दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रका अनुसार भुटान थिम्पुकी ७२ वर्षीया कार्दुङ, डोटी पूर्वीचौकी गाउँपालिका–४ सानागाँउका ३५ वर्षीय लोकराज जोशी, डोटी चुननुर्बी गाउँपालिका–८ का ५८ वर्षीय लोप्साङ लामा घाइते भएका हुन् । उनीहरू बाक्सिलाबाट काठमाडौं जाँदै गरेको सुमोमा हलेसीबाट चढेका हुन् ।
उनीहरूको उदयपुर घुर्मीस्थित जनसेवा क्लिनिकमा उपचार सामान्य उपचारपछि काठमाडौं लगिएको प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीले बताएका छन् । गाडीमा सवार ७ मध्ये ४ जना भने सकुशल रहेको मिश्रको भनाइ छ ।