मुख्य समाचार
नेपाली सेनाले फागुन २ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राष्ट्रिय एकताका लागि ‘पिस एण्ड युनिटी रन’ आयोजना गर्ने
नेपाली सेनाले फागुन २ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राष्ट्रिय एकताका लागि ‘पिस एण्ड युनिटी रन’ आयोजना गर्ने

— नेपाली सेनाले फागुन २ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राष्ट्रिय एकताका लागि ‘पिस एण्ड युनिटी रन’ आयोजना गर्ने भएको छ ।

भावनात्मक सम्बन्धको विकास, सामाजिक एकता तथा राष्ट्र पहिचानको बलियो आधार स्तम्भको रुपमा स्थापित रहेको खेलकुद क्षेत्रको विकास तथा नागरिक सैनिकबीचको सम्बन्ध प्रगाढ बनाउने उदेश्यले ‘पिस एण्ड युनिटी रन’ प्रतियोगिता आयोजना गर्न लागेको हो ।

उत्तर पश्चिम पृतनाले यसवर्ष महाशिवरात्री तथा सेना स्थापनाको २६३औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न भन्दै दौड प्रतियोगिता आयोजना गर्न लागेको हो ।

उत्तर–पश्चिम पृतना हेडक्वार्टर नेमारेको आयोजनामा हुने प्रतियोगितामा लामो र छोटो दूरीका दौडसहित पैदल यात्रा समावेश गरिने छ । पृतनाका उपरथि दिपेशजंग शाहका अनुसार सामाजिक एकता तथा राष्ट्रको पहिचानको बलियो आधार स्तम्भको रुपमा स्थापित रहेको खेलक्षेत्रको विकाससँगै नागरिक र सैनिकको सम्बन्ध प्रगाढ गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

पृतनापति शाहले भने, ‘बलियो एकता, सुरक्षित राष्ट्र नाराका साथ पाँच किलोमिटर पैदल यात्रादेखि १० किलोमिटरसम्मको समावेश गरिएको छ ।’ पाँच किलोमिटर दौडमा सरकारी कार्यालयमा कार्यरत कर्मचारी, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू, नेपाली सेनाका इच्छुक सकल दर्जा, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू र भूतपूर्व सुरक्षाकर्मीहरू सहभागी हुनेछन् ।


१० किलोमिटरतर्फ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महिला पुरुष दौड हुने भएको छ । ५ किलोमिटर दौडमा सैनिक आवासीय महाविद्यालय, इम्प्यानेलड विद्यालयहरु तथा एनसीसी तालिम सञ्चालन भइरहेका कक्षा ८ देखि १२ सम्मका छात्राहरु सहभागिता हुने छन् ।

खुल्ला पुरुष र खुल्ला महिला दौडको प्रतियोगितामा करिब ८ सय सहभागिता रहने अपेक्षा सेनाले गरेको छ । विभिन्न दौडमा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई नगर पुरस्कार र प्रमाणपत्र पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल (एनएनएसएम)ले वैदेशिक रोजगारीसम्बन्धी मुद्दा प्राथमिकताका साथ घोषणापत्रमा समावेश गर्न राजनीतिक दलहरुलाई आग्रह गरेको छ। सञ्जालले विज्ञप्तिमार्फत वैदेशिक रोजगारीमा संलग्न नेपाली श्रमिक र उनका परिवारको हक अधिकार संरक्षणलाई प्राथमिकताका साथ राख्न अपिल गरेको हो। नेपाली श्रमिक र श्रमिक परिवारको अधिकार संरक्षणमा कार्यरत गैरसरकारी संस्थाहरूको छाता संगठन एनएनएसएमले वैदेशिक रोजगारीका क्रममा श्रमिकले भोग्दै ...
— प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमाको स्रोतसम्बन्धी समस्या तत्काल समाधान गर्ने बताएकी छन् । बुधबार सम्बन्धित पक्षसँगको छलफलमा प्रधानमन्त्री कार्कीले उक्त प्रतिबद्धता व्यक्त गरेकी हुन् । प्रधानमन्त्री कार्कीले स्वास्थ्य बिमा कार्यक्रम विपन्न वर्गको भएकाले यसलाई विपद्कै रुपमा लिएर अर्थमन्त्रीसँग छलफल गरी समस्या समाधान गर्न ढिलाइ नगर्ने बताइन् । उनले उक्त कार्यक्रमलाई कडा नियमन गर्न जरुरी रहेको पनि ...
— गृहमन्त्री ओमप्रकाश अर्याल र संयुक्त राष्ट्र संघीय लागूऔषध तथा अपराध नियन्त्रण कार्यालय (यूएनओडीसी) को दक्षिण एसिया हेर्ने क्षेत्रीय प्रतिनिधि क्रिस्टियन होल्जबीच शिष्टाचार भेट सम्पन्न भएको छ । भेटमा मन्त्री अर्यालले यूएनओडिसीले लागूऔषध नियन्त्रण लगायतका क्षेत्रमा नेपाललाई पुर्‍याउँदै आएको सहयोगको लागि धन्यवाद व्यक्त गरे । साथै यूएनओडिसीसँगको सहकार्य अझै बढाउँदै लैजान सकिने बताए । यूएनओडिसी क्षेत्रीय प्रतिनिधि होल्जले ...
: निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन गरेको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलहरूबाट पेस भएका ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिन्ह कायम भएका ३ हजार १३५ उम्मेदवारको अन्तिम बन्दसूची आज सार्वजनिक गरेको हो। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ...
: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड र ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा धादिङको थार्के गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-३१ बस्ने २४ वर्षीय अन्जन भुजेल र सल्यानको वनगाड कुपिण्डे नगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ३१ वर्षीय नविन दमाई रहेका छन्। पक्राउ परेकामध्ये अन्जनले न्यूजिल्याण्ड ...