मुख्य समाचार
संसद पुनर्स्थापनाको माग गर्दै दायर रिटमाथि सर्वोच्चले तत्काल फैसला गर्नुपर्ने
संसद पुनर्स्थापनाको माग गर्दै दायर रिटमाथि सर्वोच्चले तत्काल फैसला गर्नुपर्ने

: नेकपा एमालेका सचिव महेश बस्नेतले संसद पुनर्स्थापनाको माग गर्दै दायर रिटमाथि सर्वोच्चले तत्काल फैसला गर्नुपर्ने बताएका छन् । काठमाडौं उपत्यकाका १५ जना उम्मेदवारहरूसँगको संवाद कार्यक्रममा बोल्दै सचिव बस्नेतले यो मुद्दाबाट सर्वोच्च अदालत भाग्न नपाउने बताए ।



उनले अदालत डराएर न्यायिक प्रक्रियामा ढिलाइ भइरहेको आरोप पनि लगाएका छन् । न्यायिक प्रक्रिया कसैको डर, दबाब, लोभ–प्रलोभन तथा हस्तक्षेपमा पर्न नहुने उनको भनाइ थियो । महाभियोगको डर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दबाबका कारण न्यायाधीशहरू निर्णयबाट पन्छिएको अवस्था देखिएको उनको दाबी छ ।



उनले भने, ‘आज पनि पेसी चढ्छ भनेर हामीले आश गरेका थियौं, फेरि सर्‍यो । प्रधानन्यायाधीशलाई लाग्दै नलागेको रोग लागेर गायब हुने, फोन अफ गर्ने र पन्छिने प्रवृत्ति बनेको छ । यसले हामी निकै ठूलो वैदेशिक आक्रमणमा भएको पुष्टि हुन्छ । हाम्रो सर्वोच्च, उच्च र जिल्ला अदालत मात्रै नभई न्यायिक प्रणाली नै जलिरहेको अनुभूति हुन्छ ।’




उनले संसद पुनर्स्थापनाभए चुनावको नाममा भएका सारा गतिविधि र खर्च खेर जाने भएकाले तत्काल फैसला गर्नुपर्ने बताएका हुन् । सर्वोच्चमा मुद्दा भएकाले ढुक्कले चुनावमा जान नपाएको समेत उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा प्रविधिको दुरूपयोग हुन सक्ने विषयमा आयोग सचेत रहेको बताएका छन् । भण्डारीले प्रविधिको दुरूपयोगले निर्वाचन बिथोलिन सक्ने भएकाले प्रविधिको दुरूपयोग हुनसक्ने आँकलन गरेर पहिचान गरिसकेको समेत बताएका छन्। प्रविधिको दुरुपयोगले निर्वाचनलाई अत्यन्त दखल पार्ने, बिथोल्ने, निर्वाचनको माहोललाई धमिल्याउने धेरैतिरबाट प्रयास हुनसक्ने उनले बताएका छन् । निर्वाचनको नैतिकता कायम राख्न ...
— पाँचखाल नगरपालिका-४ लामिडाँडामा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरी चौकी पाँचखालका प्रमुख प्रहरी निरीक्षक प्रशान्त तामाङका अनुसार, मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं ५ का २८ वर्षीय सुशील आले मगर रहेका छ्न् । बुधबार दिउँसो २:४० बजेको समयमा काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ४ ...
— निर्वाचन आयोग र सामाजिक सञ्जाल टिकटकबीच सहकार्यको सम्झौता भएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वच्छता प्रवर्द्धनका लागि निर्वाचन आयोग र टिकटकबीच समझदारीपत्रमा बुधबार हस्ताक्षर भएको हो । समझदारीमा आयोगका तर्फबाट सहसचिव नारायणप्रसाद भट्टराई र टिकटककातर्फबाट फेर्दोस अल मत्ताकिनले हस्ताक्षार गरेका छन्। आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय जानकीकुमारी तुलाधर र सगुन ...
— नेपाली कांग्रेस झापा–५ कार्यसमितिले कुनै पार्टीसँग गठबन्धन गर्ने विषयमा कुनै छलफल नभएको भन्दै त्यस्ता भ्रामक र कपोलकल्पित हल्लाका पछि नलाग्न आग्रह गरेको छ । क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले बुधबार विज्ञप्ति जारी गर्दै निर्वाचनको समयमा केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत कपोकल्पित समाचार फैलाएर कार्यकर्ता र मतदातामा भ्रम सिर्जना गर्न खोजेकोप्रति पार्टीको ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । ‘नेपाली ...
— नेकपा संयोजक पुष्पकमल दाहालले स्वच्छ, निष्पक्ष र धाँधलिरहित वातावरणमा निर्वाचन भए नेकपा एक नम्बर पार्टी बन्ने दाबी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दाहालले सामाजिक सञ्जालमा हुने गतिविधिले चुनावी नतिजा निर्धारण नगर्ने बताएका हुन् । 'स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन हुँदा हाम्रो नेपाली कम्युनिस्ट पार्टी (नेकपा) एक नम्बर पार्टी बन्ने सम्भावना छ ...