— गुल्मीमा ४७ वर्षीय पुरुष मृत फेला परेका छन् । इस्मा गाउँपालिका-२ रातचाैरका ४७ वर्षीय निमबहादुर कुमाल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।
प्रहरीका अनुसार, मंगलबार कुमाल सदरमुकाम तम्घास जाने भनेर घरबाट हिडेका थिए । त्यसपछि बेपत्ता भएपछि घरपरिवार र आफन्तले खाेजी कार्य गरेका थिए । बुधबार दिउँसो स्थानीय छल्दीपनाह खाेलाकाे कुलाेमा मृत फेला परेका हुन् ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वत कुमार केसीको नेतृत्वमा सात जनाको प्रहरी टाेली खटिएको छ ।