मुख्य समाचार
गोरखाको निर्वाचन तयारीबारे अर्थमन्त्री रामेश्वर खनाल र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र जिसीले मंगलबार अध्ययन, अनुगमन तथा छलफल गरेका छन्
गोरखाको निर्वाचन तयारीबारे अर्थमन्त्री रामेश्वर खनाल र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र जिसीले मंगलबार अध्ययन, अनुगमन तथा छलफल गरेका छन्

: गोरखाको निर्वाचन तयारीबारे अर्थमन्त्री रामेश्वर खनाल र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र जिसीले मंगलबार अध्ययन, अनुगमन तथा छलफल गरेका छन्। मंगलबार दिउँसो छुट्टाछुट्टै समयमा गोरखा आइपुगेका मन्त्री खनाल र डीआईजी जिसीले जिल्लाको निर्वाचनको पछिल्लो तयारी, सुरक्षा प्रबन्धका बारेमा अध्ययन, अनुगमन भ्रमण तथा छलफल गरेका हुन्।


अर्थमन्त्री खनालले मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा पुगी वस्तुगत अध्ययन तथा छलफल गरेका छन्। ‘मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालयको अनुगमन भ्रमण गरेर जिल्ला प्रशासन कार्यालयमा आउनु भएको थियो’, सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले भने, ‘हामीले हालसम्म भए गरेका प्रगतिका विवरण सबै सुनायौँ। उहाँले सोचेभन्दा धेरै प्रगति भएको रहेछ भन्ने प्रतिक्रिया दिएर जानुभयो।’

यसअघि मन्त्री खनालले मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयको अनुगमन भ्रमण गरेका थिए। सो क्रममा ती दुबै कार्यालयले निर्वाचन आयोगले निर्धारण गरे अनुसारका सबै प्रक्रिया, सबै चरणहरू पूरा भइसकेको जानकारी गराएको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोइरालाले जानकारी दिए। ‘उहाँले निर्वाचन सभ्य, भव्य, निष्पक्ष, भयरहित ढंगले सबैको सरसहयोगको खाँचो रहेकाले सर्वपक्षीय, सर्वदलीय बैठक, छलफल, समन्वय र सहकार्यलाई जारी राख्न निर्देशन दिनुभयो’, कोइरालाले भने।
गोरखाको भ्रमण सकेर अर्थमन्त्री खनाल तनहुँ, लमजुङ हुँदै म्याग्दीसम्म जाने कार्यक्रम रहेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए। त्यस्तै डीआईजी जिसीले जिल्ला प्रहरी कार्यालय गोरखा, इलाका प्रहरी कार्यालय आरुघाट र इप्रका ठाँटीपोखरीको अनुगमन गरेका छन्।

सो अवसरमा निर्वाचन सुरक्षा चुनौती तथा सुरक्षाकर्मी परिचालन प्रबन्धको अवस्था बारे सोधपुछ गरेका थिए। साथै जटिल भौगोलिक अवस्थितिमा अपनाउन सकिने सुरक्षा वस्तुस्थितिबारे पनि सोधपुछ गरेका थिए। जिल्ला प्रहरी कार्यालयले सो विषयमा जानकारी गराएपछि डीआईजी जिसीले सुरक्षा व्यवस्थाप्रति सन्तोषजनक रहेको टिप्पणी गर्दै आगामी फागुन २१ गते हुने चुनाव स्वच्छ, निष्पक्ष, भयरहित बनाउन उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका एसपी भरत बिकले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमालेले भावी प्रधानमन्त्रीका रूपमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेकोे छ । एमालेको केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष रामबहादुर थापाले मुलुकको रक्षा तथा देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई पुनःस्थापित गर्नुपर्ने आवश्यकता रहेकाले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीको प्रस्तावसहित पार्टी चुनावमा होमिएको स्पष्ट गरे । उनले देश बनाउनेहरूलाई जिताउनुपर्ने खाँचो रहेको उल्लेख गर्दै नेपालको ...
— रास्वपा केन्द्रीय सभापति रवि लामिछाने भोलि बिहीबार चितवन आउने भएका छन् । उनी चितवन-२ मा उम्मेदवार छन् । रास्वपा चितवन जिल्ला सभापति कृष्ण भुषालका अनुसार भोलि मध्याह्न लामिछानेले लंकु लक्ष्मीनारायण मन्दिरमा स्वस्ति शान्ति पूजा गर्ने कार्यक्रम छ । त्यसपछि भरतपुर-११ विशाल चोकको घरमा गृहप्रवेश कार्यक्रम रहेको भुषालले बताए । 'भोलि बिहीबार सवा ११ बजे जहाजबाट ...
झापाको दमकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम जिल्ला चुलाचुली गाउँपालिका–४ का २२ वर्षीय प्रवेश राई र सोही ठाउँका १९ वर्षीय जनम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार आज दिउँसो साढे ३ बजेको समयमा दमक नगरपालिका–१ बरगाछीस्थित भित्री सडक खण्डमा दमकबाट रामचोकतर्फ जाँदै ...
— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत मलद्वारमा लुकाएर समेत सुन तस्करी हुने गरेको पाइएको छ । दुबईबाट काठमाडौं आएका भारतीय यात्रु अबु बकरत कुरतेको मलद्वारमा लुकाएर ल्याएको सुनसहित पक्राउ परेका हुन् । विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार, फ्लाई दुबईको उडानमार्फत बुधबार बिहान १० बजे उनी काठमाडौं आएका थिए । उनको गतिविधि शंकास्पद लागेपछि जाँच गरिएको थियो ...
— धनकुटाको साँगुरीगढी गाउँपालिका-६ फेदीबाट प्रहरीले बुधबार दिउँसो ९० केजी गाँजा बरामद गरेको छ । बा १० छ ५६१५ नम्बर लेखिएको सुमो गाडीबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए । नेपाली नम्बर राखिए पनि उक्त गाडी भारतीय रहेको प्रहरीको भनाइ छ । सहिदभूमि गाउँपालिकाको साप्तिङ्टारबाट भेडेटारतर्फ जाँदै गरेको ...