मुख्य समाचार
म्यानपावर कम्पनी हटाई सरकारी संयन्त्रबाटै श्रमिक भर्ना गर्ने मलेसियाको तयारी
म्यानपावर कम्पनी हटाई सरकारी संयन्त्रबाटै श्रमिक भर्ना गर्ने मलेसियाको तयारी

— नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक मलेसियाले श्रमिकको भर्ना लागत शुल्क हटाउन सरकारी संयन्त्रबाट मात्रै श्रमिक लैजाने ‘प्रणाली’ बनाइरहेको जनाएको छ । उसले

तेस्रो पक्षको कारण श्रमिकमाथि शोषण, ऋणमा परेका कारण आधुनिक दासत्वभित्र परेको भन्दै सरकारी संयन्त्रमार्फत न्यायोचित (पारदर्शी) भर्ना गर्ने प्रणाली बनाइरहेको मलेसियाको मानव शंशाधन मन्त्रालयले जनाएको हो ।

‘विदेशी श्रमिकको भर्ना प्रक्रियाबाट तेस्रो पक्षका एजेन्ट वा बिचौलियालाई हटाउने उद्देश्यले मलेसियाली रोजगारदाताहरूले विदेशी श्रमिकलाई सिधै भर्ती गर्न सक्ने प्रणाली बनाइरहेका छौं,’स्थानीय सञ्चार माध्यम द डेलिस्टारसँगको अन्तर्वार्तामा मानव संसाधनमन्त्री दातुक सेरी आर. रामननले भनेका छन्, ‘अहिले यो गृह मन्त्रालय तथा सम्बन्धित सरोकारवालासँग छलफल भइरहेको छ । त्यसपछि स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरिनेछ ।’

उनका अनुसार विदेशी श्रमिक भर्नामा तेस्रो पक्षका एजेन्टहरू(म्यानपावर)को संलग्नता मलेसियामा समस्या बन्दै आएको छ । ‘सन् २०२८ सम्म मलेसियालाई न्यायोचित भर्ना केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । मलेसियालाई अमेरिकाको विदेश मन्त्रालयको ‘ट्राफिकिङ इन पर्सन रिपोर्टमा राखिएको छ । यसमा सुधार गर्ने व्यापक प्रयासको हिस्सा हो,’ उनले भनेका छन्, ‘प्रस्तावित प्रणालीमा रोजगारदातालाई विदेशी श्रमिकस“ग सिधै संवाद गर्न अनुमति दिइनेछ । यसले बिचौलियाको समस्या समाधान गर्ने र विदेशी श्रमिक भर्ना गर्न लाग्ने अनावश्यक वैदेशिक रोजगारी लागत घटाउन मद्दत गर्नेछ ।’

मलेसियाले आफूलाई चाहिने श्रमिकको प्रमुख श्रोतका रुपमा नेपाल, बंगलादेश, भारत, पाकिस्तान र म्यानमारलाई मान्दै आएको छ । गत २७ अक्टोबरमा मलेसियाले मर्यादित श्रम आप्रवासनको अभ्यासलाई अझ सुदृढ बनाउन पाँचवटै देशबाट पठाउने म्यानपावर कम्पनीको लागि १० बुँदे मापदण्ड निर्धारण गरेको थियो । त्यसलाई नेपालसहित केही देशले अस्वीकार गरेपछि यो प्रक्रिया अगाडि बढेको थिएन । त्यसको केही महिनापछि सरकारी संयन्त्रबाटै सिधै श्रमिकको भर्ना प्रक्रिया अगाडि बढाउने तयारी सार्वजनिक भएको हो ।

नेपाल र मलेसियाबीच शून्य लागतमा श्रमिक पठाउने श्रम सम्झौता छ । सम्झौताअनुसार मलेसियाका रोजगारदाताले भने सबै श्रमिकलाई शून्य लागतमा भर्ना गरेको छैन । केही रोजगारदाता कम्पनीले मात्रै श्रमिकको सबै लागत खर्च ब्यहोरिरहेको छ । यसमा रोजगारदाताको मागपत्र हात पार्न नेपालका म्यानपावर कम्पनीले मलेसियाको म्यानपावर कम्पनीलाई कमिसन बुझाउनुपर्ने अवस्था छ । जसले गर्दा श्रमिकको लागत खर्च निकै बढीरहेको हो । ‘धेरै विदेशी श्रमिकले यहाँ आइपुगेपछि बाचा गरिएको काम नपाएको गुनासो गर्छन् । अर्को तर्फ यस देशमा पाइला टेक्नुअघि नै विदेशी श्रमिकको अमेरिकी डलर पाँच हजारदेखि आठ हजार डलरसम्म शुल्क तिरेको रिपोर्ट आइरहेको छ,’ उनले भनेका छन्, ‘यस वर्षभित्र प्रस्तावित प्रणाली तयार भइसक्छ । यसले अत्यधिक ‘एजेन्ट शुल्क’ तिर्नुपर्ने अवस्थाबाट जोगाउनु हो । रोजगारदाताको आवश्यकताअनुसार उपयुक्त विदेशी श्रमिक पाउने व्यवस्था मिलाउनु हो ।’

उनले यस व्यवस्थाको लागि श्रोत देशसँग छलफल गर्ने तयारी भइरहेको छ । नेपालले दक्षिण कोरिया र इजरायलमा सरकारी संयन्त्रमार्फत नै श्रमिक पठाइरहेको छ । ‘हामीसँग सरकारी संयन्त्रमार्फत श्रमिक पठाउने एक दशकको अनुभव छ । यो एउटा सफल अभ्यास पनि हो । जसले भर्ना प्रक्रियालाई पारदर्शी बनाएको छ,’ श्रम मन्त्रालयका एक अधिकारीले कान्तिपुरलाई भने, ‘मलेसियासँग पनि हामी छलफल गर्न तयार छौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...
: साउदी अरबको दक्षिण-पूर्वी क्षेत्रस्थित 'साउदी अरामको' को तेल प्रशोधन केन्द्रलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा परेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ। संयुक्त अरब इमिरेट्स (युएई ) को सीमा नजिकै रहेको 'शायबाह' तेल क्षेत्रमा खसालिएको ड्रोनका अवशेषहरू खस्दा फिलिपिन्सका एक नागरिक र एक नेपालीको ज्यान गएको हो। घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिक ...
: गैरआवासीय नेपाली संघ (एनआरएनए )को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आगामी डिसेम्बर ११ र १२, २०२६ मा कतारमा आयोजना हुने भएको छ। मध्यपूर्वमा कार्यरत लाखौँ नेपाली श्रमिकका समस्या, चुनौती र अधिकारका विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको हो। सहयात्राको मूल भावनालाई आत्मसात् गर्दै आयोजना हुन लागेको सम्मेलनको मूल नारा ‘सुरक्षित ...
: मलेसिया रोजगारीमा सिन्डिकेट खडा गरी नेपाली श्रमिकमाथि आर्थिक शोषण गरेको आरोपमा सरकारले अनुसन्धान र कानुनी कारबाही तीव्र पारेको छ। मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा तोकिएको भन्दा बढी शुल्क असुलेर ठगी गरेको आरोपमा स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कासहित चार जना पक्राउ परेका छन्। साथै, मलेसियाले छनोट गरेका २५ वटा म्यानपावर कम्पनीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम