मुख्य समाचार
म्यानपावर कम्पनी हटाई सरकारी संयन्त्रबाटै श्रमिक भर्ना गर्ने मलेसियाको तयारी
म्यानपावर कम्पनी हटाई सरकारी संयन्त्रबाटै श्रमिक भर्ना गर्ने मलेसियाको तयारी

— नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक मलेसियाले श्रमिकको भर्ना लागत शुल्क हटाउन सरकारी संयन्त्रबाट मात्रै श्रमिक लैजाने ‘प्रणाली’ बनाइरहेको जनाएको छ । उसले

तेस्रो पक्षको कारण श्रमिकमाथि शोषण, ऋणमा परेका कारण आधुनिक दासत्वभित्र परेको भन्दै सरकारी संयन्त्रमार्फत न्यायोचित (पारदर्शी) भर्ना गर्ने प्रणाली बनाइरहेको मलेसियाको मानव शंशाधन मन्त्रालयले जनाएको हो ।

‘विदेशी श्रमिकको भर्ना प्रक्रियाबाट तेस्रो पक्षका एजेन्ट वा बिचौलियालाई हटाउने उद्देश्यले मलेसियाली रोजगारदाताहरूले विदेशी श्रमिकलाई सिधै भर्ती गर्न सक्ने प्रणाली बनाइरहेका छौं,’स्थानीय सञ्चार माध्यम द डेलिस्टारसँगको अन्तर्वार्तामा मानव संसाधनमन्त्री दातुक सेरी आर. रामननले भनेका छन्, ‘अहिले यो गृह मन्त्रालय तथा सम्बन्धित सरोकारवालासँग छलफल भइरहेको छ । त्यसपछि स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरिनेछ ।’

उनका अनुसार विदेशी श्रमिक भर्नामा तेस्रो पक्षका एजेन्टहरू(म्यानपावर)को संलग्नता मलेसियामा समस्या बन्दै आएको छ । ‘सन् २०२८ सम्म मलेसियालाई न्यायोचित भर्ना केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । मलेसियालाई अमेरिकाको विदेश मन्त्रालयको ‘ट्राफिकिङ इन पर्सन रिपोर्टमा राखिएको छ । यसमा सुधार गर्ने व्यापक प्रयासको हिस्सा हो,’ उनले भनेका छन्, ‘प्रस्तावित प्रणालीमा रोजगारदातालाई विदेशी श्रमिकस“ग सिधै संवाद गर्न अनुमति दिइनेछ । यसले बिचौलियाको समस्या समाधान गर्ने र विदेशी श्रमिक भर्ना गर्न लाग्ने अनावश्यक वैदेशिक रोजगारी लागत घटाउन मद्दत गर्नेछ ।’

मलेसियाले आफूलाई चाहिने श्रमिकको प्रमुख श्रोतका रुपमा नेपाल, बंगलादेश, भारत, पाकिस्तान र म्यानमारलाई मान्दै आएको छ । गत २७ अक्टोबरमा मलेसियाले मर्यादित श्रम आप्रवासनको अभ्यासलाई अझ सुदृढ बनाउन पाँचवटै देशबाट पठाउने म्यानपावर कम्पनीको लागि १० बुँदे मापदण्ड निर्धारण गरेको थियो । त्यसलाई नेपालसहित केही देशले अस्वीकार गरेपछि यो प्रक्रिया अगाडि बढेको थिएन । त्यसको केही महिनापछि सरकारी संयन्त्रबाटै सिधै श्रमिकको भर्ना प्रक्रिया अगाडि बढाउने तयारी सार्वजनिक भएको हो ।

नेपाल र मलेसियाबीच शून्य लागतमा श्रमिक पठाउने श्रम सम्झौता छ । सम्झौताअनुसार मलेसियाका रोजगारदाताले भने सबै श्रमिकलाई शून्य लागतमा भर्ना गरेको छैन । केही रोजगारदाता कम्पनीले मात्रै श्रमिकको सबै लागत खर्च ब्यहोरिरहेको छ । यसमा रोजगारदाताको मागपत्र हात पार्न नेपालका म्यानपावर कम्पनीले मलेसियाको म्यानपावर कम्पनीलाई कमिसन बुझाउनुपर्ने अवस्था छ । जसले गर्दा श्रमिकको लागत खर्च निकै बढीरहेको हो । ‘धेरै विदेशी श्रमिकले यहाँ आइपुगेपछि बाचा गरिएको काम नपाएको गुनासो गर्छन् । अर्को तर्फ यस देशमा पाइला टेक्नुअघि नै विदेशी श्रमिकको अमेरिकी डलर पाँच हजारदेखि आठ हजार डलरसम्म शुल्क तिरेको रिपोर्ट आइरहेको छ,’ उनले भनेका छन्, ‘यस वर्षभित्र प्रस्तावित प्रणाली तयार भइसक्छ । यसले अत्यधिक ‘एजेन्ट शुल्क’ तिर्नुपर्ने अवस्थाबाट जोगाउनु हो । रोजगारदाताको आवश्यकताअनुसार उपयुक्त विदेशी श्रमिक पाउने व्यवस्था मिलाउनु हो ।’

उनले यस व्यवस्थाको लागि श्रोत देशसँग छलफल गर्ने तयारी भइरहेको छ । नेपालले दक्षिण कोरिया र इजरायलमा सरकारी संयन्त्रमार्फत नै श्रमिक पठाइरहेको छ । ‘हामीसँग सरकारी संयन्त्रमार्फत श्रमिक पठाउने एक दशकको अनुभव छ । यो एउटा सफल अभ्यास पनि हो । जसले भर्ना प्रक्रियालाई पारदर्शी बनाएको छ,’ श्रम मन्त्रालयका एक अधिकारीले कान्तिपुरलाई भने, ‘मलेसियासँग पनि हामी छलफल गर्न तयार छौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सन् २०२१ मा बेलायती विश्वविद्यालय योर्क सेन्ट जोन युनिभर्सिटीबाट एमबीए उत्तिर्ण गरेपछि मेलिसा थापा (नाम परिवर्तन) ले दुई वर्ष पोष्ट स्टडी वर्क (पिएसडब्लु) भिजा लिएर फुलटाइम काम गरिन् । यो स्किम सकिएपछि उनी कि त नेपाल फर्कनु पर्दथ्यो कि बेलायतमै स्पोन्सर खोजेर वर्क परमिटमा रहनु । फर्किंदा नेपालमा खासै भविष्य नदेखेकी उनले सन् २०२४, ९ ...
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपालीमध्ये ९११ जना विभिन्न मुद्दामा जेलमा रहेका छन् । दुतावास रियादका अनुसार ११ अगस्ट २०२६ सम्मको विवरणअनुसार जेलमा रहेका नेपालीमध्ये ४९९ जनाको फैसला भइसकेको छ भने ४१२ जनाको मुद्दा अझै विचाराधीन रहेको छ । जेलमा रहेका नेपालीमध्ये सबैभन्दा धेरै पूर्वी क्षेत्रमा ३७७ जना, केन्द्रीय क्षेत्रमा ३३४ जना ...
: दक्षिण कोरियाको जेजुमा सहकर्मीलाई उद्धार गर्ने क्रममा फोहोर तथा मलमूत्र प्रशोधन गर्ने ट्यांकीभित्र प्रवेश गरेका नेपाली श्रमिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ घर भएका र हाल कोरियाको जेजुस्थित एक फार्ममा कार्यरत ३२ वर्षीय विकास शेर्पा रहेको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ । हिजो शनिबार बिहान करिब ७ः५६ बजे जेजु सहरको हान्ग्यङ–म्योन, जोसुरी क्षेत्रमा ...
: रोमानियामा रेलको ठक्करबाट दुई नेपाली युवाको मृत्यु भएको छ। रोमानियाको बाकाउ क्षेत्रमा भएको दुर्घटनामा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५, पाल्वा घर भएका ३६ वर्षीय शान्तकुमार श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–२०, बागबजारका २५ वर्षीय निश्चल तामाङको घटनास्थलमै मृत्यु भएको बाकाउ प्रहरीले जनाएको छ। रोमानियाको बुखारेस्टका लागि पूर्वअवैतनिक नेपाली वाणिज्यदूत नवराज पोखरेलका अनुसार, घटनाबारे नेपालमा रहेका मृतकका ...
— इरानको ड्रोन आक्रमणमा परी कुवेतमा ज्यान गुमाएका तेह्रथुमका सोमकुमार तामाङको शव शनिबार आउने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कुवेत एयरवेजमार्फत शव नेपाल ल्याउन लागिएको हो । कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी शव स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको परराष्ट्रले जनाएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार कुवेतको उत्तरी क्षेत्रस्थित ...