मुख्य समाचार
रुस र युक्रेनबीच युएईमा दोस्रो चरणको वार्ता सुरु
रुस र युक्रेनबीच युएईमा दोस्रो चरणको वार्ता सुरु

— रुस र युक्रेनबीच युएईमा दोस्रो चरणको वार्ता सुरु भएको छ । अमेरिकाले यस वार्ताको मध्यस्थता गरिरहेको छ ।

झन्डै चार वर्षदेखि चलिरहेको युद्ध अन्त्य गर्ने लक्ष्यले सुरु गरिएको वार्तामा राष्ट्रिय सुरक्षा परिषद्का सेक्रेटरी रुस्तम उमेरोभले युक्रेनी प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका छन् । उनले अबुदाबीमा वार्ता सुरु भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् । यो वार्ता दुई दिनसम्म चल्नेछ ।

मंगलबारमात्रै रुसले युक्रेनका विभिनन् शहरमा ड्रोन हमला गरेको थियो । ‘उनीहरुले युद्धमै दाउ राखिरेका छन् र युक्रेनको विध्वंश गरिरहेका छन् । कुटनीतिलाई उनीहरु गम्भीर रुपमा लिएका छैनन्,’ मंगलबार युक्रेनका राष्ट्रपति भोलोदमेर जेलेन्स्कीले भनेका थिए ।

गत महिना युएइमै पहिलो चरणको वार्ता भएको थियो । युद्ध सुरु भएयता रुस र युक्रेनका प्रतिनिधि वार्ताको टेबुलमा आमने–सामने भएको यो पहिलोपटक थियो । यस वार्तामा धेरै विषयमा सहमति भएपनि सीमा क्षेत्रको विषयमा सहमति जुटेको थिएन ।

विवादको केन्द्रमा डोन्बास क्षेत्र

डोन्बास क्षेत्रको विवाद सबैभन्दा पेचिलो बनेको थियो । विगत चार वर्षमा रूसले यो क्षेत्रको झन्डै ८० देखि ९० प्रतिशत भूभाग कब्जा गरिसकेको छ । युद्ध अन्त्यका लागि बाँकी भूभाग पनि युक्रेनी सेनाले छाड्नुपर्ने रूसको माग छ । डोन्बस क्षेत्रका दुई प्रान्तमध्ये अहिलेसम्म, लुहानस्कमा लगभग सबै इलाका र डेनेट्स्कमा झन्डै ७० प्रतिशत इलाकामा रुसको कब्जा छ ।

रुसी सेनाले यसबाट अघि बढ्नका लागि युक्रेनसँग लडाइँ गरिरहेको छ । युक्रेनले यी भूभाग नछाडे रुसले सैन्य बल प्रयोग गरेर भएपनि कब्जामा लिने पुटिनले बताउँदै आएका छन् ।



युक्रेनले आफ‍्‍नो भूभाग सुम्पने काम हुनै नसक्ने बताएको छ । अमेरिकाले अघि सारेका विभिन्न योजामध्ये एक प्रस्ताव ‘जनमतसंग्रहमार्फत यस क्षेत्रको भविष्य निर्धारण गर्न सकिने’ थियो । त्यस्तै, गत डिसेम्बरमा अमेरिकाले युक्रेनको नियन्त्रण कायम रहेको डोन्बासको भूभागमा स्वतन्त्र आर्थिक क्षेत्र विकास गर्न सकिने प्रस्ताव राखेको थियो ।

युक्रेनले आफ्ना युरोपेली सहयोगी तथा अमेरिकाबाट सुरक्षा सुनिश्चितता प्राप्त हुनुपर्ने माग नपि शान्ति वार्तामा राखेको छ ।

डोन्बास किन महत्वपूर्ण छ ?

यहाँ रूसले सन् २०१४ देखि नै सैन्य हस्तक्षेप निम्त्याइरहेको छ र सन् २०२२ मा यही क्षेत्रलाई कारण देखाउँदै उसले औपचारिक युद्ध सुरू गरेको थियो । अजोव समुद्र किनारको यो क्षेत्रमा युक्रेनका २४ ओब्लास्ट (प्रान्त) मध्ये दुई प्रान्त (डोनेट्स्क र लुहानन्स) पर्छन् ।

डोनेट्स्कमा झन्डै ७५ प्रतिशत र लुहानन्समा झन्डै ७० प्रतिशत रुसी भाषी छन् । कोइला भण्डार, उर्वर कृषि योग्य भूमि, मिनिरल्सको भण्डार यस क्षेत्रको विशेषता हो । यहाँ ठूलो परिमाणमा गहुँ,धान, सूर्यमुखी फूल र मकै उत्पादन हुने गरेको छ । जसले युक्रेनलाई खाद्य क्षेत्रको ठूलो वैश्विक निर्यातकर्तामध्ये एक बनाएको छ ।

२० औं शताब्दीमा यस क्षेत्रमा ठूलो संख्यामा युक्रेनी उद्योगहरु थिए । विशेषगरी स्टिलको उत्पादनका लागि यो क्षेत्र चिनिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा हुथी विद्रोहीले गरेको घातक आक्रमणको विषयमा अनुसन्धान थालेको छ । हुथीले प्रहार गरेको क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीले किन रोक्न सकेन भन्ने विषयमा अनुसन्धान केन्द्रित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इरानसमर्थित हुथी विद्रोहीले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणबाट कम्तीमा १३ जनाको मृत्यु भएको छ । ...
। इजरायली रक्षा बल (आईडीएफ) ले दक्षिणी गाजामा पछिल्लो दुई दिनमा हमास र इस्लामिक जिहादका पाँच लडाकु मारिएको दाबी गरेको छ। आईडीएफका अनुसार खान युनिस क्षेत्रमा गरिएको हवाई आक्रमणमा इस्लामिक जिहादका तीन लडाकु मारिएका छन्। मारिनेमा एक उपदस्ता कमान्डरसमेत रहेको इजरायली सेनाले जनाएको छ। उनीहरू इजरायली सैनिकमाथि आक्रमण गर्ने योजनाबारे छलफल गरिरहेको अवस्थामा निशाना बनाइएको आईडीएफको भनाइ ...
। शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा क्षति पुगेपछि पानमाले राहत तथा उद्धार कार्यलाई व्यवस्थित बनाउन आपत्काल घोषणा गरेको छ । यसैबीच, मङ्गलबार बिहान पानमामा ६.१ म्याग्निच्युडको अर्को भूकम्प गएको नेसनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) ले जनाएको छ । यसअघि शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि १४७ वटा परकम्प आएका थिए ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मध्यावधि निर्वाचन नजिकिँदै गर्दा अन्तर्राष्ट्रिय घटनाक्रम व्यवस्थापन गर्न थप चुनौती देखिएको छ । रुससँगको डिजेल सम्झौताले आफ्नै दलभित्र असन्तुष्टि, युक्रेनसँगको ऊर्जा युद्धविराम कार्यान्वयनमा अन्योल र मध्यपूर्वको तनावले विश्व बजारमा तेलको मूल्य बढ्ने जोखिम लगायतका समस्या व्यवस्थापनका चुनौती ट्रम्पसामु छन् । इन्धनको मूल्य घटाएर अमेरिकी मतदाताको असन्तुष्टि कम गर्ने प्रयासमा रहेका ट्रम्पका लागि ...
। अस्ट्रेलियाको दक्षिण अस्ट्रेलिया राज्यमा प्रहरी अधिकारीमाथि हुने आक्रमणका घटनामा २५ प्रतिशतले वृद्धि भएको छ। यद्यपि, अपराधका केही अन्य श्रेणीमा भने कमी आएको सोमबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ। दक्षिण अस्ट्रेलिया प्रहरीद्वारा सार्वजनिक पछिल्लो तथ्यांकअनुसार, सन् २०२६ को अगस्टमा समाप्त भएको पछिल्लो १२ महिनाको अवधिमा ड्युटीमा खटिएका प्रहरी अधिकारीमाथि आक्रमणका घटना ६३५ बाट बढेर ७९३ पुगेका ...