मुख्य समाचार
चीनले विद्युतीय सवारी साधनमा 'हिडन डोर ह्यान्डल’ राख्न नपाइने नियम ल्याएको छ
चीनले विद्युतीय सवारी साधनमा 'हिडन डोर ह्यान्डल’ राख्न नपाइने नियम ल्याएको छ

— चीनले विद्युतीय सवारी साधनमा 'हिडन डोर ह्यान्डल’ राख्न नपाइने नियम ल्याएको छ । १ जनवरी २०२७ देखि कार कम्पनीहरूले यो नियम पालना गर्नुपर्नेछ ।

खर्बपति एलोन मस्कको स्वामित्वमा रहेको टेस्लाका विद्युतीय कारमा सानो र लुकेको डोर ह्‍यान्डलको विवादास्पद डिजाइन बनाइएको थियो । यसको लोकप्रियता पछि चीनमा पनि यस्तै डोर ह्‍यान्डल राखियो ।

तर, चीनले प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राखेर यस्तो निर्णय लिएको हो ।

ठूला दुर्घटना हुँदा यस्ता ह्यान्डलका कारण उद्धार कार्यमा कठिनाई महसुस गरिएको थियो । केही समयअघि मात्रै चीनमो साओमी इभीका दुईवटा गाडी दुर्घटना हुँदा ढोका खुलेका थिएनन् ।

चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार अब त्यस्ता कारमात्रै बिक्री गर्न पाइनेछ , जहाँ ढोकाको भित्री र बाहिरी दुबै भागको ह्यान्डल प्रस्ट देखिएको हुन्छ ।


चिनियाँ अधिकारीहरुले स्विकृति दिएर बजारमा आउनका लागि तयार भएर बसेका कारका हकमा अझै दुई वर्षभित्र आफ्नो डिजाइन अपडेट गर्न पाइन्छ ।

चीनमा विद्युतीय सवारी साधनमा ‘गोप्य ह्यान्डल’ को प्रयोग अत्याधिक हुने गरेको छ । अहिलेका लागि यी मापदण्ड चिनियाँ बजारमा बिक्री हुने कारमा मात्रै लागु हुनेछ । तर, विश्व बजारमा चीनबाट धेरै कारहरु जाने भएकाले यसको प्रभाव बाँकी विश्वमा पनि पर्ने अनुमान लगाइएको छ ।



टेस्लाका डार ह्यान्डलहरुलाई अमेरिकाका सुरक्षा नियामक अधिकारीहरुले अनुसन्धान गरिरहेका छन् । युरोपले पनि यसबारे नियम बनाउन खोज्दैछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत दुई दिनमा अमेरिका र इरानबीच भएको वार्ता फलदायी बनेको र इरानविरुद्ध हुने अमेरिकी आक्रमणहरू पाँच दिनका लागि रोक्ने निर्णय गरेको बताएका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा ‘मध्यपूर्वमा हाम्रा शत्रुताहरूको पूर्ण र समग्र समाधानको सम्बन्धमा धेरै राम्रो र फलदायी कुराकानी’ भएको उल्लेख गरेका छन् । ट्रम्पका अनुसार इरानको ऊर्जा पूर्वाधारमा ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो बयानपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा १३ प्रतिशत गिरावट आएको छ । ट्रम्पले सोमबार इरानसँग वार्ता भइरहेको बताउँदै पाँच दिनका लागि इरानमा आक्रमण नगर्ने बताएका थिए । ‘ट्रुथसोसल’ मा सबै ठूला अक्षरहरूमा गरिएको एउटा पोस्टमा उनले भनेका थिए, ‘म यो जानकारी गराउन पाउँदा खुसी छु कि संयुक्त राज्य अमेरिका र ...
। के-पप ब्यान्ड बीटीएसले विश्वव्यापी ७९ वटा कार्यक्रम समेटिएको ‘वर्ल्ड टूर’ घोषणा गरेको छ । नयाँ एल्बम ‘अरिराङ’ सार्वजनिक गर्दै ब्यान्ड करिब चार वर्षपछि दर्शकमाझ फर्किएको हो । लन्डन, टोकियो, म्युनिख, सिड्नी र लस एन्जलसजस्ता शहरमा कार्यक्रम तय भएकाले यो टुर वर्षकै सबैभन्दा ठूलोमध्ये एक हुने अनुमान गरिएको छ । सन् २०१९ यता अमेरिकाबाहिर र दक्षिण ...
न्यूयोर्कको लागार्डिया विमानस्थलमा एउटा विमान ट्रकसँग ठोक्किएर दुर्घटना हुँदा धेरै जना मानिसहरू घाइते भएका छन् । सीआरजे९०० मोडेलको सानो विमान दुर्घटनामा परेको थियो । जसमा ७० देखि ९० जना मानिस सवार थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार घटनामा धेरै जना घाइते भएका छन् । सीबीएस न्यूजले गरेको रिपोर्ट अनुसार क्यानडाको मोन्ट्रियलबाट आएको विमान लागार्डिया विमानस्थलमा अवतरण गरेको थियो। अवतरणपछि ...
दक्षिण इजरायलको अराद सहरमा भएको भीषण मिसाइल आक्रमणमा परी घाइते हुनेहरूको संख्या ८८ पुगेको छ