मुख्य समाचार
प्यालेस्टाइनको गाजापट्टीमा बिहानैदेखि इजरायली सेनाले गरेको आक्रमणमा परेर कम्तिमा २१ जनाको मृत्यु
प्यालेस्टाइनको गाजापट्टीमा बिहानैदेखि इजरायली सेनाले गरेको आक्रमणमा परेर कम्तिमा २१ जनाको मृत्यु

— प्यालेस्टाइनको गाजापट्टीमा बिहानैदेखि इजरायली सेनाले गरेको आक्रमणमा परेर कम्तिमा २१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरैजसो महिला र बालबालिका रहेको अलजजीराले जनाएको छ ।

१० दिन र ५ महिनाका शिशुसहित ५ बालबालिका, ७ महिला र एक स्वास्थ्यकर्मीको मृत्यु भएकोे विभिन्न अस्पताल स्रोतहरुमार्फत अमेरिकाको नेशनल पब्लिक रेडियो (एनपिआर) ले पुष्टि गरेको छ ।

इजरायलले बिहानैदेखि तुफाह र जेटाउमा आक्रमण गरेको थियो । प्यालेस्टिनी रेड क्रेसेन्ट सोसाइटी (पीआरसीएस) ले घाइतेहरुलाई राफा नाकाबाट चाडैं बाहिर निकालिने बताएको छ ।

‘गाजापट्टीमा हाम्रा मानिसविरुद्ध जातीय युद्ध चलिरहेको छ,’ गाजा शहरको साफिया अस्पतालका निर्देशक डक्टर मोहमद अबु सेल्मियाले सामाजिक सञ्जालमा लेखे, ‘कहाँ गयो युद्धविराम ? कहाँ छन् मध्यस्थकर्ता ?’

एक इजरायली सैन्य अधिकारीले नाम नछाप्ने शर्तमा एपीसँग आक्रमण अझै लामो समय चल्नसक्ने बताएका छन् । हमास र इजरायलबीच गत अक्टुबरमा युद्धविराम सम्झौता भएपनि इजरायलले गाजामा आक्रमण गर्न छाडेको छैन ।

अक्टुबर २०२३ मा युद्ध सुरु भएयता ७१ हजार ८ सय प्यालेस्टिनीले ज्यान गुमाइसकेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ। भेटमा उनीहरूले व्यापार, ऊर्जा र रक्षाबारे छलफल गरेका छन्। राष्ट्रपति पुटिन भोलिदेखि सुरू हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आएका हुन्। मस्को नयाँ दिल्लीको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार र सैन्य आपूर्तिकर्ता हो। भारतीय मिडियामा दुवै नेता नयाँ ...
। गत अगस्टमा इरानको दक्षिणी समुद्र तटबाट हराएका दश जना इरानी माझीहरू संयुक्त अरब इमिरेट्समा भेटिएका छन्। आजदेखि उनीहरू स्वदेश फर्किन थालेका छन्। इरानी सञ्चारमाध्यमहरूले युद्धका समय युएईमा फसेका आफ्ना नागरिक छिट्टै परिवारसँग भेट्ने प्रवन्ध सरकारले मिलाएको जनाएका छन्। मध्यपूर्वमा युद्ध चर्किरहेका बेला यी माझीहरू बेपत्ता भएका थिए। हर्मुज जलमार्ग अहिले तेहरान र वासिङ्टनबीचको ठूलो विवादको केन्द्र ...
। साउदी अरबले ड्रोन हमलापछि आफ्नो महत्वपूर्ण इस्ट–वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ। साउदी अधिकारीका अनुसार ड्रोन हमलामा केही व्यक्ति घाइते भएका छन् भने पाइपलाइनमा समेत क्षति पुगेको छ। साउदी प्रेस एजेन्सी (एसपीए)ले ऊर्जा मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै १० सेप्टेम्बरको बिहान इस्ट–वेस्ट पाइपलाइनमा पटक–पटक ड्रोन हमला भएको जनाएको छ। त्यसपछि थप क्षति रोक्न र ...
: फिलीपिन्सको पालावान प्रान्तस्थित कोरोन क्षेत्र नजिकै समुद्रमा एक यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ,भने ८७ जना यात्रु बेपत्ता भएका छन्। 'एमभी जुनियर एस्टर' नामको उक्त फेरी फिलिपिन्सको राजधानी मनिलाबाट पालावान प्रान्तको पर्यटकीय क्षेत्र कोरोनतर्फ जाँदै गर्दा अचानक आगलागी भएको हो। दुर्घटनाको खबर पाउनेबित्तिकै खटिएका कोस्ट गार्ड र उद्धारकर्ताहरूको टोलीले हालसम्म ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि (मिडटर्म) निर्वाचनलगत्तै समाप्त हुन सक्ने दाबी गरेका छन्। बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरान अब लामो समयसम्म युद्ध जारी राख्ने स्थितिमा नरहेको बताए। त्यसैगरी, निर्वाचन अघिसम्म इन्धनको मूल्य घट्ने सम्भावना नरहेको संकेत पनि उनले गरे। 'मलाई लाग्छ निर्वाचनको लगत्तै युद्ध सकिनेछ, किनभने उनीहरू ...