मुख्य समाचार
वैदेशिक रोजगारीसम्बन्धी मुद्दा प्राथमिकताका साथ घोषणापत्रमा समावेश गर्न राजनीतिक दलहरुलाई आग्रह
वैदेशिक रोजगारीसम्बन्धी मुद्दा प्राथमिकताका साथ घोषणापत्रमा समावेश गर्न राजनीतिक दलहरुलाई आग्रह

— सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल (एनएनएसएम)ले वैदेशिक रोजगारीसम्बन्धी मुद्दा प्राथमिकताका साथ घोषणापत्रमा समावेश गर्न राजनीतिक दलहरुलाई आग्रह गरेको छ।

सञ्जालले विज्ञप्तिमार्फत वैदेशिक रोजगारीमा संलग्न नेपाली श्रमिक र उनका परिवारको हक अधिकार संरक्षणलाई प्राथमिकताका साथ राख्न अपिल गरेको हो।

नेपाली श्रमिक र श्रमिक परिवारको अधिकार संरक्षणमा कार्यरत गैरसरकारी संस्थाहरूको छाता संगठन एनएनएसएमले वैदेशिक रोजगारीका क्रममा श्रमिकले भोग्दै आएका सामाजिक, आर्थिक र कानुनी चुनौती समाधानका लागि नीतिगत तथा समन्वयकारी दृष्टिकोण आवश्यक रहेको जनाएको छ।

नेपालका धेरै ऊर्जाशील र सक्षम युवा रोजगारीका लागि विदेशिन बाध्य भएको, राजनीतिक अधिकारको अभ्यासबाट टाढा रहे पनि उनीहरूले पठाउने विप्रेषणले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुगेको सञ्जालले जनाएको छ। आर्थिक वर्ष २०८१/०८२ मा मात्र १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ विप्रेषण भित्रिएको तथ्यांक छ।

सञ्जालले वैदेशिक रोजगारीलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा उल्लेख गर्दै यस क्षेत्रमा संलग्न श्रमिकहरूले रोजगारीको क्रममा विभिन्न खालका शोषण, जोखिम र अन्याय भोग्नु परेको जनाएको छ।
२१ फागुनका लागि तोकिएको प्रतिनिधसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सबै राजनीतिक दललाई घोषणापत्रमा वैदेशिक रोजगारीसम्बन्धी स्पष्ट नीति र प्रतिबद्धता समेट्न सञ्जालको आग्रह छ।

साथै, एनएनएसएमले विद्यमान वैदेशिक रोजगार ऐन संशोधन गरी श्रमिकमैत्री बनाइनुपर्ने, भर्ती प्रक्रियालाई स्वच्छ र न्यायोचित बनाउनुपर्ने तथा भर्ती शुल्क र आप्रवासन लागतको भार श्रमिकमाथि नपर्ने व्यवस्था सुनिश्चित गर्नुपर्ने माग समेत अघि सारेको छ।

यस्तै, वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा उसका परिवारका लागि सामाजिक सुरक्षा र पुनःएकीकरण कार्यक्रम प्रभावकारी रूपमा लागू गर्नुपर्ने, श्रमिकको सीप विकास गरी विदेशबाट फर्केका श्रमिकको ज्ञान र पूँजी सदुपयोग गर्न जोड दिएको छ ।



सञ्जालले भारत रोजगारीमा जाने नेपाली श्रमिकलाई समेत अभिलेखीकरण गरी बिमा तथा कल्याणकारी योजनामा समेट्नुपर्ने, वैदेशिक रोजगारीसम्बन्धी तथ्यांक व्यवस्थित र बहुआयामिक रूपमा अभिलेख गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमालेले भावी प्रधानमन्त्रीका रूपमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेकोे छ । एमालेको केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष रामबहादुर थापाले मुलुकको रक्षा तथा देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई पुनःस्थापित गर्नुपर्ने आवश्यकता रहेकाले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीको प्रस्तावसहित पार्टी चुनावमा होमिएको स्पष्ट गरे । उनले देश बनाउनेहरूलाई जिताउनुपर्ने खाँचो रहेको उल्लेख गर्दै नेपालको ...
— रास्वपा केन्द्रीय सभापति रवि लामिछाने भोलि बिहीबार चितवन आउने भएका छन् । उनी चितवन-२ मा उम्मेदवार छन् । रास्वपा चितवन जिल्ला सभापति कृष्ण भुषालका अनुसार भोलि मध्याह्न लामिछानेले लंकु लक्ष्मीनारायण मन्दिरमा स्वस्ति शान्ति पूजा गर्ने कार्यक्रम छ । त्यसपछि भरतपुर-११ विशाल चोकको घरमा गृहप्रवेश कार्यक्रम रहेको भुषालले बताए । 'भोलि बिहीबार सवा ११ बजे जहाजबाट ...
झापाको दमकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम जिल्ला चुलाचुली गाउँपालिका–४ का २२ वर्षीय प्रवेश राई र सोही ठाउँका १९ वर्षीय जनम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार आज दिउँसो साढे ३ बजेको समयमा दमक नगरपालिका–१ बरगाछीस्थित भित्री सडक खण्डमा दमकबाट रामचोकतर्फ जाँदै ...
— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत मलद्वारमा लुकाएर समेत सुन तस्करी हुने गरेको पाइएको छ । दुबईबाट काठमाडौं आएका भारतीय यात्रु अबु बकरत कुरतेको मलद्वारमा लुकाएर ल्याएको सुनसहित पक्राउ परेका हुन् । विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार, फ्लाई दुबईको उडानमार्फत बुधबार बिहान १० बजे उनी काठमाडौं आएका थिए । उनको गतिविधि शंकास्पद लागेपछि जाँच गरिएको थियो ...
— धनकुटाको साँगुरीगढी गाउँपालिका-६ फेदीबाट प्रहरीले बुधबार दिउँसो ९० केजी गाँजा बरामद गरेको छ । बा १० छ ५६१५ नम्बर लेखिएको सुमो गाडीबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए । नेपाली नम्बर राखिए पनि उक्त गाडी भारतीय रहेको प्रहरीको भनाइ छ । सहिदभूमि गाउँपालिकाको साप्तिङ्टारबाट भेडेटारतर्फ जाँदै गरेको ...