मुख्य समाचार
निर्वाचन आयोग र सामाजिक सञ्जाल टिकटकबीच सहकार्यको सम्झौता
निर्वाचन आयोग र सामाजिक सञ्जाल टिकटकबीच सहकार्यको सम्झौता

— निर्वाचन आयोग र सामाजिक सञ्जाल टिकटकबीच सहकार्यको सम्झौता भएको छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वच्छता प्रवर्द्धनका लागि निर्वाचन आयोग र टिकटकबीच समझदारीपत्रमा बुधबार हस्ताक्षर भएको हो ।

समझदारीमा आयोगका तर्फबाट सहसचिव नारायणप्रसाद भट्टराई र टिकटककातर्फबाट फेर्दोस अल मत्ताकिनले हस्ताक्षार गरेका छन्।

आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय जानकीकुमारी तुलाधर र सगुन शमशेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतलगायतका अधिकारीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमालेले भावी प्रधानमन्त्रीका रूपमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेकोे छ । एमालेको केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष रामबहादुर थापाले मुलुकको रक्षा तथा देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई पुनःस्थापित गर्नुपर्ने आवश्यकता रहेकाले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीको प्रस्तावसहित पार्टी चुनावमा होमिएको स्पष्ट गरे । उनले देश बनाउनेहरूलाई जिताउनुपर्ने खाँचो रहेको उल्लेख गर्दै नेपालको ...
— रास्वपा केन्द्रीय सभापति रवि लामिछाने भोलि बिहीबार चितवन आउने भएका छन् । उनी चितवन-२ मा उम्मेदवार छन् । रास्वपा चितवन जिल्ला सभापति कृष्ण भुषालका अनुसार भोलि मध्याह्न लामिछानेले लंकु लक्ष्मीनारायण मन्दिरमा स्वस्ति शान्ति पूजा गर्ने कार्यक्रम छ । त्यसपछि भरतपुर-११ विशाल चोकको घरमा गृहप्रवेश कार्यक्रम रहेको भुषालले बताए । 'भोलि बिहीबार सवा ११ बजे जहाजबाट ...
झापाको दमकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम जिल्ला चुलाचुली गाउँपालिका–४ का २२ वर्षीय प्रवेश राई र सोही ठाउँका १९ वर्षीय जनम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार आज दिउँसो साढे ३ बजेको समयमा दमक नगरपालिका–१ बरगाछीस्थित भित्री सडक खण्डमा दमकबाट रामचोकतर्फ जाँदै ...
— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत मलद्वारमा लुकाएर समेत सुन तस्करी हुने गरेको पाइएको छ । दुबईबाट काठमाडौं आएका भारतीय यात्रु अबु बकरत कुरतेको मलद्वारमा लुकाएर ल्याएको सुनसहित पक्राउ परेका हुन् । विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार, फ्लाई दुबईको उडानमार्फत बुधबार बिहान १० बजे उनी काठमाडौं आएका थिए । उनको गतिविधि शंकास्पद लागेपछि जाँच गरिएको थियो ...
— धनकुटाको साँगुरीगढी गाउँपालिका-६ फेदीबाट प्रहरीले बुधबार दिउँसो ९० केजी गाँजा बरामद गरेको छ । बा १० छ ५६१५ नम्बर लेखिएको सुमो गाडीबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए । नेपाली नम्बर राखिए पनि उक्त गाडी भारतीय रहेको प्रहरीको भनाइ छ । सहिदभूमि गाउँपालिकाको साप्तिङ्टारबाट भेडेटारतर्फ जाँदै गरेको ...