मुख्य समाचार
एमालेले निर्वाचनका लागि सरकारले अहिलेसम्म भरपर्दो र विश्वासिलो वातावरण बनाउन नसकेको आरोप
एमालेले निर्वाचनका लागि सरकारले अहिलेसम्म भरपर्दो र विश्वासिलो वातावरण बनाउन नसकेको आरोप

: नेकपा एमालेले निर्वाचनका लागि सरकारले अहिलेसम्म भरपर्दो र विश्वासिलो वातावरण बनाउन नसकेको आरोप लगाएको छ।



निर्वाचनका सन्दर्भमा बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले देशका विभिन्न जेल तथा सुधार गृहबाट भागेका कैदीबन्दी फरार रहेको, हजारौं हातहतियार बाहिरै रहेको र राजधानीमा नै संगठित लुटपाट र चोरीका घटनाहरूमा वृद्धि भइरहेकाले शान्ति सुरक्षामा गम्भीर प्रश्न उठेको जनाएको हो। निर्भिकतापूर्वक मतदानको वातावरण बनाउन पार्टीले सुरुदेखि नै सरकारको ध्यानाकर्षण गराए पनि सरकारले गम्भीरतापूर्वक नलिएको एमालेको भनाइ छ।



एमालेले विभिन्न घटनाको शीघ्र छानबिन गरि दोषीलाई कानुनी दायरामा ल्याउन तथा आगामी दिनमा यस्ता घटना दोहरिन नदिन सुरक्षा व्यवस्थाको प्रत्याभूति गर्न माग गरेको छ। त्यस्तै एमालेले दल तथा उम्मेदवारविरुद्ध प्रविधिको दुरुपयोग गर्दै भ्रम सिर्जना गरिएको भन्दै त्यस्तालाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ।




पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापा बादलले सबै दलहरू निर्वाचनको तयारीमा लागेका बेला सुरक्षाको प्रत्याभूत हुन नसकेको बताए। उनले मौसम र हिमपातलाई बहाना बनाउँदै २१ फागुनको चुनाव सार्ने बहाना खोजिरहेको देखिएको बताए। उपाध्यक्ष थापाले देशलाई अघि बढाउन केही निर्वाचन क्षेत्रमा सहकार्य हुन सक्ने भन्दै यसबारे अन्य दलसँग छलफल भइरहेको जानकारी दिए।

उनले वर्तमान सरकार स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने भन्दा पनि षड्यन्त्रकारी ढंगले सत्ता लम्ब्याउने बाटोमा अघि बढ्न खोजेको आरोप समेत लगाए। न्यायलयलाई समेत आफ्नो छाँयामा पारेर शक्ति सन्तुलन बिगार्ने प्रयास हुन खोजेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बैतडीको दोगडाकेदार–३ श्रीकोटस्थित घोणेधार भन्ने ठाउँमा ईभी हाइस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईभि चालक दोगडाकेदार गाउँपालिका–५ न्वाली बस्ने २५ वर्षीय मदन ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी एवं प्रहरी नायव निरीक्षक बल्देब बडूले जानकारी दिए । शनिबार राति पौनै १० बजे तिर सिल्लेगडाबाट बडिँयातर्फ गइरहेको सुपप्र ०३००१ ...
— गृहमन्त्री ओमप्रकाश अर्यालले समृद्ध नेपाल निर्माणमा सामाजिक सद्भाव र सहअस्तित्व प्रवर्द्धनमा जोड दिएका छन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा राष्ट्रिय सभागृहमा आयोजित प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी जनजाति ज्ञान सम्मेलनमा उनले सरकार संविधानको मर्मअनुरुप समावेशी सिद्धान्त कार्यान्वयन गराउन कटिबद्ध रहेको बताए । सरकारका प्रवक्तासमेत रहेका मन्त्री अर्यालले संविधानले परिकल्पना गरेको समावेशी भावलाई वास्तविक ...
२१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै राष्ट्रिय भूमि सञ्जाल नेपालले दलहरूको चुनावी घोषणापत्रमा भूमि सुधारका ठोस कार्यक्रम समावेश गर्न १० बुँदे सुझाव सार्वजनिक
— भदौरेमा दम्पत्ती हत्यामा संलग्न आरोपमा दुई जना पक्राउ परेका छन् । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेस्थित बोहोरे टोलमा बस्दै आएका ७४ वर्षीय चन्द्रविक्रम राई र उनकी श्रीमती ८० वर्षीया चन्द्रमाया राईको हत्यामा संलग्न आरोपमा दाजुभाईलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाजु ३४ वर्षीय धनबहादुर राना र र उनका भाई १७ वर्षीय बालक रहेका छन् ...
: धादिङको थाक्रे गाउँपालिका वडानम्बर- ६ दशकिलास्थित पृथ्वीलोकमार्गमा आइतबार बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। बिहान करिब ७ :३० बजेतिर दाङबाट काठमाडौँतर्फ आउँदै गरेको प्र-३-०१-००६ ख १५५२ नम्बरको बस र विपरीत दिशाबाट काठमाडौंबाट रसुवातर्फ जाँदै गरेको बा. प्र-०१-००६ ख ५२०६ नम्बरको बस ठोक्किदा दुर्घटना भएको हो। दुर्घटनापछि दुवै ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम