मुख्य समाचार
अमेरिका–इरानबीच आगामी शुक्रबार ओमानमा वार्ता हुने
अमेरिका–इरानबीच आगामी शुक्रबार ओमानमा वार्ता हुने

। अमेरिका–इरानबीच आगामी शुक्रबार ओमानमा वार्ता हुने भएको छ । यो जानकारी इरानका विदेशमन्त्री अब्बास अरागचीले दिएका हुन् ।

उनले सामाजिक सञ्जाल एक्समा लेख्दै शुक्रबार स्थानीय समय अनुसार बिहान करिब १० बजे ओमानको राजधानी मस्कटमा वार्ता हुने जानकारी दिएका छन् । उनले वार्ताका लागि आवश्यक सबै व्यवस्था मिलाइदिएकोमा ओमान सरकारप्रति आभार पनि व्यक्त गरेका छन् ।




अमेरिका र इरानबीच लामो समयदेखि परमाणु कार्यक्रमलाई लिएर तनाव रहँदै आएको छ । सन् २०१५ मा भएको परमाणु सम्झौता (जेसीपीओए) अनुसार इरानले आफ्नो परमाणु गतिविधि सीमित गरेमा उसमाथि लगाइएका प्रतिबन्ध हटाउने सहमति भएको थियो ।

तर सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गरेपछि सम्बन्ध थप जटिल बनेको थियो ।



त्यसयता दुवै देशबीच प्रत्यक्ष संवाद ठप्प जस्तै छ भने प्रतिबन्ध र आरोप–प्रत्यारोप जारी छ ।

पछिल्लो समय इरानमा सरकारविरोधी प्रदर्शनमा भएको दमन र परमाणु कार्यक्रमलाई लिएर ट्रम्पले आक्रमणको धम्की दिएका थिए । इरान वरपर लडाकु सेना तैनाथ गरेको छ ।

इरानका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खामेनीले पनि इरानमाथि अमेरिकाले आक्रमण गरेमा क्षेत्रीय युद्ध सुरु हुने चेतावनी दिएका थिए ।

अमेरिका–इरान तनावले खाडी देशहरुमा त्रासको वातावरण बनेको थियो । साथै अन्तर्राष्ट्रिय चासो बढेसँगै वार्ताका लागि कूटनीतिक पहल पुन: तीव्र बनेको थियो ।

यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यदि इरानले यही हप्ता वार्ता गर्न चाह्यो भने अमेरिका तयार रहेको बताएका थिए ।

उनले वार्ताको एजेण्डमा इरानको परमाणु कार्यक्रमसँगै मिसाइल कार्यक्रमसमेत समावेश हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानी संसद्‌का सभामुख एमबी गालिबाफले अमेरिकी मध्यावधि चुनावको नतिजाबारे टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘चाहे चेतनाको आवाज होस् या जीविकोपार्जनको प्रश्न, अमेरिकी जनताले युद्धको विरुद्धमा ‘नाईँ’ भनेका छन्। हामी उनीहरूको यो सन्देशको समर्थन गर्छौँ।’ उनले अगाडि लेखेका छन्, ‘यदि अमेरिकी सरकार अन्तर्राष्ट्रिय मालिकहरू र ब्ल्याकमेल गर्नेहरूको दबाबमा परेर आफ्ना जनताको इच्छाविपरीत जान्छ ...
: मंगलबारको अमेरिकी मध्यावधि चुनावको नतिजाले राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले नराम्रो हार बेहोरेको छ । विपक्षी डेमोक्र्याटिक पार्टीले अमेरिकी कंग्रेसका दुवै सदन- प्रतिनिधि सभा र सिनेटमा स्पष्ट बहुमत हासिल गर्दै ऐतिहासिक जित दर्ता गरेसँगै अमेरिकी राजनीतिमा ठूलो हलचल मच्चाएको छ । तल्लो सदन ‘हाउस अफ रिप्रिजन्टेटिभ्स’का सबै ४३५ र माथिल्लो सदन ‘सिनेट’का कूल १ सयमध्ये ...
: अमेरिकी खर्बपति एलन मस्कले यस वर्षको अमेरिकी मध्यावधि निर्वाचनमा राष्ट्रपति डाेनाल्ड ट्रम्पकोरिपब्लिकन पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन इतिहासकै सबैभन्दा ठूलो रकम खर्च गरेका छन्। तर, उनको यो आर्थिक लगानी विफल बनेको छ। 'द न्यूयोर्क टाइम्स' र संघीय निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार मस्कले यस निर्वाचनमा ४७४ मिलियन अमेरिकी डलर (लगभग आधा अर्ब डलर) सहयोग गरेका ...
। अमेरिकी अन्तरिक्ष निकाय नासा (नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन) को करिब १.५ टन तौलको अन्तरिक्ष टेलिस्कोप करिब २२ वर्षपछि पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्ने भएको छ । यसको अधिकांश भाग वायुमण्डलमै जलेर नष्ट हुने अनुमान गरिए पनि केही अवशेष पृथ्वीको सतहसम्म आइपुग्न सक्ने नासाका वैज्ञानिकहरूले बताएका छन् । नासाको ‘निल गेरेल्स स्विफ्ट अब्जर्भेटरी’ नामक अन्तरिक्ष टेलिस्कोप ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिँदै आएको वार्षिक सैन्य सहायता रोक्ने घोषणा गरेका छन् । उनले यस वर्षको अन्त्यपछि इजरायललाई दिइँदै आएको आर्थिक सहायता रोक्ने बताएका हुन् । ट्रम्पका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग वार्षिक सहायता रोक्ने विषयमा सहमति भएको छ । यद्यपि, अमेरिकाले इजरायललाई हतियार बिक्री भने जारी राख्नेछ । आवश्यक परेको अवस्थामा इजरायललाई सहयोगसमेत ...