मुख्य समाचार
प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत आफ्नो जिम्मेवारीबाट पन्छिन नपाउने
प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत आफ्नो जिम्मेवारीबाट पन्छिन नपाउने

। नेकपा एमालेका सचिव महेश बस्नेतले प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत आफ्नो जिम्मेवारीबाट पन्छिन नपाउने बताएका छन् ।

प्रेस चौतारी नेपालले आयोजना गरेको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै संसद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्चले आफ्नो फैसला तत्काल दिनुपर्ने बताएका हुन् ।




उनले अदालत डराएर न्यायिक प्रक्रियामा ढिलाइ भइरहेको आरोप लगाए । न्यायिक प्रक्रिया कसैको डर, दबाब, लोभ–प्रलोभन तथा हस्तक्षेपमा पर्न नहुने उनको भनाइ थियो ।

महाभियोगको डर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दबाबका कारण न्यायाधीशहरू निर्णयबाट पन्छिएको अवस्था देखिएको उनको दाबी छ ।



‘न्यायिक पक्रिया आतंकित भएर, डराएर र लोभ प्रभोलनमा परेर अथवा हस्तक्षेप भएर प्रक्रिया ढिला गर्ने, न्याय नदिने, दबाबमा पर्ने भोली महाभियोग पर्ला भन्ने अथवा राष्ट्रिय, अन्तर्राष्ट्रिय सामु डराउने, पन्छिने देखिएको छ,’ उनले भने, ‘त्यो प्रवृत्ति संसद पुनःस्थापनाको न्यायिक निरुपनको विषय अल्झिएको छ । आज पनि पेसी चढ्छ भनेर हामीले अपेक्षा गरेको पनि तारिकमा सर्‍यो ।’

उनले प्रधानन्यायाधीश र न्यायाधीशहरूमाथि पनि गभ्मीर आरोप लगाए । ‘प्रधानन्यायाधीश लगायतका न्यायधीहरु लाग्दै नलागेको रोग लाग्यो भनेर गायब हुने, फोन अफ गर्ने र पन्छिने प्रवृत्ति बनेको छ,’ बस्नेतले भने, ‘यसबाट के बुझिन्छ भने हामी निकै ठूलो वैदेशिक आक्रमणमा छौँ ।’

उनले संसद् पुनर्स्थापना हुने हो भने निर्वाचनका नाममा भइरहेका खर्चहरू अनावश्यक हुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशको मुद्दाबाट आफू पछि नहट्ने बताएका छन् । प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–२ मा उम्मेदवार रहेका अध्यक्ष महतोले कौडेना गाउँपालिकामा आयोजित चुनावी छलफल कार्यक्रममा बोल्दै मधेशी समुदायसहित उत्पीडित वर्गको अधिकारका लागि निरन्तर लडिरहने प्रतिबद्धता व्यक्त गरेका हुन् । स्थानीय कार्यकर्ता र सर्वसाधारणसँगको भेटघाटका क्रममा महतोले मधेशी, थारु, मुस्लिम, जनजातिलगायत पहिचान र ...
। भेरी कोरिडोर भित्र रहेको विद्युतलाई केन्द्रीय प्रसारण लाइनमा जोडनका लागि ४०० केभी प्रसारण लाइन निर्माण गर्न प्रक्रियागत काम सुरु भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–८ मैनतडा र जाजरकोट नलगाड नगरपालिका–७ दानी पिपलमा प्रसारण लाइन निर्माण हुने भएको हो । करिब ७५ किलोमिटर लम्बाइ रहेको प्रसारण लाइन निर्माण गर्नका लागि अर्थ मन्त्रालयसँग छलफल भइरहेको छ । ...
लुम्बिनीका प्रदेश प्रमुख भन्छन् : धान फल्ने फाँटमा राजधानी नबनाऔं
। काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीको दैनिक हाजिरीका लागि आफ्नै एकीकृत हाजिरी प्रणाली विकास गरेको छ । शिक्षा विभाग र सूचना प्रविधि विभागले आफ्नै प्रणाली विकास गरेर सामुदायिक विद्यालयलाई एकीकृत प्रणालीमा जोडेका हुन् । सबै विद्यालयहरुलाई ‘युजर नेम’ र ‘पासवर्ड’ प्रदान गरिसकिएको छ । यस्तै जनकल्याण मावि, टङ्गाल मावि, गीतामाता मावि, ज्ञानोदय मावि, तरुण ...
। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा धेरै सिट जितेर आफूहरु पहिलो पार्टी बन्ने दाबी गरेका छन् । नेकपा केन्द्रीय निर्वाचन परिचालन समितिको जुम बैठकलाई आज बिहान सम्बोधन गर्दै प्रचण्डले कसैसँग गठबन्धन वा तालमेल नगरी पहिलो पार्टी बन्ने जिकिर गरेका हुन् । बैठकमा सहभागी एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग ...