मुख्य समाचार
प्रचण्डले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा धेरै सिट जितेर आफूहरु पहिलो पार्टी बन्ने दाबी
प्रचण्डले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा धेरै सिट जितेर आफूहरु पहिलो पार्टी बन्ने दाबी

। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा धेरै सिट जितेर आफूहरु पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।

नेकपा केन्द्रीय निर्वाचन परिचालन समितिको जुम बैठकलाई आज बिहान सम्बोधन गर्दै प्रचण्डले कसैसँग गठबन्धन वा तालमेल नगरी पहिलो पार्टी बन्ने जिकिर गरेका हुन् ।




बैठकमा सहभागी एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने, ‘संयोजक प्रचण्डले प्रष्ट रुपमा जनताबाट अस्वीकृत र तिरस्कृतहरुसँग हाम्रो गठबन्धन हुँदैन । हामी एक्लै चुनाव लड्छौं र पहिलो पार्टी बन्छौं भन्नु भएको छ ।’

अन्य पार्टीहरुबाट आफूहरुले राम्रो रेस्पोन्स पाइरहेको भन्दै प्रचण्डले प्रत्यक्षमा एमालेले भन्दा धेरै सिट जित्ने अहिले नै निश्चित भइसकेको जिकीर गरेका थिए ।



साथै उत्साहका साथ निर्वाचनको तयारीमा जुट्न र आधिकारिक उम्मेदवारलाई जिताउन उनले निर्देशन दिए ।

सहसंयोजक माधव कुमार नेपालले पनि बैठकलाई सम्बोधन गर्दै विभिन्न दल र नेताहरुसँग छलफल भए पनि आफूहरु एक्लै निर्वाचन लड्ने बताएका थिए । ‘राजनीतिमा छलफल सम्वाद हुनसक्छन् तर हामी एक्लै उत्साहका साथ चुनाव लडेर जित्ने छौं’ नेपालले भनेका थिए ।

जुम बैठक आज बिहान ८ बजेदेखि करिब एक घण्टासम्म चलेको थियो । बैठकमा पार्टीका सबै केन्द्रीय सदस्यहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशको मुद्दाबाट आफू पछि नहट्ने बताएका छन् । प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–२ मा उम्मेदवार रहेका अध्यक्ष महतोले कौडेना गाउँपालिकामा आयोजित चुनावी छलफल कार्यक्रममा बोल्दै मधेशी समुदायसहित उत्पीडित वर्गको अधिकारका लागि निरन्तर लडिरहने प्रतिबद्धता व्यक्त गरेका हुन् । स्थानीय कार्यकर्ता र सर्वसाधारणसँगको भेटघाटका क्रममा महतोले मधेशी, थारु, मुस्लिम, जनजातिलगायत पहिचान र ...
। भेरी कोरिडोर भित्र रहेको विद्युतलाई केन्द्रीय प्रसारण लाइनमा जोडनका लागि ४०० केभी प्रसारण लाइन निर्माण गर्न प्रक्रियागत काम सुरु भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–८ मैनतडा र जाजरकोट नलगाड नगरपालिका–७ दानी पिपलमा प्रसारण लाइन निर्माण हुने भएको हो । करिब ७५ किलोमिटर लम्बाइ रहेको प्रसारण लाइन निर्माण गर्नका लागि अर्थ मन्त्रालयसँग छलफल भइरहेको छ । ...
लुम्बिनीका प्रदेश प्रमुख भन्छन् : धान फल्ने फाँटमा राजधानी नबनाऔं
। काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीको दैनिक हाजिरीका लागि आफ्नै एकीकृत हाजिरी प्रणाली विकास गरेको छ । शिक्षा विभाग र सूचना प्रविधि विभागले आफ्नै प्रणाली विकास गरेर सामुदायिक विद्यालयलाई एकीकृत प्रणालीमा जोडेका हुन् । सबै विद्यालयहरुलाई ‘युजर नेम’ र ‘पासवर्ड’ प्रदान गरिसकिएको छ । यस्तै जनकल्याण मावि, टङ्गाल मावि, गीतामाता मावि, ज्ञानोदय मावि, तरुण ...
। वैदेशिक रोजगारीका लागि इटाली पठाइदिन्छु भन्दै काठमाडौंको बुढानीलकण्ठ–८ भंगालस्थित एक घरमा ५ जना बंगालादेशी नागरिकलाई बन्धक बनाइ राखेको अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवं प्रवक्ता पवन कुमार भट्टराईका अनुसार, ५ जना बंगलादेशी नागरिकहरूलाई बन्धक बनाइ राखिएको अवस्थामा भेटिएको हो । बंगलादेशका नागरिकहरूलाई बन्धक बनाइ राख्ने कार्यमा संलग्न ७ जनालाई पक्राउ गरिएको एसपी ...