मुख्य समाचार
अनुचित ढंगले सवारी प्रयोग गर्ने उम्मेदवारलाई २५ हजारसम्म जरिवाना हुने
अनुचित ढंगले सवारी प्रयोग गर्ने उम्मेदवारलाई २५ हजारसम्म जरिवाना हुने

। अनुचित ढंगले सवारी प्रयोग गर्ने उम्मेदवारलाई २५ हजारसम्म जरिवाना हुने भएको छ । निर्वाचन आयोगका अनुसार तोकेको संख्याभन्दा बढी सवारीसाधन प्रयोग गर्न पाइँदैन ।

निर्वाचनको प्रचारप्रसारको सिलसिलामा कुनै राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले आयोगले तोकेको संख्यनाभन्दा बढी र आयोग वा निर्वाचन अधिकृतले अनुमति दिएको बाहेक अन्य सवारीसाधन प्रयोग गर्न वा गराउन हुँदैन । सरकारी स्वामित्वमा भएको सवारीसाधन प्रयोग गर्न नहुने प्रावधान छ ।

निर्वाचनको प्रचार प्रसारको सिलसिलामा कुनै राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व भएको संस्था वा कुनै शिक्षण संस्था वा गैरसरकारी संस्थाको सवारी साधन प्रयोग गर्न वा गराउन हुँदैन ।

प्रचारप्रसारमा सवारी साधनको प्रयोग गरी र्‍याली गर्न नहुने प्रावधान पनि छ ।



कुनै पनि राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन प्रचार प्रसारको सिलसिलामा कुनै सवारी साधनको प्रयोग गरी न्याली गर्न वा गराउन हुँदैन ।

अन्यथा कारबाही हुनेछ । जिर्वाचन आयोगका अनुसार त्यस्ता सवारीसाधन निर्वाचन अवधि भरका लागि कब्जामा लिइनेछ ।

जरिवाना गर्ने अधिकारीले त्यस्तो सवारीसाधन निर्वाचन अवधिभरका लागि कब्जामा लिनेछ र त्यस्तो सवारीसाधन प्रयोग गर्न दिने अधिकारीलाई समेत विभागीय कारबाही हुनेछ ।

यस्तो कसुर गर्नेलाई आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधान रहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहिता २०८२ ले निर्वाचनका बेला सवारी साधन प्रयोग गर्ने सम्बन्धमा नियमहरू तय गरेको छ ।

जसअनुसार म्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रचारप्रसारका लागि अनुमति लिएर बढीमा दुईवटा मात्र हलुका सवारी साधन प्रयोग गर्न पाउनेछन् । जसभित्र दुईपाङ्ग्रे, तीनपाङ्ग्रे वा चारपाङ्ग्रे सवारी पर्दछन् । सवारी साधन नचल्ने दुर्गम ठाउँका हकमा भने बढीमा चारवटा घोडा प्रयोग गर्न सकिने छ ।

वदेशी नम्बर प्लेटका सवारी साधनलाई निर्वाचन प्रयोजनका लागि अनुमति नदिइने आयोगले जनाएको छ । आचारसंहिता अनुसार उम्मेदवार वा राजनीतिक दलले अनुमति लिएका सवारी साधन प्रयोग गरी मतदाता ओसारपसार गर्न पूर्ण रूपमा रोक लगाएको छ ।

यदि कसैले अनुमति नलिई सवारी साधन प्रयोग गरेमा वा सवारीमा अनधिकृत प्रचार सामग्री प्रदर्शन गरेमा ट्राफिक प्रहरीले तत्काल नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाउन सक्ने प्रावधान आचारसंहितामा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न विगतको भन्दा सुदृढ सुरक्षा व्यवस्था मिलाइने बताएका छन् । बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन् । निर्वाचन क्षेत्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा विभाजन गरिएको र सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइने ...
। नेपाली कांग्रेसले कुनै पार्टीसँग चुनावी गठबन्धन नगर्ने बताएको छ । बिहीबार प्रतिनिधिसभा निर्वाचनबारे पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले कुनै दलसँग पनि गठबन्धन नगर्ने बताएका हुन् । पार्टीले सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाइसकेको बताउँदै चुनावपूर्व कसैसँग गठबन्धन नहुने बताएका हुन् । ‘गठबन्धन संस्कृतिले नागरिकमा अशान्ति पैदा गर्यो । कुनै पार्टीसँग हाम्रो चुनावसँग लक्षित भेटघाट भएको छैन् ...
। कोशी प्रदेशमा लागुऔषध ओसारपसार र बिक्री–वितरण भयावह बन्दै गएको छ । जेनजी विद्रोहपछि प्रहरी प्रशासनको मनोबल घटेको ठानेर लागुऔषध कारोबारीका गिरोह थप सक्रिय भएका छन् । चुनावी चहलपहलको मौका छोपेर लागुपदार्थ कारोबारी गिरोह र दुर्व्यसनी सल्बलाएका छन् । प्रहरीले झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट लागुऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित १६ माघमा ७ जनालाई ...
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनले हुम्लालाई पनि छोइसकेको छ
। सर्वोच्च अदालतले सरकारबाट निर्णय नहुन्जेल स्थानीय तहको केन्द्र परिवर्तनको विषयमा न्यायिक हस्तक्षेप हुन नसक्ने फैसला गरेको छ । गुल्मीको इस्मा गाउँपालिकाको केन्द्र परिवर्तनसम्बन्धी सिफारिसको विवादमा सर्वोच्च अदालतले सरकारबाट निर्णय नहुन्जेल त्यो विषयमा हस्तक्षेप नगर्ने निर्णय सुनाएको हो । स्थानीय तह गठन भएपछि गुल्मीको इस्मा गाँउपालिकाको रजस्थल गाविस भवन केन्द्र तोकिएको थियो । पछि गाँउ सभाले १७ ...