मुख्य समाचार
प्रदीप पौडेलले क्यान्सर नियन्त्रणका क्षेत्रमा आफू नेतृत्वमा रहँदा थालेका असल प्रयासलाई निरन्तरता दिन आग्रह
प्रदीप पौडेलले क्यान्सर नियन्त्रणका क्षेत्रमा आफू नेतृत्वमा रहँदा थालेका असल प्रयासलाई निरन्तरता दिन आग्रह

। पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर नियन्त्रणका क्षेत्रमा आफू नेतृत्वमा रहँदा थालेका असल प्रयासलाई निरन्तरता दिन आग्रह गरेका छन् ।

विश्व क्यान्सर दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै उनले पहिलो निर्णय नै क्यान्सर नियन्त्रणका क्षेत्रमा रणनीति बनाएर थालेको बताउँदै असल प्रयासहरु गरिएको स्मरण गरे ।

अझै पनि क्यान्सर उपचार महँगो भएको गुनासो सुनिने गरेको भन्दै पौडेलले विगतमा सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार तथा क्यान्सर उपचार हुने सरकारी अस्पतालहरुको क्षमता वृद्धिमा प्रशस्त काम भएको बताए ।

‘क्यान्सर उपचार हुने पाँच सरकारी अस्पतालमार्फत बाल क्यान्सरको निःशुल्क उपचार थालिएको थियो,’ उनले भने, आर्थिक अभावमा जीवनमरणको दोसाँधमा परेका आमाहरुको आँसु देख्न नसकेर शुरु गरिएको बाल क्यान्सरको निःशुल्क उपचारदेखि दैनिक ४ जनाको ज्यान जाने पाठेघरको मुखको क्यान्सरबाट छोरीहरुलाई जीवनभर रक्षा गर्न गरिएका प्रयासले धेरैको मुहारमा खुशी छाएको अनुभूत गर्न पाउँदा थोरै भए पनि सन्तोष मिलेको छ ।’



पूर्वमन्त्री पौडेलले गत वर्ष मात्र १५ लाख किशोरीहरुलाई एचपीभी खोप उपलब्ध गराइएको स्मरण गर्दै यसलाई हरेक वर्ष कार्यक्रमका रुपमा अघि बढाउने व्यवस्था भएको बताए ।

महिलाहरुमा पाठेघरको मुखको क्यान्सर कम गर्न हरेक वर्ष फागुन महिनालाई निःशुल्क स्क्रृनिङ महिनाको घोषणा गरेर उपचारको लागि सहजीकरण गरिएको समेत उनले बताए ।

महँगा र दुर्लभ औषधि सरकारी अस्पतालमा विभिन्न माध्यमबाट निःशुल्क उपलब्ध गराउने काम भएको भन्दै उनले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, त्रिवि शिक्षण अस्पतालअन्तर्गतको सुरेश वाग्ले क्यान्सर उपचार केन्द्र, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र वीर अस्पतालमा क्षमता वृद्धि गर्ने गरी कामअघि बढाएको बताए ।

नेपालमा सरकारी तहमा क्यान्सर उपचारमा अति आवश्यक पेटिस्क्यान मेसिन र साइक्लोटोनको व्यवस्था नभएकाले सबै क्यान्सर अस्पतालमा पेटिस्क्यान मेसिनका लागि श्रोत व्यवस्था गरिएको बताए ।

बीपी कोइराला मेमोरियल अस्पतालमा क्यान्सर उपचारमा उपयोगी औषधी साइक्लोटोनसहितको पेटिस्क्यान राख्ने गरी बहुवर्षीय कार्यक्रम स्वीकृत गरिएको पनि बताए ।

पूर्व मन्त्री पौडेलले यी सबै कामले निरन्तरता पाउने विश्वास व्यक्त गर्दै भने,‘यी काम निरन्तर रहेर पूर्ण कार्यान्वयन भएर अघि बढ्न सके । नेपालको क्यान्सर उपचारमा सहजीकरण हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साढे १८ लाखसहित बूढानीलकण्ठबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर घर भएका ४५ वर्षीय प्रविन किसन छन् । उनलाई प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीबाट स्रोत नखुलेको साढे १८ लाख बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए । उनलाई आन्तरिक राजस्व कार्यालय हरिहर भवन ललितपुर पठाइएको छ ।
। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लंघनका उजुरीहरूमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको बताएका छन् । बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी यस्तो बताएका हुन् । उनले केही उम्मेदवारविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी आयोगमा परेको उल्लेख गर्दै उजुरीउपर आवश्यक अनुसन्धान गर्ने कार्य ...
। बर्दियामा चितुवाले आक्रमण गर्दा एक युवाको मृत्यु भएको छ । गुलरिया नगरपालिका-५ तुल्सीपुरका ३५ वर्षीय नन्दु रोकायको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । बारबर्दिया नगरपालिका-११ भेलभार स्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाले आक्रमण गर्दा रोकायको घटना स्थल मै मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी शिवबहादुर केसीले बताए । गत ७ माघमा ...
। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न विगतको भन्दा सुदृढ सुरक्षा व्यवस्था मिलाइने बताएका छन् । बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन् । निर्वाचन क्षेत्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा विभाजन गरिएको र सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइने ...
। नेपाली कांग्रेसले कुनै पार्टीसँग चुनावी गठबन्धन नगर्ने बताएको छ । बिहीबार प्रतिनिधिसभा निर्वाचनबारे पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले कुनै दलसँग पनि गठबन्धन नगर्ने बताएका हुन् । पार्टीले सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाइसकेको बताउँदै चुनावपूर्व कसैसँग गठबन्धन नहुने बताएका हुन् । ‘गठबन्धन संस्कृतिले नागरिकमा अशान्ति पैदा गर्यो । कुनै पार्टीसँग हाम्रो चुनावसँग लक्षित भेटघाट भएको छैन् ...