मुख्य समाचार
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुख्य सचिव कृष्णप्रसाद पौडेलको राजीनामा स्वीकृत
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुख्य सचिव कृष्णप्रसाद पौडेलको राजीनामा स्वीकृत

। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुख्य सचिव कृष्णप्रसाद पौडेलको राजीनामा स्वीकृत गरेका छन् । सभापति थापाले बुधबार मुख्य सचिव पौडेलको राजीनामा स्वीकृत गरेका हुन् ।

विशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन भएपछि पौडेलले ८ माघमा पदबाट राजीनामा दिएका थिए । उनी ७ वैशाख २०७३ देखि कांग्रेस केन्द्रीय कार्यालयको मुख्य सचिव नियुक्त भएका थिए ।


सभापति थापाले पौडेलको राजीनामा स्वीकृत गर्दै सचिव कृष्णप्रसाद दुलाललाई कार्यवाहक मुख्य सचिवको जिम्मेवारी दिएका छन् । उनलाई विधानको धारा २५ (१०), कांग्रेसको नियमावली, २०७६ को नियम ४६ (ग) र कर्मचारी विनियमावली, २०७९ को नियम १४ (क) बमोजिम कार्यवाहक मुख्य सचिवको जिममेवारी दिइएको सचिव प्रकाश शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साढे १८ लाखसहित बूढानीलकण्ठबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर घर भएका ४५ वर्षीय प्रविन किसन छन् । उनलाई प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीबाट स्रोत नखुलेको साढे १८ लाख बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए । उनलाई आन्तरिक राजस्व कार्यालय हरिहर भवन ललितपुर पठाइएको छ ।
। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लंघनका उजुरीहरूमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको बताएका छन् । बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी यस्तो बताएका हुन् । उनले केही उम्मेदवारविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी आयोगमा परेको उल्लेख गर्दै उजुरीउपर आवश्यक अनुसन्धान गर्ने कार्य ...
। बर्दियामा चितुवाले आक्रमण गर्दा एक युवाको मृत्यु भएको छ । गुलरिया नगरपालिका-५ तुल्सीपुरका ३५ वर्षीय नन्दु रोकायको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । बारबर्दिया नगरपालिका-११ भेलभार स्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाले आक्रमण गर्दा रोकायको घटना स्थल मै मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी शिवबहादुर केसीले बताए । गत ७ माघमा ...
। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न विगतको भन्दा सुदृढ सुरक्षा व्यवस्था मिलाइने बताएका छन् । बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन् । निर्वाचन क्षेत्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा विभाजन गरिएको र सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइने ...
। नेपाली कांग्रेसले कुनै पार्टीसँग चुनावी गठबन्धन नगर्ने बताएको छ । बिहीबार प्रतिनिधिसभा निर्वाचनबारे पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले कुनै दलसँग पनि गठबन्धन नगर्ने बताएका हुन् । पार्टीले सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाइसकेको बताउँदै चुनावपूर्व कसैसँग गठबन्धन नहुने बताएका हुन् । ‘गठबन्धन संस्कृतिले नागरिकमा अशान्ति पैदा गर्यो । कुनै पार्टीसँग हाम्रो चुनावसँग लक्षित भेटघाट भएको छैन् ...