मुख्य समाचार
नेपाली भाषा, संस्कृतिको महत्व अतुलनीय रहेकाले कानुनमा स्थापित गरिने शब्दमा समेत कला र संस्कृतिको मर्म झल्किनुपर्नेमा जोड
नेपाली भाषा, संस्कृतिको महत्व अतुलनीय रहेकाले कानुनमा स्थापित गरिने शब्दमा समेत कला र संस्कृतिको मर्म झल्किनुपर्नेमा जोड

। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नेपाली भाषा, संस्कृतिको महत्व अतुलनीय रहेकाले कानुनमा स्थापित गरिने शब्दमा समेत कला र संस्कृतिको मर्म झल्किनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय सभाको विधायन समितिको आजको बैठकमा उनले समाजको कला संस्कृतिको यस्ता शब्दको महिमा जीवित राख्नुपर्ने बताएका हुन् । समितिले अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ उपर दफाबार छलफल गर्ने क्रममा सभाका सदस्यहरुले आ–आफ्नो मत राखेका थिए ।

बैठकमा समितिका सदस्य डा वेदुराम भुसालले विधेयकको शीर्षकनै परिमार्जन गर्नुपर्ने धारणा राखे । उनले नाम र सम्पदाको परिभाषामा रुपान्तरण गर्न रहेको बताए ।

त्यस्तै, सदस्य पदमबहादुर परियारले २३ वर्षदेखि बन्न नसकेको उक्त विधेयकलाई छिटोभन्दा छिटो लागू गराउनुपर्ने बताए ।



साथै उनले समाजमा संस्कृतिको रुपमा रहेका केहि लगत प्रथालाई भने संरक्षण गर्न नहुने सुझाव दिए । उनले स्थानीय तहमा सांस्कृतिक सम्पदाको सूचीकरण गर्न लगाउने भनिएर मात्रै नपुग्ने बताउँदै त्यसलाई प्रभावकारी कार्यान्वयन गराउन बजेटको समेत व्यवस्था हुनुपर्ने प्रष्ट कानुनमा उल्लेख गरिनुपर्ने सुझाव दिए ।

त्यस्तै, बैठकमा पर्यटन मन्त्रालयका सहसचिव जयनारायण आचार्यले भाषाको सरलता र जनजीवनलाई सहज हुने शब्दाबली छनोट गर्न उपयुक्त हुने धारणा राखे ।

समितिका सभापति तुलसाकुमारी दाहालले अभौतिक सांस्कृतिक सम्पदा(संरक्षण) विधेयक, २०८१ उपर दफावार छलफल निरन्तर हुने बताउँदै सरोकारवालासँगसमेत आवश्यक रायसुझाव सङ्कलन कार्य भइरहेको जानकारी गराए । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साढे १८ लाखसहित बूढानीलकण्ठबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर घर भएका ४५ वर्षीय प्रविन किसन छन् । उनलाई प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीबाट स्रोत नखुलेको साढे १८ लाख बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए । उनलाई आन्तरिक राजस्व कार्यालय हरिहर भवन ललितपुर पठाइएको छ ।
। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लंघनका उजुरीहरूमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको बताएका छन् । बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी यस्तो बताएका हुन् । उनले केही उम्मेदवारविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी आयोगमा परेको उल्लेख गर्दै उजुरीउपर आवश्यक अनुसन्धान गर्ने कार्य ...
। बर्दियामा चितुवाले आक्रमण गर्दा एक युवाको मृत्यु भएको छ । गुलरिया नगरपालिका-५ तुल्सीपुरका ३५ वर्षीय नन्दु रोकायको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । बारबर्दिया नगरपालिका-११ भेलभार स्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाले आक्रमण गर्दा रोकायको घटना स्थल मै मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी शिवबहादुर केसीले बताए । गत ७ माघमा ...
। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न विगतको भन्दा सुदृढ सुरक्षा व्यवस्था मिलाइने बताएका छन् । बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन् । निर्वाचन क्षेत्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा विभाजन गरिएको र सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइने ...
। नेपाली कांग्रेसले कुनै पार्टीसँग चुनावी गठबन्धन नगर्ने बताएको छ । बिहीबार प्रतिनिधिसभा निर्वाचनबारे पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले कुनै दलसँग पनि गठबन्धन नगर्ने बताएका हुन् । पार्टीले सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाइसकेको बताउँदै चुनावपूर्व कसैसँग गठबन्धन नहुने बताएका हुन् । ‘गठबन्धन संस्कृतिले नागरिकमा अशान्ति पैदा गर्यो । कुनै पार्टीसँग हाम्रो चुनावसँग लक्षित भेटघाट भएको छैन् ...