मुख्य समाचार
आचारसंहिता उल्लंघन उजुरीमाथि अनुसन्धान भइरहेको छ
आचारसंहिता उल्लंघन उजुरीमाथि अनुसन्धान भइरहेको छ

। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लंघनका उजुरीहरूमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको बताएका छन् ।

बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी यस्तो बताएका हुन् ।

उनले केही उम्मेदवारविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी आयोगमा परेको उल्लेख गर्दै उजुरीउपर आवश्यक अनुसन्धान गर्ने कार्य भइरहेको बताए ।

उम्मेदवारहरूले स्पष्टीकरण बुझाउने कार्य जारी रहेको भन्दै उनले प्राप्त उजुरीको अध्ययनपछि आयोगले आवश्यक निर्णय लिने उनको भनाइ छ ।

उनले भने, ‘आचारसंहिता हामीले कडाईका साथ लागु गरेका छौँ । त्यसको पालना भयो कि भएन भनेर हामी अनुगमन पनि गरिरहेका छौँ । केही उम्मेदवारहरूविरुद्ध उजुरी पनि आएको छ । हामीले उहाँहरूलाई स्पष्टीकरण समेत सोधेका छौँ । केहीले स्पष्टीकरण पठाउनुभएको छ । र केही आउने क्रममा छन् । स्पष्टीकरण आइसकेपछि त्यसको अध्ययनको आधारमा आवश्यक निर्णय गर्छौँ । निर्वाचनको तयारी तीव्र गतिमा भइरहेको छ । सञ्चारमाध्यमहरूले समेत पक्ष र विपक्षभन्दा पनि निष्पक्ष सामग्री बनाइदिन आग्रह गर्न चाहान्छु । तोकिएको मिति र समयमै निर्वाचन हुन्छ ।’

अगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाई कार्य जारी छ ।

हालसम्म ७२ लाख ६० हजार मतपत्र छपाई भई ५ हजार ८ सय २५ बाकस प्याकिङ भइसकेको आयोगले जानकारी दिएको छ ।

जम्मा २ करोड ३ लाख २३ हजार मतपत्र आवश्यक पर्ने बताइएको छ ।

त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनका लागि आवश्यक २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ कार्य सम्पन्न ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साढे १८ लाखसहित बूढानीलकण्ठबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर घर भएका ४५ वर्षीय प्रविन किसन छन् । उनलाई प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीबाट स्रोत नखुलेको साढे १८ लाख बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए । उनलाई आन्तरिक राजस्व कार्यालय हरिहर भवन ललितपुर पठाइएको छ ।
। बर्दियामा चितुवाले आक्रमण गर्दा एक युवाको मृत्यु भएको छ । गुलरिया नगरपालिका-५ तुल्सीपुरका ३५ वर्षीय नन्दु रोकायको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । बारबर्दिया नगरपालिका-११ भेलभार स्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाले आक्रमण गर्दा रोकायको घटना स्थल मै मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी शिवबहादुर केसीले बताए । गत ७ माघमा ...
। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न विगतको भन्दा सुदृढ सुरक्षा व्यवस्था मिलाइने बताएका छन् । बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन् । निर्वाचन क्षेत्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा विभाजन गरिएको र सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइने ...
। नेपाली कांग्रेसले कुनै पार्टीसँग चुनावी गठबन्धन नगर्ने बताएको छ । बिहीबार प्रतिनिधिसभा निर्वाचनबारे पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले कुनै दलसँग पनि गठबन्धन नगर्ने बताएका हुन् । पार्टीले सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाइसकेको बताउँदै चुनावपूर्व कसैसँग गठबन्धन नहुने बताएका हुन् । ‘गठबन्धन संस्कृतिले नागरिकमा अशान्ति पैदा गर्यो । कुनै पार्टीसँग हाम्रो चुनावसँग लक्षित भेटघाट भएको छैन् ...
। कोशी प्रदेशमा लागुऔषध ओसारपसार र बिक्री–वितरण भयावह बन्दै गएको छ । जेनजी विद्रोहपछि प्रहरी प्रशासनको मनोबल घटेको ठानेर लागुऔषध कारोबारीका गिरोह थप सक्रिय भएका छन् । चुनावी चहलपहलको मौका छोपेर लागुपदार्थ कारोबारी गिरोह र दुर्व्यसनी सल्बलाएका छन् । प्रहरीले झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट लागुऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित १६ माघमा ७ जनालाई ...