मुख्य समाचार
रुसको राजधानी मस्कोमा रुसी सेनाका जनरलमाथि गोली प्रहार
रुसको राजधानी मस्कोमा रुसी सेनाका जनरलमाथि गोली प्रहार

: रुसको राजधानी मस्कोमा रुसी सेनाका जनरलमाथि गोली प्रहार भएको छ। लेफ्टिनेन्ट जनरल भ्लादिमिर अलेक्सेयेभलाई गोली हानी घाइते बनाइएको हो।



शुक्रबार बिहान मस्कोको उत्तरपश्चिमी बाहिरी क्षेत्रमा रहेको भोलोकोलाम्स्कोय राजमार्ग नजिकैको एक आवासीय भवनमा उनीमाथि आक्रमण भएको बीबीसीमा समाचार छ। आक्रमणपछि गम्भीर घाइते अलेक्सेयेभलाई तत्काल अस्पतालमा भर्ना गरिएको भए पनि उनको स्वास्थ्य अवस्थाबारे हालसम्म विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।



लेफ्टिनेन्ट जनरल अलेक्सेयेभ रुसको सेनाको मुख्य निर्देशनालय (जनरल स्टाफ) अन्तर्गतको गुप्तचर निकाय जीआरयू (GRU) का वरिष्ठ अधिकारी हुन्। युक्रेनमाथि रुसले आक्रमण सुरु गरेको झन्डै चार वर्षपछि मस्कोमा शीर्ष सैन्य अधिकारीहरूलाई लक्षित गर्दै यस्ता आक्रमणहरू बढ्दै गएका छन्।



अलेक्सेयेभले युक्रेनी युद्धका क्रममा महत्वपूर्ण भूमिका खेलेका थिए। सन् २०२२ मा मारिउपोलको घेराबन्दीका बेला युक्रेनसँग भएको वार्तामा उनी सहभागी थिए। साथै, सन् २०२३ को जुनमा राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध विद्रोहको नेतृत्व गरेका वाग्नर भाडा समूहका प्रमुख येभगेनी प्रिगोजिनसँग वार्ता गर्न पनि उनलाई पठाइएको थियो।

सन् २०१८ मा बेलायतको सालिसबरीमा भएको नर्भ एजेन्ट आक्रमणमा जीआरयूको संलग्नता रहेको आरोपपछि अलेक्सेयेभमाथि युरोपेली सङ्घ (EU) ले प्रतिबन्ध लगाएको थियो।

आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान अहिलेसम्म खुलेको छैन। युक्रेनले यसअघि रुसी सैन्य अधिकारीहरूमाथि भएका केही आक्रमणहरूको जिम्मेवारी लिँदै आएको छ। रुसी अधिकारीहरूले भने गत महिनाको अन्त्यतिर सेन्ट पिटर्सबर्गमा एक सैनिकमाथि हुन लागेको आक्रमण विफल पारेको दाबी गरेका छन्।

यसअघि सन् २०२४ मा पनि अर्का रुसी जनरल इगोर किरिलोभको मस्कोमै हत्या गरिएको थियो। उक्त आक्रमण युक्रेनको गुप्तचर निकाय एसबीयूको योजनामा भएको दाबी गर्दै एक उज्बेक नागरिकलाई जेल सजाय सुनाइएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फिलीपिन्सको पालावान प्रान्तस्थित कोरोन क्षेत्र नजिकै समुद्रमा एक यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ,भने ८७ जना यात्रु बेपत्ता भएका छन्। 'एमभी जुनियर एस्टर' नामको उक्त फेरी फिलिपिन्सको राजधानी मनिलाबाट पालावान प्रान्तको पर्यटकीय क्षेत्र कोरोनतर्फ जाँदै गर्दा अचानक आगलागी भएको हो। दुर्घटनाको खबर पाउनेबित्तिकै खटिएका कोस्ट गार्ड र उद्धारकर्ताहरूको टोलीले हालसम्म ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि (मिडटर्म) निर्वाचनलगत्तै समाप्त हुन सक्ने दाबी गरेका छन्। बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरान अब लामो समयसम्म युद्ध जारी राख्ने स्थितिमा नरहेको बताए। त्यसैगरी, निर्वाचन अघिसम्म इन्धनको मूल्य घट्ने सम्भावना नरहेको संकेत पनि उनले गरे। 'मलाई लाग्छ निर्वाचनको लगत्तै युद्ध सकिनेछ, किनभने उनीहरू ...
: पाकिस्तानले 'मक्का रक्षा सम्झौता' का तीन सदस्य राष्ट्रमध्ये कुनै एकमाथि आक्रमण भएमा त्यसलाई तीनै देशमाथिको संयुक्त आक्रमण मानिने स्पष्ट पारेको छ। उक्त प्रावधानका विषयमा कसैलाई पनि कुनै अन्योल नरहन पाकिस्तानले चेतावनी दिएको छ। बीबीसी फारसीलाई उद्धृत गर्दै पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफले साउदी अरबमाथि यमनका हुथी विद्रोहीहरूले शृङ्खलाबद्ध हमला गरेपछि यो सम्झौता लागू हुन सक्ने ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन मदिरा, केही दुग्धजन्य पदार्थ र ठूला मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। यस कदमले भन्सार महसुलबाट सुरु भएको व्यापार युद्धलाई अझ उग्र बनाएको छ। दशकौंदेखि आपसमा जोडिएको दुई देशको व्यापारिक सम्बन्धमा यस निर्णयले गम्भीर खटपट ल्याएको छ। यसले सीमाका दुवैतर्फका व्यवसायी तथा उपभोक्ताहरूलाई ठूलो असर पुर्याउने सम्भावना बढाएको छ। यो आयात ...
। इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) निकट समाचार एजेन्सीहरूले जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल आक्रमण भएको दाबी गरेका छन् । इरानी मिसाइलहरूले पूर्वी जोर्डनस्थित प्रिन्स हसन सैन्य आधार शिविरलाई निशाना बनाएको दाबी छ । इरानी स्रोतहरूले जोर्डनमा भएका मिसाइल आक्रमणको पहिलो चरणसँग सम्बन्धित धेरै भिडियो फुटेज प्रकाशित गरेका छन् । तीमध्ये केही भिडियोमा ‘इरानी मिसाइलहरू ...