मुख्य समाचार
मुलुक अहिले चरम निराशा र अविश्वासको भूमरीमा रहेकाले देशलाई सम्हाल्ने शक्तिको खाँचो रहेको
मुलुक अहिले चरम निराशा र अविश्वासको भूमरीमा रहेकाले देशलाई सम्हाल्ने शक्तिको खाँचो रहेको

: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले चरम निराशा र अविश्वासको भूमरीमा रहेकाले देशलाई सम्हाल्ने शक्तिको खाँचो रहेको बताएका छन्। कांग्रेस कास्कीको सभालाई सम्बोधन गर्दै उनले उत्तेजना फैलाउने भन्दा पनि धैर्यपूर्वक देशलाई निकास दिने शक्तिको रूपमा कांग्रेसले भूमिका खेल्नुपर्ने बताए।



अहिले समाजमा नागरिकहरूबीच गहिरो रिस र राज्यका संयन्त्रहरूप्रति चरम अविश्वास रहेको भन्दै उनले यस्तो संवेदनशील अवस्थामा जिम्मेवार राजनीतिक शक्तिको खाँचो रहेको बताए। ‘देश सम्हाल्ने शक्ति चाहिएको छ अहिले। आगो जसले पनि लगाउन सक्छ, निभाउनलाई धैर्यता चाहिन्छ, क्षमता चाहिन्छ। त्यो तागत हामीले राख्नुपर्ने छ,’ उनले भने, ‘उत्तेजना जसले पनि फैलाउन सक्छ, तर चेतनाको राजनीति गर्ने शक्ति चाहिएको छ हामीलाई। त्यो कांग्रेस हो। हामीले मिलाउँछौं, हामीले सम्हाल्छौं।’ सभापति थापाले नागरिकमा गहिरो असन्तुष्टि रहेको भन्दै आगामी दिनमा सुधारबाटै उनीहरूलाई जवाफ दिनुपर्ने बताए।



‘नागरिकहरूमा रिस छ । त्यो रिस गहिरो छ। राज्यका संस्थाहरू, संविधान, अदालत, राजनीतिक दल र नेतृत्वप्रति चरम अविश्वास छ,’ उनले थपे, ‘यो अविश्वास झाँगिँदै गएर सिङ्गो देशले नै आत्मविश्वास गुमाएको जस्तो अवस्था छ। समाजमा एउटा ठूलो कोलाहल छ, भित्रभित्र आगो बलिरहेको छ। यो बेलामा नेपाली कांग्रेस पार्टीको जिम्मेवारी हो यसलाई सम्हाल्ने।’



मुलुकमा देखिएको निराशाको मुख्य जड भ्रष्टाचार रहेको उनको तर्क छ। ‘सबैभन्दा ठूलो शत्रु नेपालको को हो भनेर सोध्यो भने नागरिकले भन्छ ‘करप्सन’। भ्रष्टाचार विरुद्धको सबैभन्दा ठूलो योद्धा बदलिएर आएको नेपाली कांग्रेस हो,’ उनी भन्छन्, ‘जसको टाउकोदेखि पुच्छरसम्म प्रत्येक नेता एउटा सङ्कल्प गरेर आएको छ। नेपाललाई जसरी हिजो हिंसाको आहालबाट बाहिर निकाल्यौँ, अब भ्रष्टाचारको आहालबाट हामी बाहिर निकाल्छौं।’

उनले घरदैलोमा जाँदा कांग्रेसले देश सम्हाल्छ र सुधार्छ भन्ने सन्देश लिएर जान पार्टीका नेता कार्यकर्ताहरूलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नेपाल सरकारले बीमाको भुक्तानी नगरे महानगरले तिर्ने बताएका छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले बीमाको भुक्तानी नगरे महानगरले तिर्ने बताएका हुन् । उनले बीमा बापतको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको भन्दै ...
: मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रहरीले शुक्रबार काठमाडौंको दक्षिणकाली क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो। निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा प्रसाईंविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा निर्वाचन आयोगले नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको साइबर ...
: जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। जिल्लाको पुर्चौडी नगरपालिका वडा नं ७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बिहीबार साँझ करिब साढे ६ बजे वनदुत यतायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। मृत्यु हुनेमा बझाङको बित्थडचीर गाउँपालिका ...
प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता
: हरेक वर्ष बारीमा मकै रोप्नुअघि गरिने मकै विवाह धार्चे गाउँपालिकाको लाप्राकमा शुक्रबार सम्पन्न भएको छ। मुख्य बालीका रुपमा मकै खेती गरिने धार्चेका विभिन्न गाउँहरुमा परम्परागत रूपमा गरिने मकै विवाह लाप्राकमा शुक्रबार सम्पन्न भएको त्यहाँका मार्सिङ गुरुङले जानकारी दिए। बिहीबार दिउँसो ४ बजेतिर गाडिएको मकैको बिउ शुक्रबार बिहान ८ बजेतिर बाजागाजासहित निकालेपछि मकै बिहे सुरु गरिएको ...