मुख्य समाचार
दुर्गा प्रसाईं पक्राउ
दुर्गा प्रसाईं पक्राउ

: मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रहरीले शुक्रबार काठमाडौंको दक्षिणकाली क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो।



निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा प्रसाईंविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा निर्वाचन आयोगले नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ।



यसअघि पनि कांग्रेसको विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएको भन्ने विवादित अभिव्यक्ति दिएपछि प्रसाईं पोखराबाट पक्राउ परेका थिए। पछि धरौटी बुझाएर रिहा भएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नेपाल सरकारले बीमाको भुक्तानी नगरे महानगरले तिर्ने बताएका छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले बीमाको भुक्तानी नगरे महानगरले तिर्ने बताएका हुन् । उनले बीमा बापतको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको भन्दै ...
: जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। जिल्लाको पुर्चौडी नगरपालिका वडा नं ७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बिहीबार साँझ करिब साढे ६ बजे वनदुत यतायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। मृत्यु हुनेमा बझाङको बित्थडचीर गाउँपालिका ...
प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता
: हरेक वर्ष बारीमा मकै रोप्नुअघि गरिने मकै विवाह धार्चे गाउँपालिकाको लाप्राकमा शुक्रबार सम्पन्न भएको छ। मुख्य बालीका रुपमा मकै खेती गरिने धार्चेका विभिन्न गाउँहरुमा परम्परागत रूपमा गरिने मकै विवाह लाप्राकमा शुक्रबार सम्पन्न भएको त्यहाँका मार्सिङ गुरुङले जानकारी दिए। बिहीबार दिउँसो ४ बजेतिर गाडिएको मकैको बिउ शुक्रबार बिहान ८ बजेतिर बाजागाजासहित निकालेपछि मकै बिहे सुरु गरिएको ...
: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्च अदालतमा विचाराधीन महत्वपूर्ण मुद्दाको तत्काल किनारा लगाउन माग गरेका छन्। उनले सुशीला कार्की नेतृत्वको सरकारको वैधानिकता र प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दा समयमै टुंग्याउन नसक्दा कानुनी अन्योलता बढेको बताएका छन्। सर्वोच्च अदालतमा निवेदन दर्ता भइसकेपछि मुद्दाको फैसला नगरी निर्वाचनमा जानु कानुनसम्मत नहुने उनको तर्क छ। मुख्यमन्त्री कार्कीले अदालतले समयमै ...