मुख्य समाचार
इरानस्थित अमेरिकी भर्चुअल दूतावासले अमेरिकी नागरिकहरूका लागि सुरक्षा सतर्कता जारी गरेको छ
इरानस्थित अमेरिकी भर्चुअल दूतावासले अमेरिकी नागरिकहरूका लागि सुरक्षा सतर्कता जारी गरेको छ

इरानस्थित अमेरिकी भर्चुअल दूतावासले अमेरिकी नागरिकहरूका लागि सुरक्षा सतर्कता जारी गरेको छ। अमेरिकाले जारी गरेको सुरक्षा सतर्कतामा आर्मेनिया वा टर्की हुँदै इरान छोड्न कुरामा पनि विचार गर्न आग्रह गरिएको छ। अमेरिकाले त्यहाँ रहेका नागरिकलाई सञ्चारका वैकल्पिक उपायका बारेमा सोच्न तथा सुरक्षित रहन पनि आग्रह गरेको छ।



इरानमा हाल सडक बन्द, सार्वजनिक यातायात र इन्टरनेट सेवामा अवरोध जारी रहेको बीबीसीले उल्लेख गरेको छ। एयरलाइन्सहरूले इरान जाने र आउने उडानहरू प्रतिबन्धित वा रद्द गरिरहेका छन्।



इरान र अमेरिका बीचको आणविक वार्ता शुक्रबार ओमानमा हुँदैछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम सीमित गर्न नयाँ सम्झौता नगरेसम्म इरानविरुद्ध सैन्य कारबाही गर्ने धम्की दिएका छन्।



इरानले आणविक मुद्दामा वार्ता गर्न तयार रहेको बताएको छ। तर आफ्नो क्षेप्यास्त्र कार्यक्रम सीमित गर्ने जस्ता मागहरूमा कुरा नगर्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ताइवानका रक्षामन्त्री वेलिङ्टन कूले अमेरिकी मध्यावधि निर्वाचनपछि पनि ताइवानलाई हतियार बिक्री गर्ने प्रक्रिया निरन्तर रहने अपेक्षा व्यक्त गरेका छन् । उनले ताइवानले अमेरिकाका दुवै प्रमुख राजनीतिक दलबाट सधैँ समर्थन पाउँदै आएको उल्लेख गर्दै अमेरिकी कंग्रेसले ताइवानको रक्षा क्षमता सुदृढ बनाउन सहयोग जारी राख्ने विश्वास व्यक्त गरेका हुन् । औपचारिक कूटनीतिक सम्बन्ध नभए पनि अमेरिका ताइवानको सबैभन्दा महत्त्वपूर्ण ...
। अस्ट्रेलियाको सबैभन्दा पुरानो डिपार्टमेन्ट स्टोरको चेन डेभिड जोन्सको जिम्मा प्रशासनले लिएको छ । प्रशासनको जिम्मामा गएसँगै यसमा कार्यरत हजारौँ कर्मचारीको रोजगारी जोखिममा परेको छ। स्थानीय रूपमा डीजेजका नामले चिनिने यो १८८ वर्ष पुरानो खुद्रा विक्रेता लामो समयदेखि आर्थिक सङ्घर्षसँग जुधिरहेको थियो। ग्राहकहरू पारम्परिक पसलहरू छोडेर अनलाइन सपिङङतर्फ आकर्षित भएपछि कम्पनीलाई यो अवस्था आएको हो। स्वैच्छिक प्रशासक ...
। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई देशको सर्वोच्च पदक प्रदान गरेका छन्। बिबिसीका अनुसार, युक्रेनलाई मानवीय सहयोगमा पुर्‍याएको ‘महत्त्वपूर्ण व्यक्तिगत योगदान’का लागि मेलानिया ट्रम्पले ‘अर्डर अफ प्रिन्सेस ओल्गा, फर्स्ट क्लास’ पदक पाएकी छिन्। युक्रेनको दक्षिणी खेरसोन क्षेत्रको रुसको कब्जामा रहेको ओलेस्की सहरबाट सयौँ मानिसलाई बाहिर निकाल्न दिइएको युद्धविराम सकिएपछि यो सम्मान दिइएको हो। उद्धार ...
: संयुक्त राज्य अमेरिकामा सम्पन्न मध्यावधि चुनावले देशको राजनीतिमा समावेशिता र विविधताको नयाँ इतिहास रचेको छ। विभिन्न राज्यहरूबाट चुनावी मैदानमा उत्रिएका महिला, अश्वेत, मुस्लिम तथा आदिवासी उम्मेदवारहरूले ऐतिहासिक जित हासिल गर्दै अमेरिकी नीति निर्माणको तहमा सीमान्तकृत समुदायको उपस्थिति बलियो बनाएका छन्। अमेरिकी राजनीतिमा समावेशिता र विविधताको नयाँ आयाम थपेका मुख्य ५ ऐतिहासिक परिणामहरू यस्ता छन् । ...
। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले रिपब्लिकन पार्टीको हारको सम्पूर्ण दोष इरान युद्धलाई दिएका छन्। सामाजिक सञ्जाल ‘एक्स’ मा एक वक्तव्य जारी गर्दै उनले यस्तो बताएका हुन् । भान्सले लेखेका छन्, ‘हामी हार्नुको एउटै कारण युद्ध हो। राष्ट्रपति आफैँले पनि यो कुरा भनिसक्नुभएको छ। यदि कसैले आगामी ६ वर्षका लागि सिनेट गुमाउनु यो युद्धका लागि उपयुक्त थियो भनेर ...