मुख्य समाचार
नयाँ भन्ने दलहरूसँग कुनै नयाँ मुद्दा छैन
नयाँ भन्ने दलहरूसँग कुनै नयाँ मुद्दा छैन

: नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ भन्ने दलहरूसँग कुनै नयाँ मुद्दा नरहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित नेकपा परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिले केही दलहरूले आफूलाई नयाँ भन्दै भ्रम छर्न खोजेको भन्दै उनीहरूसँग कुनै नयाँ मुद्दा नरहेको बताए। नयाँ र पुरानोको निधो विचार, एजेन्डा र संघर्षले गर्ने उनले बताए।



प्रचण्डले देशमा आजको सबभन्दा नयाँ भनेको गणतन्त्र भएकाले त्यसको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले गरेको धारणा राखे। महिला, दलित, आदवासी जनजातिलगायत सबै उत्पीडित क्षेत्र समुदायलाई पहिचान र अधिकार दिने नारा आफ्नो पार्टीले ल्याएकाले आफूहरू नयाँ भएको उनको भनाइ छ।



त्यस्तै प्रचण्डले उदार पुँजीवाद र दलाल पुँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लाउने काम भएको आरोप लगाए। उनले निर्वाचन नजिकिँदै जाँदा सक्रिय भएर प्रचार गर्न सके नेपाली कम्युनिस्ट पार्टी नेपालमा एकचोटि फेरि पहिलो पार्टी बन्ने पूरै सम्भावना रहेको दाबी गरे।



प्रचण्डले निकै ठूलो भिडन्त भनेर सामाजिक सञ्जालमा चर्चा भएका खास खास चुनाव क्षेत्रमा नेकपाले चुनाव जित्ने निश्चित भएको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: स्याङजाको पुतलीबजार नगरपालिका–१० सुम्रेखोलामा एक दम्पतीमाथि कुटपिट गरी घाइते बनाएर भागेका पाँच युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गए राति युवाहरुको कुटपिटबाट पुतलीबजार नगरपालिका–१० सुम्रेखोला निवासी पृथ्वीराज अर्याल र श्रीमती संजीता नेपाल अर्याल घाइते भएका छन् । शुक्रबार राति १० बजेतिर सिद्धार्थ राजमार्ग हुँदै ग.२४ प. ५१०१ नम्बरको स्कुटरमा आफ्नो घर सुम्रेखोला जाँदै गर्दा ...
: कैलालीको लम्कीचुहा नगरपालिका–८ मा ट्रकको ठक्करबाट १५ वर्षीय एक किशोरको ज्यान गएको छ । गए राति साढे ११ बजे पूर्व–पश्चिम राजमार्गको गप्का सडक खण्डमा सु.प. प्र. ०१००१ ख २८५० नम्बरको ट्रकले ठक्कर दिँदा साइकल यात्री १५ वर्षीय शिरिष भण्डारीको ज्यान गएको हो । nullजिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी डिएसपी योगेन्द्र तिमिल्सेनाले दिएको जानकारी ...
: ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेस्थित बोहोरे टोलमा वृद्ध दम्पती चन्द्रविक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईलाई लुटपाट गरी हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ओखलढुंगाको भदौरेकै स्थानीय दुई दाजुभाइलाई उक्त घटनामा संलग्न भएको प्रारम्भिक अनुसन्धानले पुष्टि गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनामा प्रयोग भएको हातहतियार समेत प्रहरीले ...
: नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको आन्तरिक कारणले आसन्न निर्वाचन प्रभावित हुन नहुने बताएका छन् । नुवाकोट–१ मा उम्मेदवार रहेका डा. महतले काठमाडौंमा वित्तीय कर्मचारी समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै नयाँ भन्नेहरुको पुच्छर र शीर कहाँ छ भन्ने नै थाहा नभएको बताएका छन् । पूर्व पार्टी प्रवक्ता समेत रहेका डा. महतले भने, ‘अहिले ...
: आउँदो फगुनमा २१ मा हुने निर्वाचनका लागि उमेदवारहरुलाई भ्याईनभ्याई भएको छ । निर्वाचन परिणामलाई आफ्नो पोल्टामा पार्न डडेल्धुरामा पनि दल र उम्मेदवार लागिपरेका छन । मतदातालाई रिझाउने क्रममा उम्मेदवारहरुले विभिन्न बाचा गर्नुका साथै विगतमा गरेका कामहरु तथा क्रियाकलापलाई सम्झाई रहेका पनि छन् । यसैक्रममा नेपाली कांगे्रसका तर्फबाट उम्मेदवार रहेका कांग्रेस केन्द्रिय सदस्य तथा शिक्षा विभाग ...