मुख्य समाचार
नेपालले पहिलो पटक इङ्ल्यान्डसँग टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दै
नेपालले पहिलो पटक इङ्ल्यान्डसँग टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दै

: आइसीसी टी-२० विश्वकपमा नेपालले पहिलो खेल दुई पटकको विश्वकप विजेता इङ्ल्यान्डसँग खेल्दैछ। बलियो टिमविरुद्ध नेपाल महत्वकांक्षी जितको खोजीमा छ। नेपालले पहिलो पटक इङ्ल्यान्डसँग टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दैछ। यो आफैंमा ऐतिहासिक हुनेछ।



मुम्बईको वाङ्खेडे स्टेडियममा नेपालले आइतबार नेपाली समयानुसार ३:१५ मा खेल्नेछ। नेपालका लागि यो विश्वकप धेरै अर्थमा खास हुनेछ। छिमेकी राष्ट्र भारतमा भइरहेको विश्वकपमा नेपाली समर्थकको पनि ठूलो संख्यामा उपस्थिति हुनेछ। भारतपछि सर्वाधिक मागमा रहेको नेपालको खेलको टिकट रहेको आइसीसीले पनि बताउँदै आएको छ।



समूह चरणको पहिलो खेल टी-२० अन्तर्राष्ट्रिय वरीयताको शीर्ष ३ मा पर्ने र हालः सर्वाधिक फर्ममा रहेको टिम इङ्ल्यान्डविरुद्ध नेपाल जित निकाल्न चाहन्छ। टेष्ट मान्यता प्राप्त राष्ट्रसँग नेपालले यसअघि पनि खेलेको छ। नेपालले यसअघि वेस्ट इन्डिजसँग ३ खेल सम्मिलित सिरिजमा २-१ को जित दर्ता गरेको थियो। नेपालले टी-२० अन्तर्राष्ट्रियमा कुनै टेष्ट राष्ट्रलाई हराएको यो पहिलो इतिहास रह्यो। नेपालले जारी विश्वकपमा २ वटा टेष्ट राष्ट्रसँग खेल्ने छ।



इङ्ल्यान्ड नेपालभन्दा वरीयतामा १३ स्थान माथि छ। टी-२० क्रिकेटमा नेपालभन्दा धेरै राम्रो क्षमता र एक्सपोजर पाएको टिम पनि हो। पछिल्लो समय इङ्ल्यान्ड निकै राम्रो फर्ममा छ। ब्याटिङ, बलिङदेखि फिल्डिङमा पनि इङ्ल्यान्डले नेपाललाई राम्रै चुनौती पेस गर्नेछ।

इङ्ल्यान्डले नेपालको खेलको एक दिन अगाडि नै प्लेइङ ११ सार्वजनिक गर्दै नेपाललाई सिधै चुनौती पेस गरेको छ। नेपाललाई यसको फाइदा पनि हुन सक्छ। नेपालले उपयुक्त खेलाडीहरूलाई हेर्दै रणनीति बनाउन सक्छ। नेपालका प्रशिक्षक स्टुअर्ट ललाई रणनीति बनाउने धेरै लामो समय मिलेको छ। नेपालका लागि यो राम्रो मौका पनि बन्न सक्छ। लामो इतिहास बोकेको वाङ्खेडेमा ठूलो नेपाली समर्थकको अगाडि नेपालले अर्को टेष्ट राष्ट्रलाई हराउने मौका बन्न सक्छ।

इङ्ल्यान्डका कप्तान ह्यारी ब्रुकले विपक्षीलाई सम्मान गर्दै खेल्ने बताए। ‘हाम्रो पहिलो खेल नेपालसँग छ। हामी वर्तमानमा रहन्छौं। हाम्रो विश्वकप जित्ने लक्ष्य हो,’ उनले भने। वाङ्खेडेको मैदानमा उनीहरूलाई रन बनाउन सहज हुने उनले बताए। ‘वाङ्खेडेको वाउन्ड्री सानो छ। यहाँ वाउन्ड्रीमा रन हान्न सहज हुनेछ,’ उनले भने। दुई पटकको विश्वकप विजेता इङ्ल्यान्ड तेस्रो पटक विश्वकप जित्न चाहन्छ। इङ्ल्यान्डका लागि नेपाली क्रिकेट टिम नयाँ रहेको उनले बताए। ‘नेपाल हाम्रो लागि नयाँ प्रतिस्पर्धी हो। यहाँका खेलाडीहरूको बारेमा हामीले रिसर्च गरेर खेल्नु पर्ने हुन्छ,’ उनले भने।

इङ्ल्यान्डका स्पिनर विल ज्याक खेल अगाडीको प्रि म्याचमा बोल्दै उनीहरूका लागि विश्वकपका हरेक खेल महत्वपूर्ण हुने बताए। ‘हाम्रो लागि विश्वकपको सबै खेल उत्तिकै महत्वपूर्ण हुनेछ,’ नेपालको बारेमा उनले भने, ‘नेपाल पछिल्लो समय निकै राम्रो प्रदर्शन र विकास गरिरहेको छ।’ उनले आफूहरूका लागि विश्वकपको हरेक खेल उत्तिकै महत्वपूर्ण हुने बताए।

बलियो इङ्ल्यान्डविरुद्ध नेपालको जितको लक्ष्य
मुख्य विश्वकप अगाडि नेपालले २ वटा अभ्यास खेल खेलेको थियो। दुई वटा अभ्यास खेल नै राम्रो नजिताले जितेको नेपालको आत्मविश्वास निकै बलियो रहेको छ। नेपालले पहिलो खेलमा युएईलाई ७ विकेट र क्यानडालाई ६ विकेटले हराएको थियो। त्यसपछि आइसीसीले आयोजना गरेको कप्तानहरूको प्रि म्याच प्रेस कन्फ्रेन्समा नेपालका कप्तान रोहित पौडेलले वाङ्खेडेजस्तो ऐतिहासिक मैदानमा जितको लक्ष्य राखेको बताएका थिए। ‘सायद हामी पनि यही विश्वप्रसिद्ध रंगशालामा एउटा नयाँ इतिहास बनाएर फर्कनेछौं,' उनले भनेका थिए।

नेपाल समूह चरणको कम्तीमा २ खेल जित्दै सुपर ८ मा पुग्न चाहन्छ। ‘हाम्रो लक्ष्य नै सुपर ८ पुग्ने हो,’ रोहितले भने। चेन्नईमा भएको अभ्यास खेलपछि मुम्बई फर्किएका रोहितले भने, ‘यसअघिका संस्करणमा समूह चरणबाटै बाहिरियौं। अब त्यो दोहोरिनेछैन।’ नेपालले समग्रमा तेस्रो पटक र लगातार दोस्रो पटक विश्वकप खेल्दैछ। अब विश्वकप खेल्नेमात्रै नभएर समूह चरणभन्दा माथि पुग्ने इच्छा नेपालको हुनेछ।

नेपाल पछिल्लो समय निकै राम्रो फर्ममा रहेका छन्। त्यसमा पनि छोटो वाउन्ड्री भएका कारण नेपाली ब्याटरहरूका लागि पनि ठूलो सट खेल्न सहज हुनेछ। पहिलो खेल अगाडि नेपालले मुम्बईमा अभ्यास भने गर्ने अवसर पाएन। चेन्नईमा अभ्यास खेल खेलेर आएको नेपालले वाङ्खेडेमा सिधै खेल खेल्नेछ। यो केही हदसम्म नेपालका लागि चुनौतीपूर्ण हुनेछ। नेपालका बलरहरूले इङ्ल्यान्डको ब्याटरहरूलाई २ सयभन्दा कम रनमा रोक्न प्रयास गर्नुपर्ने हुन्छ।

समूह सीमा रहेको नेपालको पहिलो खेल इङ्ल्यान्डसँग खेल्नेछ भने दोस्रो खेल इटालीसँग खेल्नेछ। तेस्रो खेल वेस्ट इन्डिजसँग खेल्नेछ। चौथो खेल नेपालले स्कटल्यान्डसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम