: राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह (बालेन)ले सिन्धुपाल्चोकको बाह्रबिसे पुगेर घण्टीघरमा घण्टी बजाएका छन्।
रास्वपा क्षेत्र नम्बर १ का उम्मेदवार भरतप्रसाद पराजुलीसहित उनले घण्टी बजाउँदै छोटो समय बाह्रबिसेमा बिताएका हुन्। बालेनको स्वागतमा खाडिचौर र बाह्रबिसेमा समर्थक तथा युवाहरू सडकमा उत्रिएका थिए। ‘अगलि बार, बालेन सरकार’ लगायत उनको समर्थनमा नाराबाजी, ताली र घण्टीको आवाजबीच उनको स्वागत गरिएको थियो।
शुक्रबार दिउँसो करिब २ बजेतिर बाह्रबिसे आएका शाहले पार्टी कार्यालयमा केहीबेर समर्थकहरूसँग भेटघाट गरेका थिए। औपचारिक सम्बोधन नगरे पनि उनको उपस्थितिले रास्वपाको अभियानलाई स्थानीयस्तरमा सक्रिय बनाएको उम्मेद्वार पराजुलीले बताए।