मुख्य समाचार
नेपाल-भारत सीमा सुरक्षा बैठकका क्रममा बेहोस भएर ढलेका सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन
नेपाल-भारत सीमा सुरक्षा बैठकका क्रममा बेहोस भएर ढलेका सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन

: मोरङको विराटचोकमा आयोजित नेपाल-भारत सीमा सुरक्षा बैठकका क्रममा बेहोस भएर ढलेका सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ।






नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बलका अधिकारी सम्मिलित डीआईजी तहको समकक्ष समन्वय बैठक चलिरहेका बेला शुक्रबार दिउँसो उनी बेहोस भएर ढलेका थिए।


सशस्त्र प्रहरी बल मोरङका प्रमुख घिमिरे बैठकमा सहभागी भइरहेकै बेला अचानक ढलेपछि उपचारका लागि मोरङकै बुढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा चिकित्सकले मृत घोषित गरिदिएका हुन्।

उच्च रक्तचापका कारण उनी ढलेको र बचाउन नसकिएको अस्पतालले जनाएको छ। बेहोस भएर ढल्ने क्रममा एसपी घिमिरेको जिब्रो काटिएको थियो। स्वास्थ्य अवस्था झन् बिग्रिँदै गएपछि सघन उपचारका लागि भेन्टिलेटरको सहायता लिइएको थियो। उनको शव अस्पतालको आकस्मिक कक्षमा राखिएको छ । आफन्त र परिवारका सदस्यलाई खबर भइसकेको अस्पतालले जनाएको छ।

सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहिनी पकली सुनसरीका डीआईजी कुमार न्यौपानेले घटनाको पुष्टि गरेका छन्। ‘बैठककै क्रममा उहाँ अचानक ढल्नु भएको थियो,’ उनले भने, 'त्यसपछि तत्काल उपचारका लागि लागिएको भए पनि अस्पताल र चिकित्सकको प्रयास सफल भएन।’

नम्बर ३बाहिनी गाढीमाई मुख्यालय मकवानपुरमा सरुवा भएका घिमिरे शनिबार त्यता जाने तयारीमा थिए। तर, मोरङबाट बिदा हुनुअघि नै उनको निधन भएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य सेवालाई राज्यको परोपकार नभई नागरिकको सुरक्षाका रूपमा स्थापित गर्ने संकल्प गरेका छन् । ‘स्वास्थ्य दान होइन, सुरक्षा हो’ भन्ने मूल मन्त्रका साथ उनले स्वास्थ्य बिमा कार्यक्रमलाई आमूल सुधार गरी प्रत्येक नेपालीलाई समेट्ने खाका प्रस्तुत गरेका हुन् । उनले स्वास्थ्य बीमालाई नेपालको गौरवको योजनाका रुपमा अघि सार्ने प्रतिवद्धता जनाएका ...
: स्याङजाको पुतलीबजार नगरपालिका–१० सुम्रेखोलामा एक दम्पतीमाथि कुटपिट गरी घाइते बनाएर भागेका पाँच युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गए राति युवाहरुको कुटपिटबाट पुतलीबजार नगरपालिका–१० सुम्रेखोला निवासी पृथ्वीराज अर्याल र श्रीमती संजीता नेपाल अर्याल घाइते भएका छन् । शुक्रबार राति १० बजेतिर सिद्धार्थ राजमार्ग हुँदै ग.२४ प. ५१०१ नम्बरको स्कुटरमा आफ्नो घर सुम्रेखोला जाँदै गर्दा ...
: कैलालीको लम्कीचुहा नगरपालिका–८ मा ट्रकको ठक्करबाट १५ वर्षीय एक किशोरको ज्यान गएको छ । गए राति साढे ११ बजे पूर्व–पश्चिम राजमार्गको गप्का सडक खण्डमा सु.प. प्र. ०१००१ ख २८५० नम्बरको ट्रकले ठक्कर दिँदा साइकल यात्री १५ वर्षीय शिरिष भण्डारीको ज्यान गएको हो । nullजिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी डिएसपी योगेन्द्र तिमिल्सेनाले दिएको जानकारी ...
: ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेस्थित बोहोरे टोलमा वृद्ध दम्पती चन्द्रविक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईलाई लुटपाट गरी हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ओखलढुंगाको भदौरेकै स्थानीय दुई दाजुभाइलाई उक्त घटनामा संलग्न भएको प्रारम्भिक अनुसन्धानले पुष्टि गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनामा प्रयोग भएको हातहतियार समेत प्रहरीले ...
: नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको आन्तरिक कारणले आसन्न निर्वाचन प्रभावित हुन नहुने बताएका छन् । नुवाकोट–१ मा उम्मेदवार रहेका डा. महतले काठमाडौंमा वित्तीय कर्मचारी समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै नयाँ भन्नेहरुको पुच्छर र शीर कहाँ छ भन्ने नै थाहा नभएको बताएका छन् । पूर्व पार्टी प्रवक्ता समेत रहेका डा. महतले भने, ‘अहिले ...