मुख्य समाचार
ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (विगेसो)ले काठमाडौंको माइतिघरमा प्रदर्शन
ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (विगेसो)ले काठमाडौंको माइतिघरमा प्रदर्शन

: ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (विगेसो)ले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको छ । सर्वोच्च अदालतले गरेको निर्देशनात्मक आदेशलाई सरकारले ३ वर्षसम्म पनि कार्यान्वयन नगरेको भन्दै संगठनले शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । null



उनीहरूले सर्वोच्च अदालतले नेपालीहरूलाई अन्य देशका सेना बनाउन रोक्न दिएको सकारात्मक फैसलालाई सरकारले कार्यान्वयन नगरेकोले विरोध गरिएको जनाएका छन् । संगठनका अध्यक्ष पदमसुन्दर लिम्बुले २०७९ माघ २४ गते सरकारका नाममा निर्देशनात्मक आदेश जारी भएको दिनलाई संगठनले सकारात्मक रुपमा लिएकाले उक्त आदेशलाई कार्यान्वयन गर्न प्रदर्शन गरिएको बताए।



प्रदर्शनमा सहभागीहरूले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरू मानवअधिकारप्रति जिम्मेवार बन, सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर, गोर्खाको पहिचान बेचेर खान पाइँदैन लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य सेवालाई राज्यको परोपकार नभई नागरिकको सुरक्षाका रूपमा स्थापित गर्ने संकल्प गरेका छन् । ‘स्वास्थ्य दान होइन, सुरक्षा हो’ भन्ने मूल मन्त्रका साथ उनले स्वास्थ्य बिमा कार्यक्रमलाई आमूल सुधार गरी प्रत्येक नेपालीलाई समेट्ने खाका प्रस्तुत गरेका हुन् । उनले स्वास्थ्य बीमालाई नेपालको गौरवको योजनाका रुपमा अघि सार्ने प्रतिवद्धता जनाएका ...
: स्याङजाको पुतलीबजार नगरपालिका–१० सुम्रेखोलामा एक दम्पतीमाथि कुटपिट गरी घाइते बनाएर भागेका पाँच युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गए राति युवाहरुको कुटपिटबाट पुतलीबजार नगरपालिका–१० सुम्रेखोला निवासी पृथ्वीराज अर्याल र श्रीमती संजीता नेपाल अर्याल घाइते भएका छन् । शुक्रबार राति १० बजेतिर सिद्धार्थ राजमार्ग हुँदै ग.२४ प. ५१०१ नम्बरको स्कुटरमा आफ्नो घर सुम्रेखोला जाँदै गर्दा ...
: कैलालीको लम्कीचुहा नगरपालिका–८ मा ट्रकको ठक्करबाट १५ वर्षीय एक किशोरको ज्यान गएको छ । गए राति साढे ११ बजे पूर्व–पश्चिम राजमार्गको गप्का सडक खण्डमा सु.प. प्र. ०१००१ ख २८५० नम्बरको ट्रकले ठक्कर दिँदा साइकल यात्री १५ वर्षीय शिरिष भण्डारीको ज्यान गएको हो । nullजिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी डिएसपी योगेन्द्र तिमिल्सेनाले दिएको जानकारी ...
: ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेस्थित बोहोरे टोलमा वृद्ध दम्पती चन्द्रविक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईलाई लुटपाट गरी हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ओखलढुंगाको भदौरेकै स्थानीय दुई दाजुभाइलाई उक्त घटनामा संलग्न भएको प्रारम्भिक अनुसन्धानले पुष्टि गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनामा प्रयोग भएको हातहतियार समेत प्रहरीले ...
: नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको आन्तरिक कारणले आसन्न निर्वाचन प्रभावित हुन नहुने बताएका छन् । नुवाकोट–१ मा उम्मेदवार रहेका डा. महतले काठमाडौंमा वित्तीय कर्मचारी समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै नयाँ भन्नेहरुको पुच्छर र शीर कहाँ छ भन्ने नै थाहा नभएको बताएका छन् । पूर्व पार्टी प्रवक्ता समेत रहेका डा. महतले भने, ‘अहिले ...