मुख्य समाचार
गगन थापाले स्वास्थ्य सेवालाई राज्यको परोपकार नभई नागरिकको सुरक्षाका रूपमा स्थापित गर्ने संकल्प
गगन थापाले स्वास्थ्य सेवालाई राज्यको परोपकार नभई नागरिकको सुरक्षाका रूपमा स्थापित गर्ने संकल्प

: नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य सेवालाई राज्यको परोपकार नभई नागरिकको सुरक्षाका रूपमा स्थापित गर्ने संकल्प गरेका छन् ।



‘स्वास्थ्य दान होइन, सुरक्षा हो’ भन्ने मूल मन्त्रका साथ उनले स्वास्थ्य बिमा कार्यक्रमलाई आमूल सुधार गरी प्रत्येक नेपालीलाई समेट्ने खाका प्रस्तुत गरेका हुन् । उनले स्वास्थ्य बीमालाई नेपालको गौरवको योजनाका रुपमा अघि सार्ने प्रतिवद्धता जनाएका छन् ।



सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहेका सभापति थापाले भने, ‘नेपाली कांग्रेस बदलिनेछ र बदलिएको कांग्रेसले देश बदल्ने छ । त्यो बदलावको सुरुवात नागरिकको स्वास्थ्य सुरक्षाबाट हुनेछ ।’ उनले पैसा नभएकै कारण उपचार बीचमै छोड्नु पर्ने र उपचार गर्दागर्दै घरखेत सकिएर सडकमा पुग्नुपर्ने विद्यमान पीडादायी अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाए ।



विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार बिरामीको खल्तीबाट हुने खर्च करिब २० प्रतिशत हुनुपर्नेमा नेपालमा ५७ प्रतिशत भन्दा बढी रहेको तथ्य उल्लेख गर्दै थापाले यसलाई घटाउनु राज्यको मुख्य दायित्व भएको बताएका छन् । उनले स्वास्थ्य बिमालाई प्रभावकारी बनाएर यो खर्च न्यूनीकरण गर्ने योजना अघि सारेका छन् । अब प्रत्येक नेपाली नागरिकको स्वास्थ्य बीमा हुनुपर्ने सभापति थापाले बताएका छन् ।

‘नत्र यो चल्न सक्दैन,’ उनले भने । बीमा कार्यक्रम चलाउन आफूले प्रशस्त अध्ययन गरेर तयारी गरेको पनि सभापति थापाले बताएका छन् ।
अनिवार्य र सर्वव्यापी बीमा : औपचारिक क्षेत्रबाट सुरु गरेर प्रत्येक नेपाली नागरिकलाई अनिवार्य रूपमा बिमाको दायरामा ल्याउने । प्रिमियम तिर्न नसक्ने अति विपन्न, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको प्रिमियम राज्यले व्यहोर्ने ।

दिगो आर्थिक स्रोत : रक्सी, चुरोट जस्ता स्वास्थ्यका लागि हानिकारक वस्तुमा विशेष कर लगाएर त्यसबाट संकलित रकम स्वास्थ्य बीमामा खर्च गर्ने ।
एकीकृत स्वास्थ्य प्रणाली : तीनै तहका सरकार (स्थानीय, प्रदेश र संघ) बाट सञ्चालित स्वास्थ्य कार्यक्रमहरूलाई छरपष्ट हुन नदिई बीमा अन्तर्गत एकीकृत गर्ने ।
सुशासन र डिजिटल प्रणाली : बिमा बोर्डलाई बलियो बनाउने, दाबी भुक्तानीलाई समयमै गर्ने र ‘रियल टाइम डिजिटल सिष्टम’ मार्फत पारदर्शिता सुनिश्चित गरी चुहावट रोक्ने ।

निर्वाचनपछिको पाँच वर्षभित्र स्वास्थ्य बिमालाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याई ‘नेगेटिभ लिस्ट’ बाहेकका सबै उपचार सेवा बीमामार्फत निःशुल्क उपलब्ध गराउने थापाको योजना छ । ‘हामीले जिम्मेवारी पाउँदा स्वास्थ्य बिमालाई राष्ट्रिय गौरवको आयोजना बनाउनेछौँ,’ उनले भने,’ त्यसपछि कुनै पनि नेपालीले उपचारका लागि घरखेत बेच्नु पर्ने छैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: स्याङजाको पुतलीबजार नगरपालिका–१० सुम्रेखोलामा एक दम्पतीमाथि कुटपिट गरी घाइते बनाएर भागेका पाँच युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गए राति युवाहरुको कुटपिटबाट पुतलीबजार नगरपालिका–१० सुम्रेखोला निवासी पृथ्वीराज अर्याल र श्रीमती संजीता नेपाल अर्याल घाइते भएका छन् । शुक्रबार राति १० बजेतिर सिद्धार्थ राजमार्ग हुँदै ग.२४ प. ५१०१ नम्बरको स्कुटरमा आफ्नो घर सुम्रेखोला जाँदै गर्दा ...
: कैलालीको लम्कीचुहा नगरपालिका–८ मा ट्रकको ठक्करबाट १५ वर्षीय एक किशोरको ज्यान गएको छ । गए राति साढे ११ बजे पूर्व–पश्चिम राजमार्गको गप्का सडक खण्डमा सु.प. प्र. ०१००१ ख २८५० नम्बरको ट्रकले ठक्कर दिँदा साइकल यात्री १५ वर्षीय शिरिष भण्डारीको ज्यान गएको हो । nullजिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी डिएसपी योगेन्द्र तिमिल्सेनाले दिएको जानकारी ...
: ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेस्थित बोहोरे टोलमा वृद्ध दम्पती चन्द्रविक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईलाई लुटपाट गरी हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ओखलढुंगाको भदौरेकै स्थानीय दुई दाजुभाइलाई उक्त घटनामा संलग्न भएको प्रारम्भिक अनुसन्धानले पुष्टि गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनामा प्रयोग भएको हातहतियार समेत प्रहरीले ...
: नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको आन्तरिक कारणले आसन्न निर्वाचन प्रभावित हुन नहुने बताएका छन् । नुवाकोट–१ मा उम्मेदवार रहेका डा. महतले काठमाडौंमा वित्तीय कर्मचारी समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै नयाँ भन्नेहरुको पुच्छर र शीर कहाँ छ भन्ने नै थाहा नभएको बताएका छन् । पूर्व पार्टी प्रवक्ता समेत रहेका डा. महतले भने, ‘अहिले ...
: आउँदो फगुनमा २१ मा हुने निर्वाचनका लागि उमेदवारहरुलाई भ्याईनभ्याई भएको छ । निर्वाचन परिणामलाई आफ्नो पोल्टामा पार्न डडेल्धुरामा पनि दल र उम्मेदवार लागिपरेका छन । मतदातालाई रिझाउने क्रममा उम्मेदवारहरुले विभिन्न बाचा गर्नुका साथै विगतमा गरेका कामहरु तथा क्रियाकलापलाई सम्झाई रहेका पनि छन् । यसैक्रममा नेपाली कांगे्रसका तर्फबाट उम्मेदवार रहेका कांग्रेस केन्द्रिय सदस्य तथा शिक्षा विभाग ...