मुख्य समाचार
महिलामा हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप कार्यक्रम लुम्बिनी प्रदेशमा शुभारम्भ
महिलामा हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप कार्यक्रम लुम्बिनी प्रदेशमा शुभारम्भ

: महिलामा हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप कार्यक्रम लुम्बिनी प्रदेशमा शुभारम्भ भएको छ । आइतबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्यूठानमा एक कार्यक्रमबीच खोप कार्यक्रम शुभारम्भ गरेका हुन् ।

कार्यक्रम उद्घाटन गर्दै मन्त्री सारुले महिलामा हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप देशभर ३ लाख ५० हजार र लुम्बिनी प्रदेशमा ६१ हजार किशोरीलाई दिइने उल्लेख गरे ।

‘रोग लाग्नु भन्दा पहिले नै सचेतता अभियानको रुपमा खोप कार्यक्रम सञ्चालन गरिएको छ’, उनले भने, ‘खोपका माध्यमबाट स्वस्थ नागरिक बनाउने सरकारको नीति अनुरुप कार्यक्रम सञ्चालन गरिएको छ ।’ खोप कार्यक्रममा कक्षा–६ मा अध्ययनरत किशोरी र समुदायमा रहेका १० देश १४ वर्ष उमेर समूहका किशोरीहरु सहभागी हुनेछन् ।

नेपाल सरकारले तीनै तहका सरकारमार्फत क्यान्सर रोकथामका लागि विभिन्न प्रयासहरु गर्दै आएको स्वास्थ्यमन्त्री सारुले बताए । ‘९०–९०–९० अभियान सरकारले सञ्चालन गरेको छ’, उनले भने, ‘किशोरीहरुमा कम्तिमा ९० प्रतिशत खोपको सुनिश्चितता, ३० देखि ४९ वर्ष उमेर समूहका महिलाहरुमा कम्तिमा ९० प्रतिशत पहिचान गर्ने र ९० प्रतिशत क्यान्सरको उपचार गर्ने सरकारको रणनीति रहेको छ ।’

nullसरकारी तथ्याङ्क अनुसार नेपालमा २,१६९ जनामा बार्षिक पाठेघरको मुखको क्यान्सर देखापर्ने र १,११३ जनाले यसैका कारण ज्यान गुमाउने गरेका छन् । विश्वव्यापी रुपमा बार्षिक ५ लाख ७० हजारमा क्यान्सर देखा पर्ने र सन् २०३० सम्म ७ लाख पुग्ने अनुमान गरिएकाले यसको रोकथामका लागि सरकारले अभियान सञ्चालन गरेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख नरेशबाबु श्रेष्ठले बताए । प्यूठान जिल्लाका नौं वटै पालिकामा सञ्चालन गरिएको खोप कार्यक्रमबाट २,९११ जना किशोरी लाभान्वित हुने लक्ष्य रहेको उनले बताए ।

क्यान्सर रोगीहरुको स्थिति भयावह
लुम्बिनी प्रदेशमा क्यान्सर रोगीहरुको स्थिति भयावह देखिएको स्वास्थ्यमन्त्री खेमबहादुर सारुले बताएका छन् । महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको प्यूठानमा शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।

‘तीन वर्षअघिको र अहिलेको तथ्यांक हेर्दा ३ सय प्रतिशतले नसर्ने रोगीहरुको संख्या बढेको छ’, उनले भने, ‘प्रदेश सरकारले सबै प्रकारका क्यान्सर, मुटु र मृगौला रोगीहरुका लागि दिने गरेको सहायता खर्चले यस्तो स्थिति देखिएको हो ।’ गत आर्थिक वर्षमा प्रदेश सरकारले ३,८५१ जनालाई आर्थिक सहायता मार्फत १९ करोड सहयोग गरेको उनले बताए ।

प्रदेश सरकारले तीन वर्ष अघि १,२२४ जनालाई नौं करोड रुपैंया सहयोग उपलब्ध गराएको थियो । प्रदेश सरकारले तोकिएका दीर्घरोगीहरुलाई उपचारका लागि प्रतिव्यक्ति २ लाख रुपैंयासम्म सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गर्भवतीको ज्यानमा खतरा पुग्ने अवस्थामा जतिसुकै अवधिको गर्भपतन गर्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमा यस्तो व्यवस्था प्रस्तावित छ । यो विधेयक यही असोज ५ गते स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रतिनिधिसभामा दर्ता गरेकी छन् । जसमा सुरक्षित गर्भपतन सम्बन्धी ...
। त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको निधन भएको छ । कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा निधन भएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार उनको सोमबार राति नै निधन भएको हो । अस्पतालका अनुसार चालकको शरीरको ९० प्रतिशत भाग जलेको थियो । घाइते चालकलाई दिउँसो करिब १ बजे अस्पताल पुर्‍याइएको थियो। सोमबार मध्याह्न त्रिपुरेश्वरचोकको ...
: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले जलन उपचारमा विशेषज्ञ जनशक्ति तयार गर्न ३० कार्यदिनको जलन उपचारसम्बन्धी विशेषज्ञ तालिम सञ्चालन गर्ने भएको छ। जलन सेवाको राष्ट्रियस्तरीय उपचार मापदण्डअनुसार तेस्रो तहको सेवा प्रवाह गर्न आवश्यक दक्ष जनशक्ति तयार गर्ने उद्देश्यका साथ तालिम केन्द्रले जलन उपचारसम्बन्धी विशेषज्ञ तालिमको पाठ्यक्रम तथा सामग्री विकास गरेको हो। मन्त्रालयको ...
। नेपाली कांग्रेसले आसन्न १५ औं महाधिवेशनमा पार्टीका सबै तहका नेता–कार्यकर्तालाई सहभागी गराउन अन्तिम समयसम्म पहल गर्ने जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले महाधिवेशनमा कुनैपनि अग्रज नेता नछुटुन् भन्ने उद्देश्यले पार्टीले निरन्तर पहल गरिरहेको बताएका हुन् । उनका अनुसार पूर्वसभापति शेरबहादुर देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, ...
: भदौ १० गते भोटेकोसशीमा आएको बाढीबाट क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी अस्पताल पुनः सञ्चालनमा आएको छ। बाढीका कारण अस्पतालको भुइँतलामा हिलो र लेदो भरिनुका साथै औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा अन्य सामग्रीमा क्षति पुगेको थियो। त्यसपछि अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित भएको थियो। विपद्पछि अस्पतालको सरसफाइ तथा पुनःस्थापनाका लागि स्थानीयवासी, सुरक्षा निकाय, विभिन्न संघसंस्था र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम