मुख्य समाचार
सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते
सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते

: धादिङको थाक्रे गाउँपालिका वडानम्बर- ६ दशकिलास्थित पृथ्वीलोकमार्गमा आइतबार बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।




बिहान करिब ७ :३० बजेतिर दाङबाट काठमाडौँतर्फ आउँदै गरेको प्र-३-०१-००६ ख १५५२ नम्बरको बस र विपरीत दिशाबाट काठमाडौंबाट रसुवातर्फ जाँदै गरेको बा. प्र-०१-००६ ख ५२०६ नम्बरको बस ठोक्किदा दुर्घटना भएको हो। दुर्घटनापछि दुवै बस नजिकै रहेको टिनले छाएको खाजा पसलमा समेत ठोक्किन पुगेका थिए।



उक्त खाजा पसल जिल्ला बाँके वैजनाथ गाउँपालिका–१ घर भई हाल पसल सञ्चालन गर्दै आएका ५४ वर्षीय खगेश्वर शर्माले सञ्चालन गर्दै आएका थिए। बस ठोक्किँदा पसल छेउमा टिपर रोकी चिया–नास्ता गरिरहेका टिप्पर चालक धादिङ धुनिवेशी नगरपालिका–९ स्याउले निवासी ३५ वर्षीय सुजन तामाङ गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर लगिएकोमा उपचारकै क्रममा बिहान १० बजे चिकित्सकले मृत घोषणा गरेका छन्। उनको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो।

दुर्घटनामा खाजा पसल सञ्चालक खगेश्वर शर्मा खुट्टामा चोट लागेर घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको र हाल ललितपुरस्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। साथै,काठमाडौँबाट रसुवातर्फ जाँदै गरेको बसमा सवार गल्छी घर बताउने अन्दाजी ८ वर्षीया सफल्ता पुलामी मगर सामान्य घाइते भएकी छन्। उनको थाक्रे पोलिक्लिनिकमा उपचारपछि डिस्चार्ज गरिएको छ।

दुवै बसमा सवार अन्य यात्रुहरू भने सुरक्षित रहेका छन्। दुर्घटनापछि इलाका प्रहरी कार्यालय खानीखोला धादिङ तथा प्रहरी चौकी महादेववेशीबाट ट्राफिकसहितको प्रहरी टोली खटिएर घाइतेको उद्धार तथा उपचारको व्यवस्था गरिएको थियो।

दुर्घटनामा संलग्न दुवै बसका चालकहरू हाल इलाका प्रहरी कार्यालय खानीखोला धादिङको नियन्त्रणमा रहेका छन्। घटनास्थलमा हाल सवारी आवागमन अवरुद्ध नरहेको र दुर्घटनाको कारण तथा घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारतीय गोर्खा सैनिक (गोर्खा रेजिमेन्ट इन्डिया) मा नेपालीलाई पुन: भर्ती खुलाउन माग गर्दै पोखरामा प्रदर्शन गरिएको छ । भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल, पोखराले बुधबार पोखरामा प्रदर्शन गरेको हो । प्रदर्शनमा नेपाली युवाहरूलाई भारतीय सेनामा पुन: भर्ती खुालाउनुपर्ने र भूतपूर्व सैनिक संघसंस्थाहरूको नवीकरण सुचारु गर्न माग गरिएको छ । पोखराका विभिन्न ठाउँमा भूतपूर्व भारतीय सैनिक ...
। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पूर्वसभापति शेरबहादुर देउवालाई बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागतको तयारी गरेको छ । झण्डै ६ महिनापछि बिहीबार स्वदेश फर्किन लागेको देउवालाई इतर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्न लागिएको हो । इतर समूहले राष्ट्रिय भेलाका लागि गठन गरेको सांस्कृतिक समिति संयोजक विद्या तिमिल्सिनाले पूर्वसभापति देउवाको स्वागतका लागि बाजागाजासहित ...
। प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले नेपाल प्रहरीको पोसाक तथा सामाग्री खरिदमा भएको भनिएको अनियमितताबारे छलफल गर्न थालेको छ । बुधबार बसेको समिति बैठकले १५ दिनभित्र प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदको विवरण पेस गर्न निर्देशन जारी गरेको छ । यसअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदको विवरण सरकारले १५ ...
। विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने विषयमा निर्वाचन आयोगले अध्ययन थालेको छ । यो विषयमा बुधबार निर्वाचन आयोगको बैठक बसेको थियो । जसले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न अलग अलग दुई वटा समिति नै गठन गरेको छ । कानुनी तथा सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेस गर्न आयोगका आयुक्तज्यूहरूको सयोजकत्वमा ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले युवाको नेतृत्वमा रहेको सरकारले परिणाम दिन नसके युवाहरूले पनि नहुने भाष्य बन्न सक्ने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले राखेको कार्यक्रममा बोल्ने क्रममा सभापति लामिछानेले हाल युवाले चलाएको सरकार, पार्टी, सदन रहेको बताए । ‘युवा भनेर पनि नहुने भन्ने भाष्य बन्न सक्ने अवस्था आउनसक्छ । अहिले यो ...