मुख्य समाचार
बिभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड २६ औं संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनल प्रवेश
बिभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड २६ औं संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनल प्रवेश

— बिभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड २६ औं संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।

धरान रंगशालामा आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा चर्च ब्वाइजले पुलिसमाथि १–० को जीत निकाल्यो । चर्च ब्वाइजलाई अन्तिम चारको यात्रा तय गराउन रिचार्ड विल्सनले निर्णायक गोल गरे ।

विल्सनले खेल सुरु भएको ३० सेकेण्डमै गोल गरेका थिए । खेल सुरु भएको दोस्रो मिनेटमा पुलिसका सञ्जिव लामा र दिपेष गुरुङबीच हात हालाहाल भएपछि दुबै जनालाई रेफ्री कबिन ब्याञ्जनकारले रेडकार्ड दिएर मैदान बाहिर पठाएका थिए ।

बाँकी समय दुबै टिम १०–१० खेलाडीमा सीमित भएका थिए । झापा गोल्डकपको उद्घाटन खेलमा आयोजक झापा ११ सँग २–१ गेल अन्तरले पराजित भएको २४ घण्टा नबित्दै बुढासुब्बा खेल्न धरान पुगेको पुलिसका अधिकांश खेलाडी थकित देखिन्थे ।

एन्फाले गोल्डकप जुँधाएर बनाएको भद्रगोल क्यालेण्डरको कारण चर्च ब्वाइजले आइतबार एकै दिन बुढासुब्बा र झापा गोल्डकप खेल्नु परेको थियो । खेलको म्यान अफ द म्याच निर्णायक गोल गरेका रिचार्ड घोषित हुँदै नगद १० हजार पाए ।

आइतबारको बिजेता चर्च ब्वाइजले अब झापा ११ र सातदोबाटो युथ क्लबबीच मंगलबार हुने अन्तिम क्वाटरफाइनल खेल बिजेतासँग आगामी बिहीबार सेमिफाइनलमा प्रतिष्पर्धा गर्नेछ ।

झापा ११ ले रोयल थिम्पु फुटबल क्लब भुटानलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गर्दा सातदोबाटोले सिधै वाई पाएर अन्तिम आठको यात्रा तय गरेको थियो । त्यसअघि सोमबार हुने तेस्रो क्वाटरफाइनलमा आयोजक धरान फुटबल क्लबले पोखराको लालिगुरास एफसीको सामना गर्नेछ।

प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ । फाइनल विजेता टोलीले नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम