मुख्य समाचार
नेपाल ४ रनले पराजित
नेपाल ४ रनले पराजित

। सन् २०२४ को जुन महिनाको १५ तारिक, नेपालले दक्षिण अफ्रिकासँग टी-२० विश्वकपको खेल खेलेको थियो अनि १ रनले पराजित भएको थियो ।

त्यसको करिब दुई वर्षपछि आज नेपालले इंग्ल्यान्डविरुद्ध खेल्दा त्यसबेलाभन्दा राम्रो प्रदर्शन गर्‍यो, तर नतिजा भने यसपटक पनि सुखद हुन सकेन । यसपटक नेपाल ४ रनले पराजित हुन पुग्यो ।




बलिङ र ब्याटिङमा परिपक्क प्रदर्शन गरेपनि दुवै पक्षको फिनिसिङमा फेरि पनि चुक्दा फेरि पनि स्तब्ध हुन पुग्यो । मैदानमा उपस्थित हजारौं दर्शक अनि नेपालमै रहेका लाखौं क्रिकेट समर्थकहरूले फेरि एकपटक ‘हार्टब्रेक’ मोमेन्टको सामना गरे ।

आईसीसी वरियतामा तेस्रो स्थानमा रहेको इंग्ल्यन्डविरुद्ध जितको निकै नजिक पुगेर पराजित हुँदा फेरि एकपटक उही भनाइ गुञ्जिएको छ- सो क्लोज, यट सो फार अर्थात् धेरै नजिक तर अझै धेरै टाढा ।



हारका बाबजुद नेपाली टोलीले गरेको प्रदर्शन अनि देखाएको सम्भावनाबारे अहिले विश्वभर चर्चा पनि भइरहेको छ, यसले नेपालको खेल विश्वले पनि नजिकबाट नियालिरहेको छ भन्ने अझ प्रष्ट हुन्छ ।

आजको खेलमा नेपालले बलिङमा मिडल ओभर र डेथ ‌ओभर अनि ब्याटिङमा फिनिसिङको पक्षमा केही कमजोर प्रदर्शन गर्‍यो ।

बलिङमा राम्रो सुरुवात गरेको भएपनि मिडल ओभरमा नेपालले विकेट निकाल्न सकेको थिएन । डेथ ओभरमा केही विकेट निकालेको भएपनि रन पनि रोक्न नसक्दा नेपालले इंग्ल्यान्डलाई १८० भन्दा तलको योगफलमा रोक्न सकेन ।



नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका शेर मल्लले आफ्नो पहिलो बलमै आक्रामक ब्याटर फिल साल्टको विकेट लिएका थिए । त्यसको केही समयमा जस बट्लर र टम बेन्टन पनि आउट भएपछि इंग्ल्यान्ड ५७-३ को अवस्थामा पुगेको थियो ।

त्यहाँबाट नेपालले चौथो विकेट निकाल्न भने लामो समय कुर्नुपर्‍यो । कप्तान ह्यारी ब्रूक र ज्याकब बेथेलले ७१ रनको साझेदारी बनाउँदै इंग्ल्यान्डलाई बलियो स्थितिमा पुर्‍याए ।

त्यहाँबाट विल ज्याक्सले एक चौका र चार छक्कासहित फिनिसिङ गर्दै इंग्ल्यान्डको स्कोर १८४ रनसम्म पुर्‍याएका थिए ।

यसक्रममा नेपाली बलरले बीचका ओभरमा विकेट निकाल्न नसक्नु पनि ठुलो योगफलको एक कारक बनेको थियो ।

खेलपछि पोस्ट म्याचमा नन्दन यादवले पनि केही एक्स्ट्रा रनहरू फिल्डिङ र बलिङबाट बचाउन सकेको भए योगफल केही कम हुने बताएका थिए ।

विपक्षी टिमका खेलाडीले पनि नेपाली टोलीको प्रदर्शनका बारेमा खुलेर प्रशंसा गरेका थिए । अलराउन्डर विल ज्याक्सले नेपाली टोलीले शानदार प्रयास गरेको भन्दै आफुहरूले दबाब महसुस गरेको बताए ।

‘हामीले जित्यौं तर नेपाली टोलीले गरेको प्रदर्शन पनि तारिफयोगय छ’ खेलपछि ज्याक्सले भनेका थिए ।

ब्याटिङमा देखिएको चमक, फिनिसिङमा कमजोर

नेपाली टोलीको ब्याटिङमा पनि आज छुट्टै चमक देखिएको थियो । तर फिनिसिङमा चुक्दा नेपालले ऐतिहासिक जित हासिल गर्न भने सकेन ।

आसिफ शेख सस्तैमा आउट भएपनि अर्का ओपनर कुशल भुर्तेलले सुरुवातदेखि नै राम्रा शटहरू खेल्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।

भुर्तेल आउट भएपछि कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरी मिलेर राम्रो साझेदारी बनाएपछि खेल नेपालको नियन्त्रणमा देखिएको थियो ।

दीपेन्द्र ४४ अनि रोहित ३९ रनमा केही बलको अन्तरमा आउट भएपछि इंग्ल्यान्ड फेरि खेलमा फर्किएको थियो । नेपाल खेलमा पछाडि पर्दा लोकेश बमले जोफ्रा आर्चरलाई लगातार दुई छक्का प्रहार गर्दै मोमेन्टम फेरि नेपालको पक्षमा ल्याएका थिए ।



अन्तिम बलमा १० रन चाहिने समीकरण बन्दा इंग्ल्यान्डका युवा स्टार बलर साम करानले ६ बल नै शानदार लेन्थमा गर्दै नेपालको ऐतिहासिक जितलाई नकारे । यस्तो अवस्थामा एक्सपोजर र अनुभव काम लाग्छ भन्ने कुरा करानले प्रमाणित गरे ।

खेलपछि साम करानले कुरा गर्दै कप्तान ब्रूकलाई ६ वटै योर्कर बल फाल्छु भनेर भरोसा दिलाएको टिप्पणी समेत गरेका थिए ।

पहिलोपटक विश्वकपको मञ्‍चमा खेलिरहेका लोकेश बम र सयौं खेलको अनुभव बोकेका साम करानबीचको यो ६ बलको प्रतिस्पर्धामा करानले बाजी मारेपछि कहीँ कतै नेपालको फिनिसिङ गर्ने कुरामा केही लूपहोल अझै भएको र तिनलाई समाधान गर्नुपर्ने आवश्यकता समेत देखिएको छ ।

डेब्यूमै छाए शेर, लोकेश र नन्दन

नेपालका लागि पहिलोपटक विश्वकप खेल्ने टोलीमा परेका पाँचमध्ये चार खेलाडीले आजको इंग्ल्यान्डसँगको खेलमै खेल्ने मौका पाए ।

यसअघि राष्ट्रिय टिमका लागि खेलिसकेका आरिफ शेख, नन्दन यादव र लोकेश बमले विश्वकप डेब्यू गर्दा शेर मल्लले अन्तर्राष्ट्रिय डेब्यू नै विश्वकपमार्फत गरे ।

पहिलो विश्वकप खेलमा यीमध्ये ३ खेलाडी छाए, जसले खेललाई प्रभाव पार्ने किसिमकै प्रदर्शन गरे । पहिलो थियो शेर मल्लको बलिङ- उनले खेलको दोस्रो ओभर तथा आफ्नो पहिलो ओभरको पहिलो बलमै फिलिप साल्टको विकेट लिए । यी आक्रामक ब्याटरको विकेट लिएपछि नेपालले सुरुदेखि नै इंग्ल्यान्डलाई दबाबमा राख्न खोजेको थियो ।



पेस बलर नन्दन यादवले जस बट्लर र कप्तान ह्‍यारी ब्रूकको विकेट लिएका थिए । मुम्बईको पिचमा नन्दनले पेस र भेरिएसनको राम्रो प्रयोग गरेको देखिएको थियो ।

यस्तै लोकेश बमको फिनिसिङले पनि खेललाई अन्तिम ओभरसम्म पुर्‍यायो । लाइन क्रस गर्न नसकेपनि यी ३ खेलाडीले विश्वकपमा इंग्ल्यान्डजस्तो हेभिवेट टोलीसँगकै खेलमा शानदार प्रदर्शन गर्दै आगामी खेलका लागि मनोबल उच्च बनाएका छन् ।

लोकेशले पहिलो विश्वकपमा खेल्दा निकै उत्साहित रहेको भएपनि अनुभवका हिसाबले कमी भएको बताए । ‘मेरो पहिलो विश्वकप थियो र पहिले देखि हेरिरहेको थिएँ र उत्साहित पनि थिएँ । अनुभवको हिसाबमा एक्जुकेट गर्न मिस भयो जस्तो लाग्छ’ उनले खेलपछि भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम