मुख्य समाचार
प्रधानमन्त्री सुशीला कार्कीले आईसीसी टी–२० विश्वकप अन्तर्गत पहिलो खेलमा नेपाली टोलीको प्रदर्शन तारिफयोग्य भएको बताए
प्रधानमन्त्री सुशीला कार्कीले आईसीसी टी–२० विश्वकप अन्तर्गत पहिलो खेलमा नेपाली टोलीको प्रदर्शन तारिफयोग्य भएको बताए

। प्रधानमन्त्री सुशीला कार्कीले आईसीसी टी–२० विश्वकप अन्तर्गत पहिलो खेलमा नेपाली टोलीको प्रदर्शन तारिफयोग्य भएको बताएकी छिन् ।

जित र हार खेलको नियम भएको बताउँदै उनले आशा अझै बाँकी रहेको टिप्पणी सामाजिक सञ्जालमार्फत गरेकी छिन् ।


इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा १० रन चाहिँदा सेट ब्याटर लोकेश बम क्रिजमा रहेपनि जित निस्कन भने सकेन ।

तर, आजको खेल कसरी खेलिएको भन्ने कुरा महत्त्वपूर्ण रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ ।



‘जित–हार खेलको नियम हो । हामीले कसरी खेल्यौं, त्यो महत्त्वपूर्ण हो । आज नेपाली टोलीको प्रदर्शन तारिफयोग्य छ । आशा अझै बाँकी छ,’ प्रधानमन्त्री कार्कीले भनेकी छिन् ।

कार्की आफैं पनि बालुवाटारस्थित निवासमा बसेर खेल हेरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी टी-२० विश्वकप २०२६ मा सहआयोजक श्रीलंकाले विजयी सुरुवात गरेको छ । आइतबार राति सम्पन्न समूह ‘बी’ अन्तर्गतको खेलमा श्रीलंकाले आयरल्यान्डलाई २० रनले पराजित गरेको हो । श्रीलंकाले दिएको १६४ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १ बल बाँकी छँदा १४३ रनमा अलआउट भयो । ह्‍यारी टेक्टरले सर्वाधिक ४० रन बनाए । रस अडेयरले ३४ रन बनाए । ...
। इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले लिभरपुलमाथि पुनरागमन जित हासिल गरेको छ । सिटीले लिभरपुललाई उसैको मैदानमा २-१ गोलअन्तरले पराजित गरेको हो । खेलको उत्तरार्द्धतिर सबै गोल भएका थिए । लिभरपुलले ७४औं मिनेटमा डोमिनिक सोबोस्लाइको गोलमार्फत अग्रता लिएको थियो । ८४औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै खेल बराबरीमा ल्याए । इन्जुरी समयको तेस्रो मिनेटमा एर्लिङ हालान्डले पेनाल्टीमार्फत ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले जित निकालेको छ । रियलले भ्यालेन्सियामाथि उसैको मैदानमा २-० को जित निकालेको हो । रियलको जितमा अल्भारो कारेरास र किलियन एमबाप्पेले एक-एक गोल गरे । दुवै गोल दोस्रो हाफमा भएका थिए । ६५औं मिनेटमा कारेरासले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । इन्जुरी समयको पहिलो मिनेटमा एमबाप्पेले गोल ...
। सन् २०२४ को जुन महिनाको १५ तारिक, नेपालले दक्षिण अफ्रिकासँग टी-२० विश्वकपको खेल खेलेको थियो अनि १ रनले पराजित भएको थियो । त्यसको करिब दुई वर्षपछि आज नेपालले इंग्ल्यान्डविरुद्ध खेल्दा त्यसबेलाभन्दा राम्रो प्रदर्शन गर्‍यो, तर नतिजा भने यसपटक पनि सुखद हुन सकेन । यसपटक नेपाल ४ रनले पराजित हुन पुग्यो । बलिङ र ब्याटिङमा परिपक्क प्रदर्शन ...
— बिभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड २६ औं संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । धरान रंगशालामा आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा चर्च ब्वाइजले पुलिसमाथि १–० को जीत निकाल्यो । चर्च ब्वाइजलाई अन्तिम चारको यात्रा तय गराउन रिचार्ड विल्सनले निर्णायक गोल गरे । विल्सनले खेल सुरु भएको ३० सेकेण्डमै ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम