मुख्य समाचार
नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई इरानको एक अदालतले साढे सात वर्षको जेल सजाय सुनाएको छ
नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई इरानको एक अदालतले साढे सात वर्षको जेल सजाय सुनाएको छ

। नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई इरानको एक अदालतले साढे सात वर्षको जेल सजाय सुनाएको छ । उनका वकिल मोस्तफा निलीले सामाजिक सञ्जालमार्फत् नरगिसलाई सजाय सुनाइएको पुष्टि गरेका छन् ।

उनले लेखेका छन्, ‘उनलाई (नरगिस) लाई मिलेमतोमा षडयन्त्र रचेको आरोपमा छ वर्ष र प्रोपोगान्डा गतिविधिका लागि डेढ वर्ष जेल सजाय सुनाइएको छ ।’

नरगिस विगत केही वर्षदेखि जेल सजाय भुक्तान गर्दै आएकी छन् । डिसेम्बर २०२४ मा स्वास्थ्य अवस्थाका कारण उनलाई तीन साताका लागि जेलबाट अस्थायी रिहा गरिएको थियो ।

यद्यपि, गार्डियनको रिपोर्टअनुसार अभियन्ता र पश्चिमा मुलुकहरूको दबाबका कारण उनको रिहाइको समय बढेको थियो । नरगिसको पछिल्लो गिरफ्तारी डिसेम्बर २०२५ मा एक शोक सभामा ‘भडकाउ बयान’ दिएको आरोपमा भएको थियो ।

यही मामिला इरानको उत्तर–पूर्वी सहर मशहदको एक अदालतले उनलाई साढे सात वर्षको जेल सजाय सुनाएको हो ।

५३ वर्षीया नरगिसलाई इरानमा महिलाहरूमा हुने अत्याचारविरूद्ध आवाज उठाएको भन्दै २०२३ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो ।

मोहम्मदी २०२१ देखि तेहरानको कुख्यात एविन जेलमा बन्द थिइन् । डिसेम्बर २०२४ मा उनलाई मेडिकल रिपोर्टका आधारमा जेलबाट तीन साताका लागि अस्थायी रिहाइ गरिएको थियो । मोहम्मदीले कैयौं सजायको सामना गर्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युरोपका विभिन्न देशमा उडान गरिरहेका विमानमा बम राखिएको भन्दै धम्की आएपछि विहीबार एकैदिन २१ भन्दा बढी हवाई सेवा प्रभावित भएको छ । गत मंगलबार पनि यस्तै धम्कीका कारण युरोपका कम्तीमा २५ वटा उडान प्रभावित भएका थिए । पछिल्लोपटक आएको धम्कीका कारण केही विमानको उडान मार्ग परिवर्तन गरिएको छ भने केहीलाई आपत्कालीन अवतरण गराइएको छ । ...
इजरायलको अरब नेतृत्वका दलहरूको गठबन्धनले इजरायलमा नयाँ सरकार गठनका लागि विपक्षी नेता गादी आइजेनकोटलाई समर्थन गर्ने घोषणा गरेको छ । गठबन्धनले बिहीबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपति आइज्याक हर्जोगलाई बिहीबार साँझ आइजेनकोटलाई सरकार गठनको जिम्मेवारी दिन सिफारिस गर्ने निर्णयबारे जानकारी गराउने जनाएको छ । गत साता सम्पन्न आम निर्वाचनमा अरब नेतृत्वका दलहरूले संसद्का १२० सिटमध्ये १९ सिट जितेका ...
ओमान र इरानका विदेशमन्त्रीबीच होर्मुज जलडमरु हुँदै निर्बाध जहाज आवागमन पुनः सञ्चालन गर्ने विषयमा टेलिफोन वार्ता भएको छ। ओमानको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार दुवै देशका विदेशमन्त्रीले पछिल्ला कूटनीतिक सम्पर्क र छलफलको समीक्षा गरेका थिए। होर्मुज जलडमरुमा निर्बाध जलयात्रा पुनः सञ्चालन गर्न व्यावहारिक, राजनीतिक तथा प्राविधिक समझदारी कायम गर्ने विषयमा उनीहरूबीच छलफल भएको हो। ओमानले तनाव कम ...
: फ्रान्समा बढ्दो महँगी, न्यून ज्याला र सार्वजनिक सेवाको कमजोर अवस्थाविरुद्ध देशव्यापी हडताल तथा प्रदर्शन चर्किएको छ । पाँचवटा श्रमिक संगठनको आह्वानमा बिहीबार भएको प्रदर्शनमा उच्च माध्यमिक विद्यालयका विद्यार्थी, कर्मचारी तथा सर्वसाधारण सहभागी भएका छन् । प्रदर्शनकारीहरूले न्यूनतम ज्याला वृद्धि, सार्वजनिक सेवामा सुधार र जीवनयापनको बढ्दो खर्च नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । स्थानीय समयअनुसार ...
: बैंकिङ संकटसँग जोडिएको राजनीतिक विवाद चर्किएपछि पाराग्वेका राष्ट्रपति स्यान्टियागो पेनाले पदबाट राजीनामा दिएका छन् । बैंक धराशायी भएपछि उत्पन्न विवाद र महाभियोगको प्रक्रिया अघि बढेसँगै उनले राजीनामा घोषणा गरेका हुन् । पेनाले सामाजिक सञ्जाल एक्समार्फत भिडियो सन्देश जारी गर्दै आफूबाट कुनै गल्ती भएको भए जनतासँग माफी मागेका छन् । जनताले आफूलाई दिएको विश्वासघात गर्ने आफ्नो ...