। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले जित निकालेको छ ।
रियलले भ्यालेन्सियामाथि उसैको मैदानमा २-० को जित निकालेको हो । रियलको जितमा अल्भारो कारेरास र किलियन एमबाप्पेले एक-एक गोल गरे ।
दुवै गोल दोस्रो हाफमा भएका थिए । ६५औं मिनेटमा कारेरासले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
इन्जुरी समयको पहिलो मिनेटमा एमबाप्पेले गोल गरेपछि रियल २-० ले विजयी भयो ।
जितपछि दोस्रो स्थानको रियल २३ खेलबाट ५७ अंक जोडेको छ र बार्सिलोनासँगको अंकदूरी फेरि १ मा झारेको छ । बार्सिलोनाको ५८ अंक छ ।
पराजित भ्यालेन्सिया २३ अंकसहित १७औं स्थानमा छ ।