मुख्य समाचार
राष्ट्रिय सभा बैठकबाट सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता
राष्ट्रिय सभा बैठकबाट सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता

। राष्ट्रिय सभा बैठकबाट सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता भएको छ ।

सोमबार बसेको राष्ट्रियसभा बैठकले सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको हो ।


बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले उक्त विधेयक फिर्ता गर्ने निर्णयलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो भने बैठकले उक्त प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गरेको हो ।

यसअघि माघ २३ गते बसेको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानूनमन्त्री अनिल सिन्हाले उक्त विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन् ।



बैठकले पर्यटन विधेयक २०८१ लाई पारित गरेको छ । त्यसअघि बैठकको प्रारम्भमा राष्ट्रिय सभामा ६ वर्षे कार्यकाल सकिन लागेका सदस्यहरुले यस अवधिमा आफूले गरेका काम र अनुभव राखेका थिए ।

बैठकले राष्ट्रियसभाका पूर्व सदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव समेत पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक माघ २८ गते बुधबार बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। निजी क्षेत्रले आगामी आर्थिक गणनामा अनौपचारिक अर्थतन्त्रका क्षेत्रलाई गणनामा समेट्न सुझाव दिएको छ । राष्ट्रिय तथ्यांक कार्यालय र नेपाल उद्योग परिसंघबीचको छलफलमा यस्तो सुझाव दिइएको हो । छलफलमा दर्ता नभएका तर सञ्चालनमा रहेका व्यवसायलाई गणनाको दायरामा ल्याई अर्थतन्त्रको वास्तविक आकार पत्ता लगाउनेबारे छलफल भएको कार्यालयले जनाएको छ । साथै, तथ्यांक कार्यालय र परिसंघबीच छिट्टै समझदारीपत्रमा हस्ताक्षर ...
— गुल्मीमा मानव कंकाल फेला परेको छ । जिल्लाकाे कालीगण्डकी गाउँपालिका-४ मा पर्ने कालीगण्डकी नदी किनार घुमाउनेको ओडारमा कंकाल फेला परेको हो । नदीमा पानीको बहाव बढ्दा पानी आउने भागमा रहेको ढुंगाकाे कपेराेमा मानव कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डीएसपी गंगाबहादुर सारुले जानकारी दिए । स्थानीयले कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए ...
। मधेश प्रदेश सरकारले सार्वजनिक रुपमा हुने जथाभवी खर्चलाई कटौती गर्न लिखित रुपमा निर्देशन दिएको छ । मधेश प्रदेशको अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष आर्थिक २०८२/८३ मा हुने सार्वजनिक खर्चमा कटौती गर्न सम्पूर्ण मन्त्रालय, निर्देशनालय तथा मन्त्रालय मातहतका कार्यालय तथा परियोजनालाई अत्यावश्यक बाहेकका खर्च नियन्त्रण गर्न परिपत्र जारी गरेको हो । मन्त्रालयद्वारा जारी पत्रमा सवारीसाधन खरिद, फर्निचर ...
। वीरगञ्ज महानगरपालिका-१० आदर्शनगरमा रहेको एक गोदाममा सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा हानेको छ । राजस्व छलीको सूचनापछि छापा हान्दा व्यापारी र सुरक्षाकर्मीबीच झडप भएको छ । झडपमा तीनजना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका छन् । सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा बल, वीरगञ्ज भन्सारमा कार्यरत सशस्त्र प्रहरी नायव उपरीक्षक ...
नेपालमा नवजात शिशु, शिशु र बाल मृत्युदर सुदूरपश्चिम प्रदेशमा अधिक रहेको पाइएको छ ।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम