मुख्य समाचार
जिम्बाबेले ओमानलाई ट्वान्टी-२० विश्वकप २०२६ को समूह बी को खेलमा आठ विकेटले पराजित
जिम्बाबेले ओमानलाई ट्वान्टी-२० विश्वकप २०२६ को समूह बी को खेलमा आठ विकेटले पराजित

— जिम्बाबेले सोमबार ओमानलाई ट्वान्टी-२० विश्वकप २०२६ को समूह बी को खेलमा आठ विकेटले पराजित गरेको छ ।

ओमानले १ सय ४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो र यसलाई जिम्बाबेले दुई विकेट गुमाएर १३.३ ओभरमा पूरा गरेको थियो । त्यसमा ओपनर ब्रायन बटनले नटआउट रहेर ४८ रन बनाए ।

जिम्बाबेले टस जितेर पहिले बलिङको निर्णय गरेको थियो । श्रीलंकाकाे कोलम्बोमा भएको खेलमा ओमानले १९.५ओभरमा सबै विकेट गुमाएर १ सय ३ रन बनाएको थियो ।

ओमानका लागि बिनायो सुब्बाले सर्वाधिक २८ रन बनाए । यस्तै, जिम्बाबेका तर्फबाट रिचर्ड एनगाभरा, ब्लेसिङ मुजा र ब्राड इभान्सले तीन तीन विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— आयोजक धरान फुटबल क्लब २६ औं संस्करणको अन्तराष्टिय आमन्त्रण बुढासुब्बा गोल्डकपको क्वाटरफाइनल चरणबाटै बाहिरिएको छ । सोमबार भएको तेस्रो क्वाटरफाइनलमा पोखराको लालीगुराँस फुटबल एसोसियसन क्लब पोखरासँग पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित हुँदै आयोजक टिम क्वाटरफाइनल चरणबाटै बाहिरिएको हो। धरान रंगशालामा भएको खेलको निर्धारित ९० मिनेटको समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको ...
— आयोजक टिम झापा-११ फुटबल क्लब कठिन जित निकाल्दै झापाको बिर्तामोडमा जारी सातौं झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो क्वार्टरफाइनलमा सिक्किमको सिङलिङ स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै झापाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेलको निर्णय सोझै टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा झापाले सिक्किमलाई हराएर अघिल्लो ...
। आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सोमबार भएको समूह ‘सी’ अन्तर्गतको खेलमा स्कटल्यान्डले इटलीमाथि सहज जित हासिल गरेको छ । कोलकातास्थित इडेन गार्डेन्स मैदानमा भएको खेलमा स्कटल्यान्डले इटलीमाथि ७३ रनको फराकिलो जित हासिल गरेको हो । स्कटल्यान्डले दिएको २०८ रनको लक्ष्य पछ्याएको इटली १६.४ ओभरमा १३४ रनमा अलआउट भयो । बेन मानेन्तीले ५२ तथा ह्‍यारी मानेन्तीले ३७ ...
। आईसीसी टी-२० विश्वकप २०२६ मा सहआयोजक श्रीलंकाले विजयी सुरुवात गरेको छ । आइतबार राति सम्पन्न समूह ‘बी’ अन्तर्गतको खेलमा श्रीलंकाले आयरल्यान्डलाई २० रनले पराजित गरेको हो । श्रीलंकाले दिएको १६४ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १ बल बाँकी छँदा १४३ रनमा अलआउट भयो । ह्‍यारी टेक्टरले सर्वाधिक ४० रन बनाए । रस अडेयरले ३४ रन बनाए । ...
। इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले लिभरपुलमाथि पुनरागमन जित हासिल गरेको छ । सिटीले लिभरपुललाई उसैको मैदानमा २-१ गोलअन्तरले पराजित गरेको हो । खेलको उत्तरार्द्धतिर सबै गोल भएका थिए । लिभरपुलले ७४औं मिनेटमा डोमिनिक सोबोस्लाइको गोलमार्फत अग्रता लिएको थियो । ८४औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै खेल बराबरीमा ल्याए । इन्जुरी समयको तेस्रो मिनेटमा एर्लिङ हालान्डले पेनाल्टीमार्फत ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम