मुख्य समाचार
सुर्खेतमा लागुऔषध सेवन गरी सवारीसाधन चलाइरहेका ६ जना पक्राउ
सुर्खेतमा लागुऔषध सेवन गरी सवारीसाधन चलाइरहेका ६ जना पक्राउ

— सुर्खेतमा लागुऔषध सेवन गरी सवारीसाधन चलाइरहेका ६ जना पक्राउ परेका छन् ।

सोमबार वीरेन्द्रनगर नगरपालिका-११ मा जाँचको क्रममा उनीहरूले लागूऔषध सेवन गरेर सवारीसाधन चलाइरहेको भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

लापसे किटबाट चेक गर्दा सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।

प्रहरीले वीरगञ्ज महानगरपालिका–८ पर्साका २८ वर्षीय अजय थापा, वीरेन्द्रनगर–११ सुर्खेतका २५ वर्षीय कासीराम डाँगी र, २५ वर्षीय प्रकाश वि.क., चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ दैलेखका २४ वर्षीय हिक्मत शाही, सोही स्थान २५ वर्षीय जीवन शाही, र गुराँस गाउँपालिका–४ का २५ वर्षीय डिल बहादुर विकलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले जाँच गर्दा उनीहरूले लापसे गरेको भेटिएको हो । ‍गत सातादेखि सुर्खेत प्रहरीले लागूऔषध प्रयोगकर्ताको पहिचान गर्न परीक्षण किट प्रयोग गर्न थालेको छ।

कर्णालीमा लागूऔषध कारोबार र प्रयोगकर्ता बढेको गुनासो आएकाले अघिल्लो आइतबारदेखि किटको प्रयोगबाट श‌ंकास्पद व्यक्तिको पहिचान गर्न थालिएको जिल्ला प्रहरी सुर्खेतका एसपी सुधीरराज शाहीले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सरकारले २३ र २४ भदौको घटना छानबिनका लागि बनेको जाँचबुझ आयोगको म्याद फेरि थपेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको समयावधि २५ दिन थप गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै गृहमन्त्री अर्यालले भने, 'नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको निर्णयअनुसार भदौ २३ ...
। सिरहा कारागारमा कैदीबन्दीले तोडफोड आगजनी गरेका छन् । जेलभित्रै नाइकेको विषयलाई लिएर विवाद भएको हो । कारागरभित्रै अराजकता मचाएपछि सिराहा प्रहरीले नाइके इन्द्रजित यादव सहित १३ जनालाई पक्राउ गरेको छ । यादवलाई पक्राउ गरेको विषयलाई लिएर जेलभित्रै उनी पक्षका कैदीबन्दीहरूले तोडफोड र आगजनी गरेका हुन् । कारागारभित्र गोली र ठूलो परिमाणमा नगद रकम बरामद भएको थियो ...
। संखुवासभाको पाँचखपन नगरपालिका –६ वाना बजारमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय वानाले सोमबार दिउँसो पाँचखपन –६ स्थित वाना बजार क्षेत्रमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको हो । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नगद ५ लाख १३ हजार ३ सय ५० रुपैयाँ र तास बरामद गरेको छ ...
— नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय शक्तिले लोकप्रियवादको प्रयोग गरी चलखेल गरेको आरोप लगाएका छन् । अन्तर्राष्ट्रिय शक्तिले नेपालको लोकतन्त्रमाथि प्रहार गरेको समेत दाबी गरेका छन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको वाहकका रूपमा यो फेरि जनताको आशा र भरोसाको केन्द्र बन्दै छ। विचार, राजनीति, सिद्धान्त, इतिहास र विरासतका बहस भए पनि सोसल मिडियामा स्टन्ट ...
— सिरहा सदरमुकामस्थित कारागारबाट बन्दुक र गोली बरामद भएको छ । जिल्ला सुरक्षा समितिले सोमबार गरेको अनुगमनका क्रममा कारागारभित्र एक थान बन्दुक र दुई राउन्ड गोली भेटिएको हो । यससँगै कारागारबाट चुरोट, सुर्तीलगायतका प्रतिबन्धित पदार्थ पनि बराबर गरिएको छ । यस्तै, यसमा संलग्न रहेको आरोपमा नाइके इन्द्रजित यादवसहित १३ जनालाई कारागारबाट निकालेर प्रहरी हिरासतमा ल्याइएको छ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम