। विदेश पठाउने भन्दै ६८ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० मा रहेको ह्याप्पी एजुकेशन कन्सल्टेन्सीका सञ्चालक चितवनको राप्ती नगरपालिका–२ घर भएका ३२ वर्षीय बद्री सिलवाल छन् ।
अध्ययन भिसामा २ विद्यार्थीलाई पोर्चुगल पठाउने भन्दै २१ लाख ७० हजार जम्मा गर्न लगाई उनी फरार भएका थिए । यो घटनामा उनलाई प्रहरी वृत्त लैनचौरले पक्राउ गरेको हो ।
उनै सिलवालले आफ्नो परिचय बदलेर केदार प्रसाद सिलवाल भन्दै अन्य व्यक्तिलाई पनि ठगी गरेको पाइएको हो । स्पेनमा विद्यार्थी भिसामा पठाउने भनदै उनले १२ लाख ४० हजार ठगी गरेको आरोप छ ।
त्यस्तै चार जनालाई सर्बिया पठाउने भन्दै २१ लाख ९० हजार ५ सय जम्मा गर्न लगाई ठगी गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । स्पेन पठाउछु भन्दै थप तीन जनाबाट १२ लाख ठगी गरेको आरोप उनीमाथि छ ।