मुख्य समाचार
आयोजक धरान फुटबल क्लब २६ औं संस्करणको अन्तराष्टिय आमन्त्रण बुढासुब्बा गोल्डकपको क्वाटरफाइनल चरणबाटै बाहिरिएको छ
आयोजक धरान फुटबल क्लब २६ औं संस्करणको अन्तराष्टिय आमन्त्रण बुढासुब्बा गोल्डकपको क्वाटरफाइनल चरणबाटै बाहिरिएको छ

— आयोजक धरान फुटबल क्लब २६ औं संस्करणको अन्तराष्टिय आमन्त्रण बुढासुब्बा गोल्डकपको क्वाटरफाइनल चरणबाटै बाहिरिएको छ ।

सोमबार भएको तेस्रो क्वाटरफाइनलमा पोखराको लालीगुराँस फुटबल एसोसियसन क्लब पोखरासँग पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित हुँदै आयोजक टिम क्वाटरफाइनल चरणबाटै बाहिरिएको हो।

धरान रंगशालामा भएको खेलको निर्धारित ९० मिनेटको समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । समय अभावका कारण १५ मिनेट मात्रै थपिएको अतिरिक्त समयमा पनि कुनै टिमले गोल नगरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

पेनाल्टी सुटआउटमा धरानका कप्तान दोर्जे तामाङको प्रहार लालीगुराँसका गोलकिपर कुम्ब देउवाले रोकेपछि लालीगुराँसले सेमिफाइनल स्थान सुरक्षित गरेको हो ।

देउवाले खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार रुपैयाँ पुरस्कार पाए । धरानका नगेन राई, प्रज्वल थापा, विवेक राई र सबिन राईको प्रहार गोलमा परिणत भयो । लालीगुराँसका राम थापा, अबुल युसुफ हाउले, टीकाराज गुरुङ, आशिष गुरुङ र सुदिप गुरुङ पाँचै जनाको प्रहार गोलमा परिणत भएपछि पहिलो सहभागितामै जित हात पार्न सफल भयो ।

यसअघि उद्घाटन खेलमा पाहुना टोली जर्जियन फुटबल क्लब भारतलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल खेलेको धरानले लालीगुराँसबिरुद्ध गतिलो प्रदर्शन गर्न नसक्दा अघिल्लो चरणको यात्रा तय गर्न असफल भयो ।

भर्खरै ए डिभिजन लिगमा उक्लिएको पोखरेली टिम लालीगुराँसले सिधै बाई पाएर क्वाटरफाइनल खेलेको हो। लालीगुराँसले अब सेमिफाइनलमा अर्को नवप्रवेशी ए डिभिजन क्लब प्लानिङ ब्वाइज युनाइटेडसँग बुधबार प्रतिस्पर्धा गर्नेछ । त्यसअघि मंगलबारको अन्तिम क्वाटरफाइनल खेल झापा ११ फुटबल क्लब र सातदोबाटो युथ क्लब ललितपुर बीच प्रतिस्पर्धा हुनेछ ।

झापा ११ ले दोस्रो प्रि–क्वाटरफाइनल खेलमा टोली रोयल थिम्पु फुटबल क्लब भुटानलाई पराजित गर्दै क्वाटरफाइनलमा पुगिसकेको छ भने सातदोबाटोले सिधै बाई पाएर अन्तिम आठमा प्रतिस्पर्धा गर्न लागेको हो। फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम