मुख्य समाचार
सरकारले २३ र २४ भदौको घटना छानबिनका लागि बनेको जाँचबुझ आयोगको म्याद फेरि थपेको छ
सरकारले २३ र २४ भदौको घटना छानबिनका लागि बनेको जाँचबुझ आयोगको म्याद फेरि थपेको छ

— सरकारले २३ र २४ भदौको घटना छानबिनका लागि बनेको जाँचबुझ आयोगको म्याद फेरि थपेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको समयावधि २५ दिन थप गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै गृहमन्त्री अर्यालले भने, 'नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको निर्णयअनुसार भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको समयावधि २५ दिन थप गर्ने ।'

आयोगको म्याद पछिल्लो पटक ८ माघमा २० दिन थप गरिएको थियो । सरकारले ५ असोजमा विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । ३ महिना म्याद रहेको आयोगले निर्धारित मितिमा काम नसकेपछि ३ पुसमा एक महिना म्याद थपिएको थियो । पछिल्लो पटक २० दिन म्याद थप गरिएको हो । आयोगको सदस्यमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी छन् ।

आयोगले छानबिनका क्रममा त्यतिबेलाका प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याल, गृह सचिव गोकर्णमणि दवाडी र काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालको बयान लिएको थियो । यस्तै, कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा, नेकपा संयोजक पुष्पकमल दाहाल र काठमाडौं महानगरका पूर्वप्रमुख बालेन्द्र शाहसँग बयान लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सिरहा कारागारमा कैदीबन्दीले तोडफोड आगजनी गरेका छन् । जेलभित्रै नाइकेको विषयलाई लिएर विवाद भएको हो । कारागरभित्रै अराजकता मचाएपछि सिराहा प्रहरीले नाइके इन्द्रजित यादव सहित १३ जनालाई पक्राउ गरेको छ । यादवलाई पक्राउ गरेको विषयलाई लिएर जेलभित्रै उनी पक्षका कैदीबन्दीहरूले तोडफोड र आगजनी गरेका हुन् । कारागारभित्र गोली र ठूलो परिमाणमा नगद रकम बरामद भएको थियो ...
। संखुवासभाको पाँचखपन नगरपालिका –६ वाना बजारमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय वानाले सोमबार दिउँसो पाँचखपन –६ स्थित वाना बजार क्षेत्रमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको हो । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नगद ५ लाख १३ हजार ३ सय ५० रुपैयाँ र तास बरामद गरेको छ ...
— नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय शक्तिले लोकप्रियवादको प्रयोग गरी चलखेल गरेको आरोप लगाएका छन् । अन्तर्राष्ट्रिय शक्तिले नेपालको लोकतन्त्रमाथि प्रहार गरेको समेत दाबी गरेका छन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको वाहकका रूपमा यो फेरि जनताको आशा र भरोसाको केन्द्र बन्दै छ। विचार, राजनीति, सिद्धान्त, इतिहास र विरासतका बहस भए पनि सोसल मिडियामा स्टन्ट ...
— सिरहा सदरमुकामस्थित कारागारबाट बन्दुक र गोली बरामद भएको छ । जिल्ला सुरक्षा समितिले सोमबार गरेको अनुगमनका क्रममा कारागारभित्र एक थान बन्दुक र दुई राउन्ड गोली भेटिएको हो । यससँगै कारागारबाट चुरोट, सुर्तीलगायतका प्रतिबन्धित पदार्थ पनि बराबर गरिएको छ । यस्तै, यसमा संलग्न रहेको आरोपमा नाइके इन्द्रजित यादवसहित १३ जनालाई कारागारबाट निकालेर प्रहरी हिरासतमा ल्याइएको छ ...
। विदेश पठाउने भन्दै ६८ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० मा रहेको ह्याप्पी एजुकेशन कन्सल्टेन्सीका सञ्चालक चितवनको राप्ती नगरपालिका–२ घर भएका ३२ वर्षीय बद्री सिलवाल छन् । अध्ययन भिसामा २ विद्यार्थीलाई पोर्चुगल पठाउने भन्दै २१ लाख ७० हजार जम्मा गर्न लगाई उनी फरार भएका थिए । ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम